• ४ फागुन २०८१, आइतबार

खो खो विश्वकप सहभागीलाई सम्मान

blog

सम्मानपछि खेलाडीहरू । तस्बिर : गोरखापत्र

ललितपुर, फागुन ३ गते । भारतको नयाँ दिल्लीमा सम्पन्न पहिलो विश्वकप खो खो प्रतियोगितामा रजत पदक विजेता बागमती प्रदेशका तीन जना खेलाडी, म्यानेजर, प्रशिक्षकहरू र सेफ डी मिसनलाई सम्मानित गरेको छ ।

शनिबार ललितपुर खेलकुद परिषदमा ललितपुर खो खो सङ्घले आयोजना गरेको सम्मान कार्यक्रममा परिषदका जिल्ला अध्यक्ष विनोद महर्जनले खेलाडीलगायतलाई सम्मान गर्नुभएको थियो ।

रजत पदक विजेता तथा उत्कृष्ट खेलाडी राजन बल, गणेश विक, अनिशा गोले, म्यनेजर शंकर महर्जन र टोली नेता सुशिलमा व्यञ्जनकार, राष्टिय पुरुष प्रशिक्षक विक्कीराज महर्जन र राष्टिय महिला प्रशिक्षक लक्ष्मीनारायण वैद्यलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा ललितपुर खेलकुद परिषदका अध्यक्ष विनोद महर्जन, नेपाल खो खो सङ्घको केन्द्रीय अध्यक्ष प्रदिप महर्जन र ललितपुर खो खो सङ्घका उपाध्यक्ष मंगलवीर व्यञ्जनकार, सचिव अर्चना महर्जन र जिल्ला अध्यक्ष सरोज महर्जनले खो खो खेलको विकासका लागि राज्यले उचित पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ललितपुर जिल्ला अन्तर्गत निर्वाचित ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाका खो खो सङ्घका पदाधिकारीलाई पनि सम्मान गरिएको थियो ।