• ९ फागुन २०८१, शुक्रबार

मेयर कप चेसमा आठ खेलाडीको अग्रता

blog

काठमाडौँ, फागुन ७ गते । विदुर नगरपालिकाको वडा नं. १  स्थित ढुङ्गेको होटल याङ्ग्रामा एघारौं वोर्डमा स्पर्धा गरेकी कम रेटेड बिनिताले आफू भन्दा उच्च रेटेड खेलाडी हर्कबहादुर चोङ्वाङलाई पराजित गर्दै अप्रत्याशित नजिता आत्म साथ गर्नुभएको छ ।

नेपाल बुद्धिचाल महासंघको सह आयोजनामा सञ्चालन भइरहेको प्रथम विदुर मेयर कप खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा दुई भारतका खेलाडी आशुतोष कुमार र मोहित कुमार सोनी ३ दशमलब ५ अंक बनाउदै अग्रता हासिल गर्नुभएको छ ।

 प्रतियोगितामा चार चरणको खेल सम्पन्न हुँदा चार नेपाली खेलाडी एफएम रूपेश जैसवाल, एफएम क्षितिज भण्डारी, पुरुषोत्तम सिलवाल, आशिष फूँयाल, सुशील चौधरी र बद्रीलाल नेपाली समान अंक जोडेर संयुक्त रुपमा अगाडि रहनुभएको छ ।

नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा चलिरहेको अन्तर्राष्ट्रिय चेस खेलमा नेपालका वोमन नेशनल बी विजेता बिनिता कपालीले ३ अंक जोड्दै दोश्रो स्थानमा उभिन सफल हुनुभयो ।  बिनितासँगै भारतका विनायक सिं यादव, नेपालका सिएम शुश्रुत दहाल, धिरेन राई, राजन पुरी, जनक राज जोशी र कमल श्रेष्ठले दोश्रो स्थानमा रहदै खेल जारी राख्नुभएको छ ।

प्रतिस्पर्धामा अन्य १४ जना खेलाडी समान २ दशमलव ५ अंकका साथ संयुक्त तेस्रो स्थानमा छन् । ७४ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सहभागी रहेको खेलमा अन्य खेलाडीहरु क्लासिकल विधाको चेस खेललाई निरन्तरता दिइरहेका छन्।