• ३ वैशाख २०८२, बुधबार

ताला तोडेर परीक्षा सञ्चालन

blog

विद्यालयको ताला तोडेर विद्यार्थीको परीक्षा लिइँदै । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, वैशाख २ गते । कालीकोटको रास्कोट नगरपालिका शिक्षा शाखाले विद्यालयको ताला फोडेर परीक्षा सञ्चालन गरेको छ । शिक्षकहरु आन्दोलनमा रहेको र सरकारकाले माग पूरा गर्ने कुनै मनसाय नदेखाएकाले कक्षा ८ को ग्रेटबृद्धिको परीक्षा लिन नसक्ने शिक्षकको अडानपछि नगरपालिकाको शिक्षा शाखा प्रमुख खेमराज शाहीले कक्षा कोठाको ताला फोडेर परीक्षा सञ्चालन गर्नुभएको हो ।

प्रमुख शाहीले नगरको नमुना माध्यमिक बिद्यालय वडिमालिका माध्यमिक बिद्यालयको ताला फोड्नु भएको हो । स्थानीय पुष्पराज शाहीले शिक्षा प्रमुख खेमराज शाहीद्वारा हस्तक्षेप गरेर बिद्यालयको ताला फोडिएको बताउनुभयो । 

अरुलाई सार्वजनिक मुद्दा लाग्छ, ताला फोड्नै परे पनि प्रहरीको मुचुल्का चाहिन्छ होला तर नगर शिक्षा शाखा प्रमुखले सिधै ताला फोडेर बिद्यार्थीलाई भित्र राखेर परीक्षा लिएको बताउनुभयो । 

विद्यालयजस्तो शान्ति क्षेत्रमा हतौडाले कक्षा कोठाको ताला फोड्नु अपराध भएको स्थानीयको भनाइ छ । स्थानीय कृष्ण शाहीले शाही शासनको झल्को रास्कोट नगरपालिकामा आएको बताउनुभयो । ग्रेडबृद्धिका लागि २१३ जनाले आवेदन दिए पनि परीक्षामा १८९ जना विद्यार्थी सहभागी भएका थिए ।