तारकेश्वरबाट एसइई उत्तीर्ण विद्यार्थी सम्मानित
परिवर्तन अभियान नेपालले शुक्रबार राजधानीको तारकेश्वर नगरपालिकाबाट एसइई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमबाट विद्यार्थीहरूलाई सम्मान गरिएको अध्यक्ष सुशील भट्टले जानकारी दिनुभयो ।
दोलखामा बाढीः तीन घर बगे, एक जना बेपत्ता
दोलखाको गौरीशङ्कर गाउँपालिका-९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन् ।
वर्षाका कारण अवरुद्ध बिपी र अरनिका राजमार्ग एकतर्फी सञ्चालन
बाढीका कारण अवरुद्ध भएको बिपी र अरनिको राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएका छन् ।
एमाले संसदीय दलको बैठक आइतबार
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक आइतबार बिहान १० बजे संसद भवनमा बस्ने एमालेका प्रमुख सचेतक महेश वर्तौलाले बताउनुभयो ।
उपत्यकाका नदीमा बहाव बढेपछि करिडोरमा प्रहरी गस्ती
अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय सतर्कतामा छन् ।
हेटौँडा–काठमाडौँ जोड्ने सडक अवरुद्ध
अविरल वर्षाका कारण पहिरोले हेटौँडा–काठमाडौँ जोड्ने सडक अवरुद्ध भएको छ । शनिवार बिहानैदेखि परेको पानीका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो दूरीका तीनवटा सडकमार्ग अवरुद्ध भएको हो ।
नारायणीमा बाढी, सतर्कता अपनाउन आग्रह
अघिल्लो दिनदेखि लगातार परेको अविरल वर्षाका कारण शनिबार बिहानदेखि नारायणी नदीमा निरन्तर बाढी बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सिस्नेरी–दक्षिणकाली सडक सुचारु
अविरल वर्षापछि आएको पहिरोका कारण हेटौँडा हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्गहरुमध्ये तीन वटा सडक अवरुद्ध बनेकोमा कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक बिहानबाट सुचारु भएको छ ।
बिपी र अरनिको राजमार्गको विभिन्न खण्ड अवरुद्ध
गएरातिदेखि परेको अविरल वर्षाका कारण पूर्वी जिल्ला जोड्ने बिपी राजमार्गको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।
वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान
अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् ।
साँखुको ज्योतिर्लिङ्ग.गेश्वर महादेव (फोटो फिचर)
काठमाडौँको शंखरापुर नगरपालिका वडा नं ७, सक्व टोलमा अवस्थित प्राचीन एवं प्रख्यात ज्योतिर्लिङ्ग.गेश्वर महादेवको मन्दिर। यस महादेवलाई साँखुको उत्तर(पूर्वी कुनामा लिँड.गपुराणमा वर्णन गरेको ज्योतिर्लिङ्ग.गेश्वर महादेव हो। यो महादेवको मूर्ति करिब १८ इन्च लामो र यसको गोलाई करिब १२ इन्च गोलाकार भई वायव्य कोणतिर ढल्किएर रहेको छ।
हनुमन्तेको बाढीले डुबान, उच्च सतर्कता अपनाउन आग्रह
विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ ।
भोटेकोसी हाइड्रोमा पुरिएको दुई जनाको शव फेला
भोटेकोसी गाउँपालिका हिन्दी स्थित निर्माणाधीन इलेक्ट्रो पावर कम्पनी लिमिटेडको भोटेकोसी जलविद्युत आयोजना–१ (४० मेगावाट)को डिसेन्डर कभर स्ल्याब एक्कासि भत्केर पुरिएका दुई जना मजदुरको १३ घण्टापछि शव फेला परेको छ ।
बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध
शनिवार बिहानदेखि परेको वर्षासँगै बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ ।
सङ्घमा सत्ता परिवर्तनको प्रभाव प्रदेशमा
