• ३ फागुन २०८१, शनिबार

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

blog

राममणि दाहाल
हेटौँडा, फागुन ३ गते ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगपालिका ११ थानाभर्‍याङस्थित यातायात कार्यालय अगाडि सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।

पूर्वपश्चिम सडकखण्डमा हेटौँडा बजारबाट चितवनतर्फ जाँदै गरेको ना. ४ ख. २४९६ नं. को ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना. १ ह. ८३०८ नं. को अटोलाई ठक्कर दिएर दुर्घटना हुँदा पूजा बम्जनको उपचारको क्रममा गएराति मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार सवारी दुर्घटनामा परी अटोमा सवार मकवानपुरको मनहरी गाउँपालिका ६ खयरघारीकी वर्ष ३५ की बम्जनको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर रहेकोमा  गएराति २१ः२० बजे उपचारको क्रममा मृत्यु हो ।

दुर्घटनामा परी घाइते भएका अटो चालक हेटौँडा उपमहानगरपालिका १९ बासघारी बस्ने वर्ष २५ को राजु थिङ र मनहरी गाउँपालिका ६ खयरघारी बस्ने वर्ष ११ को अमृत घिसिङको हेटौँडा ११ स्थित सिएमसी चुरेहिल अस्पताल उपचारभएको छ ।

अटो, ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।