सङ्गठन विस्तार अभियान र स्थानीय उपनिर्वाचनको समीक्षा गर्दै जसपा
जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक केहीबेर अघिबाट सुरु भएको छ । केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा दुई लागि बोलाइएको बैठक भोलि (शनिबार)सम्म चल्नेछ ।
एनपिएल : विराटनगरद्वारा चितवन सामु १८२ रनको लक्ष्य प्रस्तुत
नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शुक्रबारको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ ।
संसद्को गरिमा उँचो बनाउन सबैको सहयोग आवश्यकः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले लोकतन्त्रलाई सबै पक्षलाई अनुकरणीय र जनताका लागि सर्वप्रिय प्रणाली स्थापित गर्नेतर्फ सबै तह र तप्कालाई आह्वान गर्नुभएको छ ।
दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
देशलाई विकासको बाटोमा लैजान सबै लाग्नुपर्छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन भएसँगै विकासको काम पनि भएको बताउनुभएको छ ।
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरेको छ । फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नेतृत्वमा पोर्चुगल आइपुगेको उक्त टोलीले राजधानी लिस्बनबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । टोलीले लिस्बनस्थित ओलाइसमा घुम्ती शिविर सञ्चालन गरेको छ ।
पत्रकार महासङ्घको निर्वाचन जारी (फोटो फिचर)
नेपाल पत्रकार महासङ्घको २७ औं महाधिवेशनअन्तर्गत मतदान भइरहेको छ । शुक्रबार ९ बजेदेखि जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि एकैचोटी मतदान भइरहेको हो । अपरान्ह ४ बजेसम्म मतदान गर्न पाइने निर्वाचन समितिले जनाएको छ ।
राष्ट्रपति पौडेलद्वारा पाँच देशका राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।
सरकारले तोकेको न्यूनतम तलब निजीमा पनि लागू गर्न स्वास्थ्य मन्त्रालयको पत्र
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सार्वजनिक प्रतिबद्धता जनाएअनुसार मेडिकल कलेज तथा स्वास्थ्य संस्थाका नर्सिङ तथा स्वास्थ्य जनशक्तिको पारिश्रमिक कम्तिमा नेपाल सरकारसरह लागू गरिएको छ ।
नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा आपसी मान्यता दिलाउन पहल गरिने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा आपसी मान्यता प्रदान गर्न पहल थालेको छ ।
जसपा नेपालका तीन वटा नगर समिति पुनर्गठन
जनता समाजवादी पार्टी, (जसपा) नेपालका तीन वटा नगरसमिति पुनर्गठन गरिएका छन् । ललितपुर महानगरपालिका, महोत्तरीको बर्दिबास नगरपालिका र नुवाकोटको बेलकोटगढी नगरपालिकाका नगरसमिति पुनर्गठन गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।
नयाँ बुटवल–बर्दघाट प्रसारण लाइन सञ्चालनमा
देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढ एवम् विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबिचको द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार विस्तारका लागि नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौंमा
वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौं आउनुभएको छ । उहाँ शुक्रबार बिहान काठमाडौं ओर्लिनुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गर्नुभयो ।
नेपाल र चीनबिचका सम्बन्धमा बौद्धधर्म चम्किलो धागो बनेर रहेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्धधर्म एक चम्किलो धागोका रूपमा रहेको बताउनुभएको छ ।
सुनचाँदीको मूल्य घट्यो
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रू. एक हजार दुई सय र चाँदी प्रतितोला रू ६५ घटेको हो ।
परराष्ट्र मन्त्री डा. देउवा र युरोपियन युनियनका कमिसनरबिच भेटवार्ता
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले युरोपियन युनियनका कमिसनर फर इन्टरनेशनल पार्टनरसिप जोजेफ सिकेलासँग बिहीबार ब्रसेल्समा भेटवार्ता गर्नुभएको छ।
कृषि क्षेत्र सरकारको प्राथमिकतामा
। सङ्घीय सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सङ्घीय सरकारले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । मन्त्री अ
खुम्बु क्षेत्रमा सङ्घले उडान नरोक्ने
वायुसेवा सञ्चालक सङ्घले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि सङ्घले त्यसमा आपत्ति जनाउँदै उडान जारी राख्ने बताएको हो ।
पत्रकार महासङ्घको निर्वाचन आज
नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन हुँदैछ । आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
‘देशलाई आत्मनिर्भर बनाउन अगाडि बढ्नुहोस्’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
ज्येष्ठ नागरिकमा जलवायु प्रभाव
जलवायु परिवर्तन हाम्रो समयको सबैभन्दा महत्वपूर्ण विश्वव्यापी चुनौतीमध्ये एक हो ।
जम्बिजको कथा ‘अन्तिम यात्रा’
डान्सिङ समूह ‘दी कार्टुन्ज क्रु’ ले वेब सिरिज ‘अन्तिम यात्रा’ को पोस्टर सार्वजनिक गरेको छ ।
‘९६ गड्डी’ माथि अन्तर्क्रिया
नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाल स्रष्टा समाजसँगको सहकार्यमा समकालीन नेपाली उपन्यासका स्वर तथा प्रकाश तिवारीको उपन्यास ‘९६ गड्डी’ माथि अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गरेको छ ।
नेपाल प्रहरीका आठ जना डिआइजीको सरुवा
नेपाल प्रहरीले आठ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)को पदस्थापन र काज सरुवा गरेको छ । प्रहरीले बिहीबार सूचना प्रकाशन गर्दै जिम्मेवारी सहितको सरुवा गरेको जनाएको छ ।