आगामी बजेट : विकास निर्माण र रोजगारी सिर्जना
कर्णाली प्रदेश सरकारले विकास निर्माण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याउने भएको छ । शनिबार सरकारले प्रदेश सभामा प्रस्तुत गरेको विनियोजन विधेयकको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिमा प्रदेश गौरवका आयोजना, बहुवर्षीय, क्रमागत तथा अधुरा आयोजनालाई नतिजामुखी हुने गरी कार्यान्वयन गर्ने र समन्यायिक विकासमार्फत रोजगारीका अवसर सिर्जना गर्ने प्राथमिकता निर्धारण गरेको छ ।
मुगुको डोल्फु गाउँँमा लुटपाट
मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो ।
हिमाली सिमास्तम्भको अनुगमनमा सशस्त्र प्रहरी
नेपाल चीनको सिमाना हिल्सामा स्थापना भएको सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकीको प्रहरीले ( बिओपी ) पाँच हजार मिटर अग्ला दुई वटा सिमास्तम्भहरुको अनुगमन गर्न सफल भएको छ । सिमास्तम्भहरुको नियमित अनुगमन कार्य अन्तर्गत बिओपीले एउटा सीमा स्तम्भमा एघारदेखि बाह्र घण्टा पैदल हिँडेर अनुगमन गर्ने कार्य गरेको हो ।
रारामा दस हजारभन्दा बढी पर्यटक
मुगुको रारा तालमा चालु आर्थिक वर्षको साउनदेखि वैशाख अन्त्यसम्ममा १० हजार ५७९ पर्यटकले भ्रमण गरेका छन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार ४३ जना सार्क मुलुकबाट र १९५ जना अन्य मुलुकबाट गरी कुल १० हजार ५७९ पर्यटकले रारा भ्रमण गरेका हुन्। गत वर्षको आर्थिक वर्षमा ११ हजार १९१ आन्तरिक र विदेशी पर्यटकले रारा भ्रमण गर्न आएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका सूचना अधिकारी जयहरि धितालले बताउनुभयो ।
प्रदेश बजेट अधिवेशन सुरु
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन तथा बजेट अधिवेशन सुरु भएको छ । बजेट अधिवेशनले आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने छ । असार १ गते प्रदेश सरकारहरूले बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरूले कर्णालीको आवश्यकताका आधारमा बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् ।
सिसी क्यामरा नहुँदा सुरक्षा चुनौती
बुधबार साँझ कारको ठक्करबाट वीरेन्द्रनगरमा एक जना ज्येष्ठ नागरिकको मृत्यु भयो । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षीय लोकबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार बुधबार बेलुका बसपार्कदेखि पिपिरातर्फ जाँदै गरेको कारले पैदल यात्री शाहीलाई ठक्कर दिएको थियो । दुर्घटनापछि कारचालक फरार भए । फरार चालकलाई पक्राउ गर्न प्रहरीलाई हम्मे हम्मे प¥यो । सार्वजनिक ठाउँमा राखिएको सिसी क्यामरा बन्द थिए । व्यक्तिले घरमा जडान गरेको सिसी क्यामराको सहायताले प्रहरीले फरार चालकलाई पक्राउ गरेको छ । यसका लागि प्रहरीलाई २४ घण्टा लाग्यो । वीरेन्द्रनगर नगरपालिका–५ का फरार चालक प्रभात पोखरेललाई बाँकेको भृकुटीनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) रूपेश खड्काले
पाँच महिनादेखि शिक्षक तलबविहीन
जुनीचाँदे गाउँपालिकाका शिक्षकले पाँच महिनादेखि तलब खान पाएका छैनन् । जुनीचाँदे गाउँपालिकामा कार्यरत नेपाल सरकारको अनुदान दरबन्दीका शिक्षकले पाँच महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । सरकारले बजेटको व्यवस्था नगरेपछि यस्तो समस्या आएको हो ।
भैँसीपालनबाट वार्षिक छ लाख
व्यावसायिक रूपमा पशुपालन गर्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाका किसानले दुध बेचेर मनग्गे आम्दानी गर्न थालेका छन् । किसानले दुधबाटै वार्षिक पाँच लाखसम्म आम्दानी गर्न थालेका हुन् । वीरेन्द्रनगर क्षेत्रमा उत्पादित दुध स्थानीय बजारमा नै खपत हुने गरेको छ । वीरेन्द्रनगर नगरपालिका–३ का ३५ वर्षीय नगेन्द्र उपाध्यायको बिहानको मिर्मिर उज्यालोदेखि बेलुकासम्म भैँसीका पाडापाडीको स्याहारसुसारमा बित्ने गरेको छ । छोटो समयमा व्यावसायिक भैँसीपालन गरेर एक सफल युवा उद्यमीका रूपमा आफूलाई चिनाउन सफल भएका उपाध्याय सधैँ भैँसी स्याहारदेखि दुध बिक्रीवितरणमा व्यस्त देखिनुहुन्छ ।
राजस्व तिर्न मान्दैनन् हुम्लावासी
चीनको ताक्लाकोटबाट हिल्सा नाका हुँदै सामान ल्याउने व्यापारीले भन्सारलाई राजस्व तिर्न नमान्ने गरेको पाइएको छ । ताक्लाकोटबाट गाडीमा आएको सामान भन्सारका कर्मचारीले राजस्वका लागि रसिद काट्न खोज्दा व्यापारी तथा अन्य हुम्लावासीले घरयसी प्रयोजनाका लागि ल्याएको सामान भनेर पन्छिन खोजेपछि राजस्व असुलीमा समस्या देखिएको हो ।