ललितपुर महानगरको पाँच ठाउँमा इन्टिलिजेन्ट ट्राफिक लाइट
ललितपुर महानगरले इन्टेलिजेन्स ट्राफिक लाइट सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनले पुल्चोकस्थित महानगर कार्यालय अगाडिको चोकमा राखिएको लाइटको स्विच अन गरेर उक्त लाइटको उद्घाटन गर्नुभएको छ ।
हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
ललितपुरको सानेपास्थित वाग्मती करिडोरअन्तर्गत कालोपुलमा सवारी प्रयोगकर्तालाई सचेत गराउन एक सूचना टाँस गरिएको छ । सूचनाको व्यहोरा यसप्रकार छ– ‘यो पुलमुनि बर्सातको समयमा पानी जम्ने भएकाले वैकल्पिक बाटो प्रयोग गरी सुरक्षित यात्रा गर्नुहुन अनुरोध छ ।’
संस्थानका प्रकाशनलाई प्रतिस्पर्धी बनाउन मन्त्री गुरुङको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गोरखापत्रसहित संस्थानका प्रकाशनलाई समयअनुरुप प्रतिस्पर्धी र अब्बल बनाउन निर्देशन दिनुभएको छ ।
यसरी मनाइयो झन्डा दिवस (फोटो फिचर)
काठमाडौँ, पुस १ गते । सातौँ राष्ट्रिय झन्डा दिवस मनाइएको छ । राष्ट्रिय झन्डा दिवसको अवसरमा आज काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झन्डा बोकेर र्याली निकालिएको हो । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झन्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज सातौँ झन्डा दिवस मनाइएको हो । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झन्डा दिवस मनाइन्छ ।
‘दि राइजिङ नेपाल’को वार्षिकोत्सव कार्यक्रम (प्रत्यक्ष प्रसारण)
‘दि राइजिङ नेपाल’को वार्षिकोत्सव कार्यक्रम (प्रत्यक्ष प्रसारण)
आज काठमाडौँ महानगरपालिकामा बिदा
काठमाडौँ महानगरपालिकामा आज (पुस १ गते) शोक बिदा दिएको छ । महानगरका पूर्वप्रमुख पिएल सिंहको निधन भएपछि महानगरले सूचना प्रकाशन गर्दै बिदा दिने निर्णय गरेको हो । महानगरले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द हुने समेत जनाएको छ ।
काठमाडौँका पूर्व मेयर पीएल सिंहको निधन
काठमाडौँका पूर्व मेयर पीएल सिंहको निधन भएको छ । सिंहको ठमेलस्थित चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो ।
अर्थतन्त्र उकास्न सरकार प्रयत्नशील
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकार अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ फर्काउन प्रयत्नशील रहेको बताउनुभएको छ ।
मोतीविन्दुको निःशुल्क शल्यक्रिया
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ को विकट बस्ती नारायणथानकी १३ वर्षीय रेबिका थामी जन्मजात मोतीविन्दु रोगको सिकार हुनुहुन्थ्यो ।
टीकापुरबाट पनि उड्न थाले विमान
बन्द भएको तीन दशकपछि टीकापुर एयरपोर्टमा व्यावसायिक उडान सुचारु भएको छ । आइतबार तारा एयरले व्यावसायिक उडान भरेको छ ।
पुस १ गते : लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै
प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ ।
चीनबाट सबैभन्दा धेरै लगानी प्रतिबद्धता
मुलुकमा लगानी गर्ने भनेर सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) चीनबाट आउने गरेको छ ।
अधिकांश बैङ्कको पुसको ब्याजदर स्थिर
निक्षेपको ब्याजदर लगातार घटाइरहेका वाणिज्य बैङ्कहरू पुस महिनामा समालिने भएका छन् ।
महिला श्रमिकलाई खाडी मुलुकमै श्रम स्वीकृति दिइने
श्रम स्वीकृति नलिई विदेशमा बस्न बाध्य घरेलु श्रमिक महिलालाई सरकारले श्रम गन्तव्यमै श्रम स्वीकृति दिने भएको छ ।
पत्रकार महासङ्घको अध्यक्षमा शर्मा निर्वाचित
नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी हुनुभएको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
‘सरकार परिवर्तन हल्ला मात्र’
गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तन हुने र अर्को सरकार बन्ने भन्ने हल्लाको अर्थ नभएको बताउनुभएको छ ।
भैरहवामा सिधा उडान गर्न प्रस्ताव
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया सरकारलाई भैरहवाबाट सिधा उडानको प्रस्ताव गर्नुभएको छ ।
नर्सिङ सङ्घमा प्राध्यापक शर्मा
नेपाल नर्सिङ सङ्घको अध्यक्षमा प्राध्यापक चन्द्रकला शर्मा नेतृत्व समूहको प्यानल विजयी भएको छ ।
विमानस्थल स्तरोन्नति युद्धस्तरमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम एक महिनामा २५ प्रतिशत पूरा भएको छ ।
अङ्ग प्रत्यारोपणसम्बन्धी कानुनी अप्ठ्याराबारे सुझाव दिन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अङ्ग प्रत्यारोपणसम्बन्धी कानुनी वा नीति नियम आवश्यक भए विज्ञको रायसहित सुझाव पेस गर्न आग्रह गर्नुभएको छ ।
त्रिविमा डिन र निर्देशक नियुक्त
त्रिभुवन विश्वविद्यालयले एकैपटक आठ जना डिन र तीन जना निर्देशक नियुक्त गरेको छ ।
सामाजिक समस्या बन्दै कुकुरको टोकाइ
राजधानीमा भुसिया कुकुर सामाजिक समस्या बन्दै गएको छ । काठमाडौँको त्रिपुरेश्वरमा काम गर्ने सन्तोष पौडेल मूलपानीमा बस्नुहुन्छ ।
अनलाइन सेवा पाउन झन्झट
‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा अनुरूप राज्यका निकायले नागरिकलाई अनलाइनमार्फत दिने सेवा पटक पटक ‘जाम’ मा पर्ने गरेको छ ।
नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित (मत सूचिसहित)
नेपाल पत्रकार महासंघको संघीय अध्यक्षमा पत्रकार निर्मला शर्मा निर्वाचित हुनुभएको छ । उहाँले आफ्नो प्रतिस्पर्धी रमेश विष्टलाई १ हजार ७९ मतले पराजित गरी सो पदमा निर्वाचित हुनुभएको हो ।