सङ्घमा सत्ता समीकरणमा परिवर्तन भएसँगै प्रदेशमा पनि सत्ता परिवर्तन हुने व्रmमले यो पटक पनि निरन्तरता पाउने भएको छ । सङ्घमा पछिल्लो पटक भएको सत्ता खेलको प्रभाव बागमती प्रदेशमा समेत देखिएको छ । सङ्घमा यसअघिको सत्ता समीकरणमा परिवर्तन भएर दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले सत्ता साझेदारी गर्ने सहमति गरेसँगै बागमती प्रदेशमा पनि त्यसको प्रभाव पर्ने भएको हो ।
वर्षातमा छाता
पानी परेपछि तारकेश्वर नगरपालिका(१० स्थित मनमैजु, लोकतान्त्रिक चोक सडकमा शनिबार छाता ओढेर आफ्नो गन्तव्य जाँदै सर्वसाधारण ।
कांग्रेस संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । उक्त बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने तय भएको छ ।
आज यी प्रदेशमा भारी वर्षा हुने
बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जहाज परीक्षण छानबिन सुरु
नेपाल वायु सेवा निगमको ए ३२० वायुयानको इन्जिन मर्मत र विस्तृत मर्मतसम्भार (सी–चेक) का विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयद्वारा गठित छानबिन समितिले काम सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा बुधबार गठित पाँच सदस्यीय छानिबन समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश अनुसार बिहीबारदेखि काम सुरु गरेको हो । उहाँले भन्नुभयो, “इजरायल पु¥याइएको निगमको वाइडबडी ए ३२० वायुयानको इन्जिन मर्मतको विषय र हरेक दुई वर्षमा अनिवार्य गर्नुपर्ने विस्तृत मर्मतसम्भारका लागि इटालीको नेपल्समा पु¥याइएको जहाजको विषयमा छानबिन गर्न समतिले कार्यादेश पाएको छ । प्राप्त निर्देशन अनुसार समितिले बिहीबारदेखि काम सुरु गरेको छ । समितिले १५ दिनभित्र सुझावसहित सत्यतथ्य बाहिर ल्याउने छ ।”
काठमाडौँ प्रहरी परिसरको सेवा अब भद्रकालीबाट
जिल्ला प्रहरी परिसर काठमाडौँले भद्रकालीस्थित नयाँ कार्यालयबाट सेवा प्रदान गर्ने भएको छ।
बेइजिङ प्लसमा दलित महिलाका मुद्दा उठाउन जरुरी
अन्तर लैङ्गिक सहभागितालाई विश्व महिला सम्मेलन ‘बेइजिङ प्लस’ मा जोड दिन महिला अधिकारकर्मीहरुले सुझाव दिनुभएको छ । उक्त सम्मेलनमा दलित महिलाका मुद्दालाई प्राथमिकताका साथ उठाउन आवश्यक रहेको उहाँहरुले सुझाव दिनुभएको हो ।
पत्रकार दर्नालको ‘राससमा दलित प्रतिनिधित्व र विषयवस्तु’ सार्वजनिक
पत्रकार सुशील दर्नालद्वारा लिखित ‘राससमा दलित प्रतिनिधित्व र विषयवस्तु’ नामक अनुसन्धानमूलक पुस्तक सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज यहाँ आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गर्नुभएको हो ।
ढलान भत्किएर पुरिएकाको सकुसल उद्धार
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित इलेक्ट्रो हाइड्रो पावर कम्पनीको डि–सेन्टरमा स्ल्यााप ढलान गर्ने क्रममा ढलान भत्किएर पुरिएका कामदारहरुको सकुशल उद्धार गरिएको छ ।
लडेर युवकको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिका ६ सुनाचुरीमा एक युवको मृत्यु भएको छ । बारा जिल्ला कोल्वी नगरपालिका ८ मधुवन घर भई हाल चितवनको खैरेनी नगरपालिका ९ स्थित सिमलटाँडीमा मजदुरी काम गरी बस्ने आएका पुजन रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।