जलचर संरक्षण ऐनको तयारी
कर्णाली प्रदेश सरकारले जलचर संरक्षण ऐन निर्माण गर्न लागेको छ । पुस १९ गते बसेको मन्त्रीपरिषद्को बैठकले ऐन निर्माणका लागि सैद्धान्तिक सहमति दिएसँगै काम अघि बढेको छ ।
बयासी विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून
हिमाली जिल्ला हुम्लाका सात वटा गाउँपालिकाका ८२ वटा विद्यालयमा एक सयभन्दा कम विद्यार्थी अध्ययन गर्दै आएका छन् ।
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रननगरमा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला–२०८१ को आयोजना गरिएको छ ।
झस्काइरहन्छ भूकम्पले टेर्दैनन् स्थानीय
विज्ञहरूले ठुलो भूकम्पको जोखिम रहेको सम्भावना देखाइरहेको अनि पटकपटक भूकम्पका धक्काले झस्काइरहेको भए पनि सल्यानमा निर्माण भइरहेका भवनले भूकम्प प्रतिरोधी मापदण्ड पालनामा बेवास्ता गरिरहेका छन् ।
कपुरकोटमा कृषि मिनी ल्याब स्थापना
सल्यानको कपुरकोटमा कृषि मिनी ल्याब स्थापना गरिएको छ । किसानको खेतबारीको माटो परीक्षण तथा रोग किराको पहिचान गर्न कपुरकोट गाउँपालिकाले कृषि मिनी ल्याब सञ्चालना ल्याएको हो ।
लिमी प्रहरी चौकी ६ महिना बन्द
नाम्खा गाउँपालिका-६ को हिमालपारीको गाउँ लिमीको सुनखानीमा स्थापना गरिएको सिमा सुरक्षा प्रहरी चौकी छ महिनाका लागि बन्द गरिएको छ ।
दलित र जनजातिलाई बजेट अपर्याप्त
वीरेन्द्रनगरका दलित तथा जनजातिका लागि सरकारले छुट्याउने बजेट अपर्याप्त भएको सरोकारवालाले गुनासो गरेका छन् । यी वर्गका लागि पर्याप्त मात्रामा बजेट छुट्याउनुपर्ने माग गरेका छन् ।
पूर्वाधार निर्माणमा मुख्यमन्त्रीको चासो
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल यतिबेला पूर्वाधार निर्माणको अवस्था बुझ्न स्थलगत अध्ययनमा केन्द्रित हुनुभएको छ ।
सार्वजनिक यातायातको भाडा घट्यो
दैलेख–सुर्खेत चल्ने सार्वजनिक यातायातमा भाडा दर घटाइएको छ ।
पालिकाले अलग्गै गोठ बनाइदिँदै
बारेकोट गाउँपालिकाले तीन वर्षदेखि अलग्गै गोठ बनाउन थालेको छ । कर्णाली प्रदेश सरकारले यो कार्यक्रमलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षमा १३४ वटा गोठ बनाउन बजेट व्यवस्था गरेको हो ।
‘शिक्षकलाई निजामती सेवा सरह सुविधा दिनुपर्छ’
‘विद्यालय शिक्षा विधेयक– २०८०’ सम्बन्धी कर्णाली प्रदेशस्तरीय छलफलमा शिक्षकको सेवा सुविधा, सरुवा, बढुवा, विद्यालय व्यवस्थापन समितिको पदावधि, शैक्षिक नीति, पाठ्यक्रम, स्थानीय भाषा र उनीहरूको मर्यादाक्रम पनि ऐनमै व्यवस्था गर्न माग गरिएको छ ।
कर्णालीमा जन्म र मृत्युमा प्रभावकारी बन्दै ३० केजी चामल
कर्णालीमा सरकारले जन्म र मृत्युमा दिने चामल कार्यक्रम प्रभावकारी बन्दै गएको छ । मानिसको जन्म र मृत्युको समय त्यसै महत्त्वपूर्ण छ ।
भएन रारामा चरा गणना
राराको सिमसार क्षेत्रमा जलपन्क्षीको गणना अहिलेसम्म हुन सकेको छैन । राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षण विभागको अगुवाइ तथा हिमाली प्रकृतिको संयोजनमा पुस २३ गतेबाट नेपालभरका सिमसार क्षेत्र भित्रका चरा गणना गर्ने कार्य भएता पनि रारामा जनशक्ति अभावका कारण अहिलेसम्म गणना हुन नसको हो ।
विवाह गर्न सिफारिस अनिवार्य
जाजरकोटको एक वडाले विवाहको लागि अनिवार्य रुपमा वडाको सिफारिस लिनु पर्ने निर्णय गरेको छ । जिल्लाको नलगाड नगरपालिका वडा नं ४ ले आफ्नो वडा भित्र हुने विवाहका लागि अनिवार्य रूपमा वडा कार्यालयको सिफारिस लिनु पर्ने निर्णय गरेको हो ।
विदेशी बजारमा कर्णालीको अदुवा
अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ ।
बादी समुदायलाई जीविकोपार्जनमै सकस
यहाँका बादी समुदाय खोलाको छेउमा बसेर माछा मारी जीवन निर्वाह गरेका छन् । नलगाड नगरपालिका–७, दल्लीस्थित नलसिंहगाडको किनारमा माछा मारेर बादी समुदायका परिवारले जीविकोपार्जन गर्दै आएका छन् ।
कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहन
तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनका लागि रू एक करोड २३ हजार उपलब्ध गराएको छ । प्रदेश सरकारले विनियोजित रकमबाट सात जिल्लाका दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप बैंक खातामार्फत भुक्तानी गरिएको छ ।
बिस वर्षपछि अघि बढ्यो मुआब्जा पाउने प्रक्रिया
तत्कालीन द्वन्द्वको बेला शाही नेपाली सेनाले प्रयोगमा लिएको दुल्लु नगरपालिका–८, साहुबाडास्थित गढी क्षेत्रका ४५ घरपरिवारको जग्गाको २० वर्षपछि मुआब्जा दिने प्रक्रिया अघि बढाइएको छ ।
हृदयाघातबाट कार्यालय प्रमुखको निधन
कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख राजु भुजको निधन भएको छ । कार्यालयमा काम गरिरहेको समयमा उहाँलाई हृदयघात भएको थियो ।
नाम्दो गाउँ
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दो गाउँ । यहाँ आकाशमा बादल देखिनेबित्तिकै हिमपात हुने गर्दछ ।
जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस
जिल्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरुआत हुने भएको छ । आगामी माघदेखि जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा सुरु गर्न तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिनुभयो ।
घाममा सुकाइएको अदुवाका टुक्रा
सुर्खेत, पुस २८ गते । सुर्खेतको भेरीगङ्गा नगरपालिका– ५ कालिदमारस्थित द अर्गानिक भ्याली प्रालिमा प्रशाेधन गर्न घाममा सुकाइएको अदुवाका टुक्रा । तस्बिरः रासस
चिसो बढेसँगै भूकम्पपीडितको बिचल्ली
चिसो बढेपछि यहाँका भूकम्पपीडितको बिचल्ली भएको छ ।
तेह्र हजार किशोरीलाई एचपिभी खोप लगाइँदै
सल्यानका झन्डै १३ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको एचपिभी खोप लगाइने भएको छ ।