गोरखापत्र अनलाइन
काठमाडौँ, फागुन ५ गते । अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टर गठन गरिएको छ। सोमबार अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल, केन्द्रीय उपाध्यक्षहरु र बोर्ड अफ डाइरेक्टरहरुको विशेष उपस्थितिमा आयोजित भेलाले नेपाल च्याप्टर गठन गरेको हो ।
भेलामा केन्द्रीय अध्यक्ष रामप्रसाद खनालले पत्रकारितालाई राजनीतिभन्दा बाहिर राख्दै स्वतन्त्र पत्रकारको नेटवर्कको रुपमा काम गर्न अन्तर्राष्ट्रिय पत्रकार महासंघ गठन गरिएको जानकारी गराउनुभयो ।
अमेरिकामा गठन भएको अन्तर्राष्ट्रिय पत्रकार महासंघको पहिलो च्याप्टरको रुपमा नेपाल च्याप्टर गठन गरिएको अध्यक्ष खनालले बताउनुभयो । भेलाले कृष्णा पौडेलको अध्यक्षतामा १९ सदस्यीय कार्यसमितिको गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा रुपा घिमिरे, वैकुण्ठ भण्डारी र शिव दाहाल रहेका छन् । सचिव सोविता रिसाल र कोषाध्यक्ष पवन पौडेल रहेका छन् ।
त्यस्तै, बोर्ड अफ डाइरेक्टरमा शोभा अर्याल, आलोक तिवारी, राज ढुंगाना, विनोद घिमिरे, सन्तोष मिश्र, गोमा परियार, लक्ष्मी दाहाल, शिरोमणि दवाडी, विमल योगी, हुमनाथ पौडेल, टंककला तिमिल्सिना, राजीव भट्टराई र यूवगाह मगर रहेका छन् ।
त्यस्तै, सल्लाहकारमा टंक पन्त, जीवनराम भण्डारी, केदार कोइराला, अखण्ड भण्डारी, कमला विश्वकर्मा, युवराज विद्रोही, डा. राजेश अहिराज चयन हुनुभएको छ । कानुनी सल्लाहकारमा गणेश घिमिरे चयन हुनुभएको छ ।