गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ४ गते । काठमाडौँ महानगरपालिकाले सिप सिकेर स्वदेशमै स्वरोजगार बन्न चाहने युवालाई लक्षित गरेर निःशुल्क व्यावसायिक सिपमूलक तालिमको आयोजना गर्दै छ । महानगरको सामाजिक विकास विभागले आर्थिक वर्ष २०८१/८२ को ‘रोजगारी र आयवृद्धि, काठमाडौँको समृद्धि’ योजना अन्र्तगत निःशुल्क सिपमूलक तालिम सञ्चालन गर्न लागेको हो ।
यस कार्यक्रम अन्तर्गत महानगरपालिकाले काष्ठकला, मूर्तिकला र हस्तकलासम्बन्धी तीन महिना अवधिको निःशुल्क तालिम सञ्चालन गर्ने गरी आवेदन माग गरेको छ । काठमाडौँ महानगरका अनुसार यी विधाको सिप सिक्न चाहने युवाको न्यूनतम योग्यता ८ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने छ भने उमेर १८ देखि ४५ वर्षभित्रका नागरिकले तालिमका लागि आवेदन दिन सक्ने छन् । यसका लागि आवेदन दिन चाहनेले यही फागुन ११ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था महानगरले गरेको छ ।