जुम्लाकाे डुडुल चैत्य स्तूपा
जुम्ला, माघ १३ गते । जुम्लाको सदरमुकाम खलङ्गा बजारदेखि उत्तरी भेग चन्दननाथ नगरपालिका–४ मा रहेको डुडुल चैत्य स्तूपा । बौद्ध धर्मावलम्बीको अगुवाइमा निर्माण भएको उक्त स्तूपा पछिल्लो समयमा आन्तरिक पर्यटनको रोजाइमा पर्ने परेको छ । तस्बिरः रासस
भूकम्प प्रभावित क्षेत्रबाट फर्किंदै दाता
जाजरकोट भूकम्पपछि जिल्लामा आएका दाता धमाधम फिर्ता हुन थालेका छन् ।
पूर्वाधार निर्माण प्राथमिकतामा
कर्णाली प्रदेश सरकारले पर्यटन प्रवर्धन गर्न पूर्वाधार निर्माणमा जोड दिएको छ ।
मदन भण्डारी राजमार्ग स्तरोन्नतिको काम सुरु
मदन भण्डारी राजमार्ग अन्तर्गत रोल्पा–सल्यान खण्डको स्तरोन्नतिको काम सल्यानको बागचौरबाट औपचारिक रूपमा सुरु भएको छ ।
समृद्ध दैलेखको गुरुयोजना निर्माण
स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गरी जिल्लाको आर्थिक, सामाजिक र पूर्वाधार विकासमार्फत दैलेख जिल्लालाई नमुना बनाउने उद्देश्यले समृद्ध दैलेख गुरुयोजना निर्माण गरिएको छ । शनिबार दैलेख सदरमुकाममा आयोजना गरिएको सभाबाट आएका सुझावलाई समेटेर गुरुयोजना निर्माण गरिएको हो ।
नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन
नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । उत्तरी नाम्खा गाउँपालिका–५ हिल्साको किट क्षेत्रमा पर्ने सीमानाकाको शनिबार अनुमगन गरिएको हो ।
स्याउ बगैँचामै प्राविधिकलाई तालिम
जुम्लामा कर्णालीका आठ जिल्लाका कृषि अधिकृत तथा कृषि प्राविधिकलाई स्याउको बगैँचा व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ ।
निजामती कर्मचारी संगठन सल्यान अध्यक्षमा घर्ती
नेपाल निजामती कर्मचारी संगठन सल्यानको अध्यक्षमा डिल्लीबहादुर घर्ती निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) निकट कर्मचारी संगठनको सल्यान सदरमुकाम खलङ्गामा सम्पन्न १२ औँ अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो ।
निजामती कर्मचारी संगठन रुकुमपश्चिमको अध्यक्षमा केसी निर्वाचित
नेपाल निजामती कर्मचारी संगठन रुकुमपश्चिमको अध्यक्षमा धनवीर केसी निर्वाचित हुनुभएको छ। शनिबार जिल्ला सदरमुकाम मुसीकोटमा भएको १२ औँ जिल्ला अधिवेशनबाट केसीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।
विवाह गर्न भागेको जोडी घरभित्रै मृत
रुकुमपश्चिमको त्रिवेणीको एक जोडी मृत अवस्थामा फेला परेका छन्। गाउँपालिकाको–४ खुम्चेरीमा केटाकेटी एउटैका कोठामा मृत अवस्थामा फेला परेका हुन्।
चरन क्षेत्रमा चर्दै गरेका चौँरी
डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–४ नाम्दो थामवनको चरन क्षेत्रमा चर्दै गरेका चौँरीहरू । हिमाली क्षेत्रमा ढुवानी गर्ने मुख्य यातायातका साधनका रूपमा चौँरीको प्रयोग गर्ने गरेको पाइन्छ ।
रुकुमको साँख दह
रुकुम पश्चिम , माघ १२ गते । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो देखाएपछि यहाँ आन्तरिक पर्टकको चहलपहल हुन थालेको छ । तस्बिरः रासस
कठपुतलीको बिहेमा जन्ती बनेर गुटुतिर
सुर्खेत वीरेन्द्रनगरदेखि करिब ६० किलोमिटरको यात्रा पूरा गरेपछि गुटु पुग्न सकिन्छ ।
छिचोलियो भित्तरगौडाको भिर
सिमकोट गाउँपालिकाको खार्पुदेखि चुवाखोलासम्मको पर्यटकीय सडकमा अवस्थित भित्तरगौडाको कडा चट्टानी भिर छिचोलिएको छ ।
अन्तरप्रदेश सडक निर्माणको टेन्डर आह्वान
अन्तरप्रदेश सडक निर्माणका लागि टेन्डर आह्वान गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडक निर्माण गर्न टेन्डर आह्वान गरिएको हो ।
अस्पताल लान ढिला हुँदा जुम्लामा सुत्केरी र नवजात शिशुको मृत्यु
जुम्लामा ३० वर्षीय सुत्केरी मुगा शाहीको मृत्यु भएको छ। तातोपानी गाउँपालिका वडा नम्बर १ निवासी शाही र उहाँबाट जन्मेको नवजात शिशुको मृत्यु भएको हो।
चुकेनीको विद्युतले उज्यालाे जुम्ला
कुनैबेला विद्युतको अभावमा अध्याँरो खेपिरहेको जुम्लाको सदरमुकाम जुम्ला अहिले उज्यालिएको छ ।
बालबालिकाको उपचार निःशुल्क
रुकुमपश्चिमको चौरजहारी अस्पतालमा बालबालिकाको उपचार निःशुल्क हुने गरेको छ ।
संसदीय समितिलाई पूर्णता
झन्डै १० महिनादेखि नेतृत्वविहीन रहेका कर्णाली प्रदेश सभाका तीन वटा संसदीय समितिले नेतृत्व पाएका छन् । चार वटामध्ये तीन वटा समिति सभापतिविहीन थिए ।
सामाजिक परम्परा धानेका आमा र बुवा समूह
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१० मा रहेका आमा र बुवा समूहले सशक्तीकरण, विकास निर्माणका साथै परम्परागत रितिरिवाज, संस्कार र संस्कृति जोगाउन निरन्तर काम गरिहरेका छन्।
सरकारप्रति हाम्रो कुनै अभिरुचि छैनः अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताउनुभएको छ । सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
दिगो पुनर्निर्माणमा जोड
रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा जोड दिइएको छ ।
‘आयोजना बैङ्क’ प्राथमिकतामा
कर्णाली प्रदेश सरकारले ‘आयोजना बैङ्क’ निर्माणलाई प्राथमिकतामा राखेको छ । सरकारले चालु आर्थिक वर्षदेखि आयोजना बैङ्क निर्माण गरेर कार्यक्रम छनोट तथा बजेट विनियोजन गर्ने तयारी गरेको हो ।
जनशक्ति नहुँदा कार्यसम्पादनमा सकस
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले जनशक्ति अभाव झेलिरहेको छ ।