‘विश्व बैङ्कले नमाने माथिल्लो अरुण स्वदेशी लगानीमै बन्छ’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानीका लागि विश्व बैङ्क तयार नभए माथिल्लो तामाकोशीकै लगानी ढाँचामा माथिल्लो अरुण निर्माण गरिने बताउनुभएको छ ।
आकस्मिक मौज्दातको मल वितरण
हिउँदे मुख्यबालीको गहुँ तथा आलुको मुख्य सिजनमा रासायनिक मलको अभाव देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आकस्मिक मौज्दातमा राखेको मलको वितरण गरेको छ ।
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदै
सरकारले सोमबारदेखि सप्ताहव्यापी रूपमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाउने भएको छ ।
अध्यक्ष डा. विष्टद्वारा शपथग्रहण
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
ठुला दलप्रति भ्रम फैलाउने काम भइरहेको छ
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रिय राजनीतिमा एक खालको निराशा र कुण्ठा बढेको बताउनुभएको छ ।
जग्गा दान गर्ने निर्णयविरुद्धको रिट खारेज
सर्वोच्च अदालतले नेकपा (एमाले) को पार्टी कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्ने निर्णयविरुद्धको रिट खारेज गरेको छ ।
विश्वमा नेपाल चिनाउने अङ्ग्रेजी अखबार
नागरिकलाई सुसूचित गर्ने र नेपालबारे विश्वलाई सही सूचना दिने उद्देश्यका साथ २०२२ पुस १ गते बिहीबारदेखि प्रशासन आरम्भ भयो– दी राइजिङ नेपाल ।
सुरक्षण मुद्रण केन्द्रमा ढुङ्गाना
सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
रोकिएन स्थानीय तहमा बेथिति
सरकारले स्थानीय तहको सुशासनका लागि जनप्रतिनिधि र कर्मचारीको क्षमता विकाससम्बन्धी तालिम प्रदान गरे पनि स्थानीय तहमा बेथिति रोकिने क्रममा भने कमी आएको छैन ।
जितगढीमा आन्तरिक पर्यटक
नुवाकोटको विदुर नगरपालिका –११ स्थित ऐतिहासिक जितगढी भ्रमण र यहाँबाट देखिने नुवाकोट–रसुवालगायतका स्थानको अवलोकन गर्न पुगेका आन्तरिक पर्यटक । पुरातत्त्व विभागको अनुसार यहीँबाट गरिएको आक्रमणबाट नेपाली पक्ष विजयी भएकाले यस गढीको नाम ‘जितगढी’ राखिएको हो ।
तीन व्यक्तित्व अभिनन्दित
ब्रिजवाटर एजुकेशन फाउण्डेशनले विभिन्न क्षेत्रमा योगदान गरेका तीन जना व्यक्तित्वलाई अभिनन्दन गरेको छ । राजधानीमा हालै आयोजित कार्यव्रmममा प्राडा मनप्रसाद वाग्ले, दिलभुषण पाठक र देवेन्द्ररमण खनाल अभिनन्दित हुनुभएको हो ।
दुई हुलाक टिकटमा टाँचा प्रदान
। हुलाक सेवा विभागले दुई नयाँ टिकट प्रचलनमा ल्याएको छ । हुलाक सेवा विभागले ‘एक सय ५०औँ विश्व हुलाक दिवस’, र ‘इन्टरपोल एक सयौँ वार्षिकोत्सव’ शीर्षकका दुई टिकटमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र मन्त्रालयका सचिव राधिका अर्यालद्वारा टाँचा प्रदान गरिएको छ ।
मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड भ्रमणमा जाने हुनुभएको छ । गत मङ्सिर २७ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई यही पुस २ र ३ गतेसम्म थाइल्याण्डको बैंकक भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
नायब सुब्बाविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा
जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा नायब सुब्बा पदमा कार्यरत अशोक कुमार यादवविरुद्ध सेवाग्राहीसँग २० हजार रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
‘२५ प्रतिशत रोग वातावरणीय जोखिम तत्वका कारण लाग्छ’
पछिल्लो समय जलवायुका कारणले विभिन्न स्वास्थ्य समस्या बढ्र्दै गएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धानकर्ता डा.मेघनाथ धिमालका अनुसार विश्वव्यापी हुने रोगको भार मध्ये एक चौथाई अर्थात २५ प्रतिशत (लगभग १३ मिलियन)को मृत्यु वातावरणीय जोखिमको कारणले हुने अनुमान गरिएको छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । सोमबार परिसूचक ५१ दशमलव ३७ अङ्कले घटेर दुई हजार छ सय ३० दशमलव ९१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको गिरावट हो ।
कानुन व्यवसायलाई व्यवस्थित बनाउन ऐन परिमार्जन जरुरीः मन्त्री चौरसिया
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले कानुन व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउन नेपाल कानुन व्यवसायी परिषद् ऐन परिमार्जन गर्न जरुरी रहेको बताउनुभएको छ ।
रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइयो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।
सरकारको प्रमुख लक्ष्य सुशासन : प्रवक्ता गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन कायम गर्ने काम सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा ‘द राइजिङ नेपाल’ को ५९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
१३ हजार कानुन व्यवसायी करको दायरामा
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले १३ हजार कानुन व्यवसायीहरु करको दायरामा आएको बताउनुभएको छ ।
नागरिकमा नकारात्मक प्रभाव पर्नेगरी समाचार सम्प्रेषण नगरौं : उपसभामुख
प्रतिनिधि सभाक उपसभामुख इन्दिरा रानाले नागरिकमा नकारात्मक पार्ने खालका समाचार सम्प्रेषण नगर्न सञ्चारजगतलाई आग्रह गर्नुभएको छ ।
अङ्गदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै
नेपालमा अङ्ग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहने गरी थालेको अनलाइन सेवाको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उद्घाटन गरेसँगै यो सम्भव भएको हो ।
धरान प्राचीन सहर हो : मुख्यमन्त्री कार्की
कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरान आफैंमा प्राचीन सहर रहेको बताउनुभएको छ ।
भारतबाट साढे ६ सय मेगावाट विद्युत् आयात हुन्छः उर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावाट विद्युत आयात गर्न लागिएको बताउनुभएको छ । मन्त्री खड्काले नेपाल भित्रको आन्तरिक विद्युत आपूर्तिलाई सहज बनाउनका लागि भारतसँग साढे ६ सय मेगावट विद्युत खरिद गर्न लागिएको बताउनुभएको हो ।