• २८ फागुन २०८१, बुधबार

तेस्रो मन्थली नगर कपको उपाधि चिसापानीलाई

blog

तेस्रो मन्थली नगर कप रनिङ शिल्ड भलिबल प्रतियोगिता २०८१ विजेता वडा नं ८ चिसापानीको टिम ।

नवराज श्रेष्ठ

रामेछाप, फागुन ७ गते । तेस्रो मन्थली नगर कप रनिङ शिल्ड भलिबल प्रतियोगिता २०८१ को उपाधि मन्थली नगरपालिका–८ चिसापानीले जितेको छ । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रतियोगिता अन्तरगत बुधवार भएको फाइनल खेलमा वडा नं १० चनखुलाई सोझो सेटमा हराउँदै वडा नं ८ चिसापानीले पहिलो पटक उपाधि चुमेको हो । 

फाइन खेलमा वडा नं ८ चिसापानीले वडा नं १० चनखुलाई २५–१९, २५–९ र २५–१२ को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । वडा नं ४ चनखु भने उपविजेतामै सीमित बनेको छ । 

प्रतियोगिताको विजेता चिसापानीले नगद एक लाख रुपियाँसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वडा नं १० चनखुले भने नगद ७५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु पर्‍याे । 

प्रतियोगिताको सुरुवाती चरणमा उपाधिको दाबेदारका रूपमा हेरिएको वडा नं ७ भटौली तेस्रो भएको छ । भटौलीले नगद ५० हजार रुपियाँसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । 

महिलातर्फको उपाधि भटौलीलाई 

प्रतियोगिता अन्तर्गत भएको प्रथम महिला नगर भलिबलको उपाधि भने वडा नं ७ भटौलीले जितेको छ । बुधबार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित हराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।

विजेता भटौलीले नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ । उपविजेता फुलासीले नगद ३० हजार, तेस्रो हुन सफल वडा ६ भलुवाजोरले नगद २० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

फागुन ३ गते शनिबारेदेखि जिल्ला समन्वय समिति रामेछापको मैदानमा भएको प्रतियोगितामा महिला तर्फ १४ वडा मध्ये ८ वडा सहभागी भएका थिए । पहिलो पटक महिलाको पनि खेल समावेश गरिएको प्रतियोगितामा नगरका वडा नं १,२, ३, ६, ७, ८ र १३ नम्बर वडाले मात्रै सहभागिता जनाएका थिए । तेस्रो मन्थली नगर कप रनिङ शिल्ड भलिबल प्रतियोगितामा भने १४ वटै वडाले सहभागिता जनाएका थिए ।