विपद् व्यवस्थापनमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद्बाट पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहत सामग्री वितरणमा सक्रिय हुन निर्देशन दिनुभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
डेंगु सङ्क्रमित सङ्ख्या ११ हजार ८६५ पुग्यो
बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि असार २१ गते शुक्रवारसम्म प्रदेशका १३ जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार ८६५ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा छ जना डेंगु सङ्क्रमित थपिएका छन् ।
नारायणी नदीको बाढीले झोलुङ्गे पुल बगायो
नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो ।
एमाले संसदीय दलको बैठक बस्दै
नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे संसद् भवनमा बस्नेछ । बैठकमा नेपाली काँग्रेससँग भएको सत्ता समझदारीबारेमा छलफल हुनेछ ।
एकीकृत समाजवादीको बैठक बस्दै
नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०को केन्द्रीय कमिटीको बैठक बस्दै छ । उक्त बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको छ ।
मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा
लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ ।
चार वटा गाईको जीवितै उद्धार
मकवानपुरमा वर्षाका कारण गाई फार्मको गोठ भास्सिएर पुरिएका चार वटा गाईलाई जीवितै उद्धार गरिएको छ । मकवानपुर गढी गाउँपालिका २ छाप कीर्तिडाँडास्थित बेबी एग्रिकच्चरको गाई फार्मको गोठ शनिवार बिहान अविरल वर्षासँगै ७ः३० बजेको समयमा भास्सिएपछि फार्ममा रहेका चार वटा गाई पुरिएका थिए ।
वर्षाले देशभर जनजीवन प्रभावित
सिन्धुली जिल्लामा शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । वर्षाका कारण बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गको विभिन्न ठाउँमा पहिरो खसेर यातायात अवरुद्ध हुनुका साथै ग्रामीण सडकसमेत प्रभावित भएको छ ।
मुख्यमन्त्रीले विश्वासको मत लिने
सङ्घमा सत्ता समीकरणमा भएको परिवर्तनको प्रत्यक्ष प्रभाव परेको बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा नदिने हुनुभएको छ । सङ्घमा नेकपा एमालेले विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिई विश्वासको मत लिने तयारी गर्दै गर्दा बागमतीमा पनि मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिई विश्वासको मत लिने तयारी गर्नुभएको हो ।
काभ्रेमा खोलाले बगाउँदा दुई जनाको मृत्यु
काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका-११ मा खोला तर्ने क्रममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ।
रास्वपा संसदीय दलको बैठक आइतबार बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संसदीय दलको बैठक आइतबार बस्ने भएको छ ।
राजनीतिक उथलपुथलले सहकारी समस्या ओझेलमा परेको छ : अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक अस्थिरताका कारण सहकारीका समस्या ओझेलमा परेको धारणा व्यक्त गर्नुभएको छ ।
‘अध्यक्ष ओली धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री बन्नुहुन्छ’
नेपाली कांग्रेसले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संविधानको धारा ७६ (२) अनुसार नै मुलुकको प्रधानमन्त्री बन्ने बताएको छ । शनिबार संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक रमेश लेखकले सो कुरा बताउनुभएको हो ।
एकीकृत समाजवादीको बैठक भोलि फेरि बस्ने
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आज बसेको प्रथम बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।
बागमतीमा फसेकाको उद्धारका लागि सशस्त्र प्रहरी परिचालन
बागमती नदिमा फसेका तीन जनाको उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
काठमाडौँमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
काठमाडौँको नागार्जुन नगरपालिका-३ मा खसेको पहिरामा पुरिएर एक जनाको मृत्यु भएको छ । नागार्जुन-३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका-६ घर भई हाल सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको हो ।
ठेउलेखोला जलविद्युत आयोजनाको बाँध पुरियो, ग्रामीण सडक अवरुद्ध
अविरल वर्षसँगै आएको पहिरोले जिल्लाको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत आयोजनाको बाँध पुरिएको छ । जैमिनी-१ र वडा नम्बर ४ को बिच भएर बग्ने ठेउलेखोलामा निर्माण भएको जलविद्युत आयोजनाको बाँध पहिरोका कारण पुरिएको हो ।
अविरल वर्षाका कारण देशभर ३६ सडक पूर्णरुपमा अवरुद्ध (विवरणसहित)
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरमा ३६ वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् ।
पहिरोको जोखिम भएका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न निर्देशन
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुन सक्ने विपदको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
डुबानमा सुकुम्वासी बस्ती
शुक्रबार रातिदेखि लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ ।
अपर तामाकोसी जलविद्युत उत्पादन बन्द
गएरातिदेखि अविरल वर्षासँगै तामाकोसी नदीमा बाढी आएपछि शुक्रबार रातिदेखि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको आयोजनाले जनाएको छ ।
दोलखाको विकट डोगाङ क्षेत्रको पहिरोमा परेर एक जना बेपत्ता
अविरल वर्षसँगै आएको पहिरोले दोलखाको गौरीशङ्कर गाउँपालिका–९ को उत्तरी विकट डोगाङका तीन वटा होटल बगाउँदा एक जना होटल व्यवसायी सम्पर्कविहीन भएका छन्।
पहिराले कान्तिलोकपथ अवरुद्ध
अविरल वर्षाका कारण पहिरो जाँदा कान्तिलोकपथमा आवागमन अवरुद्ध भएको छ । शुक्रबारदेखिको वर्षाले ललितपुरको बागमती गाउँपालिका-३ कार्कीबासमा पहिरो जाँदा सडक अवरुद्ध हुन पुगेको भट्टेडाँडा प्रहरीचौकीका प्रमुख उद्धव महतले जानकारी दिनुभयो ।
विगेन नेपालको सेवाले सार्थकता पाओस् : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विगेन नेपालको सेवाले सार्थकता पाउने अपेक्षा व्यक्त गर्नुभएको छ ।