• ३ फागुन २०८१, शनिबार

बागमती गोल्ड कप आजदेखि

blog

बागमती गाउँपालिका ४ झारझुरेमा नवनिर्मित स्थित सहिद स्मृति रङ्गशाला ।

राममणि दाहाल

मकवानपुर, फागुन ३ गते । मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आज शनिबारबाट सातौँ संस्करणको बागमती गोल्ड कप राष्ट्रिय प्रतियोगिता हुँदै छ ।

शनिबार हुने उद्घाटन खेल आयोजक बागमती गाउँपालिका खेलकुद विकास समिति र बागमती युवा क्लब सर्लाही बिच हुने आयोजकले जनाएको छ ।

आयोजक प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सीँ थिङले प्रतियोगितामा थ्रि स्टार, त्रिभुवन आर्मी, चर्च ब्वाइज, सङ्कटा, एपिएफ, हिमालयन शेर्पा, मच्छिन्द्र क्लबलगायतका गरी १० वटा टिमको सहभागिता रहेको छ ।

यही फागुन १२ गते फाइनल खेल हुने यस प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १० र पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई एक लाख एक हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपियाँ, प्रत्येक खेलका म्यान अफ दिन म्याचलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । 

छैटौँ संस्करणसम्मको प्रतियोगिता जनता मावि फापर बारीको खेल मैदान हुँदै आएकोमा सातौँ संस्करण बागमती गाउँपालिका ४ झारझुरेमा नवनिर्मित स्थित सहिद स्मृति रङ्गशालामा हुने आयोजकले जनाएको छ ।