• ४ फागुन २०८१, आइतबार

अर्थमन्त्री पौडेलको उपचार सुरु, अवस्था जोखिममुक्त

blog

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु । तस्बिर : सामाजिक सञ्जाल

काठमाडौँ, फागुन ३ गते । आगोको ज्वालाले बेलुन फुट्दा घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ ।

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीकाअनुसार उहाँलाई दिउँसो ३ बजेतिर अस्पताल ल्याइको हो । मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ । यद्यपि अवस्था भने जोखिममुक्त रहेको जानकारी उहाँले बताउनुभयो ।

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उहाँहरूको शरीरमा आगो सल्किएको थियो ।

दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो । वर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीले दुवै जना अस्पतालमा भर्ना हुनुभएको र अहिले उपचार चलिरहेको बताउनुभयो । रासस