कर्णालीमा नब्बे वटा झोलुङ्गे पुल निर्माणको तयारी
चालु आर्थिक वर्षभित्रमा कर्णाली प्रदेशभर ९० वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । यीमध्ये कतिपय गत वर्षका निर्माणाधीन योजना रहेको र कतिपय अहिले थप भएका प्रदेश सरकारले जनाएको छ ।
स्थानीय तहद्वारा नियम मिचेर रकमान्तर
दुई वडामा कुरा नमिलेपछि कर्णाली प्रदेश सरकारले दिएको ६० लाख रुपियाँ फ्रिज भएको छ ।
सहकारीपीडित आन्दोलित
जुम्लामा रहेको दियालो बचत सहकारी संस्थाले करोडौँ रकम बचत रकम फिर्ता नदिएको भन्दै बचतकर्ता सडकमा उत्रिएर आन्दोलित भएका छन् । बचतकर्ताले आफ्नो रकम फिर्ताको माग गर्दै आन्दोलित भएका हुन् ।
कर्णालीमा बेपत्ताको खोजी जारी
कालीकोटको पचालझरना गाउँपालिका–८, चाटेबगरस्थित कर्णाली नदी तर्ने क्रममा जेसिबी (डोजर) पल्टिँदा बेपत्ता भएकाको खोजी जारी रहेको छ ।
हिमपातमा फसेकाको उद्धार
यात्रा गर्ने क्रममा परेको हिमपातले अलपत्र परेका एक जनालाई प्रहरीले उद्धार गरेको छ ।
फुर्कामा रमाउँदै महिला
भुओ पर्वमा माइती आएका यहाँका महिलाले फुर्का नाचेर रमाइलो गरेका छन् ।
राउटेलाई पोसिलो खानेकुरा दिन सुझाव
जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई भत्ताभन्दा पोसिलो खानेकुरा दिनुपर्ने आवाज उठेको छ ।
बस्ती संरक्षणको योजना कार्यान्वयन हुँदै
कर्णालीको भूगोल भिरालो छ । बस्ती बस्न र खेती गर्नका लागि त्यति उपयुक्त छैन । अस्वाभाविक भूबनोटका कारण बर्सेनि खेतीयोग्य जमिन मासिँदै गएको छ ।
भूकम्पपीडितको त्रासको बास
जाजरकोटका भूकम्पपीडित चर्किएका घरमा डरमै बस्न बाध्य छन् । पुनर्निर्माणको कामले गति लिन नसकेपछि पीडित चर्किएका घरमा डरत्रासमै बस्न बाध्य भएका हुन् ।
मर्मत भएन खच्चड फसेको पुल
सात महिनाअघि पुलको लट्ठा चुँडिएर खच्चड फसेको कर्णाली नदीको झोलुङ्गे पुल अझै मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा स्थानीय जोखिमपूर्ण अवस्थाबाट ओहोरदोहोर गर्न बाध्य भएका छन् ।
सुविधासम्पन्न विद्यालय भवन निर्माण
सिमकोट गाउँपालिका–८ को स्याँडागाउँको चरीचौरमा सुविधासम्पन्न विद्यालय भवन निर्माण भएर सञ्चालनमा आएको छ ।
राँको बालेर मनाइयो भुओ पर्व
हुम्लामा रातभर सल्लाको दियालोको राँको बालेर भुओ पर्व मनाइएको छ । आइतबार रातिबाट राँको बालेर सार्वजनिक स्थानमा जम्मा भएका स्थानीयले हातमा राँको बालेर भुओ पर्व मनाइएको ठेहे गाउँका कालीबहादुर बोहोराले बताउनुभयो ।
झारपातले कुरूप बन्दै राराताल
मुलुकको ठुलो र प्राकृतिक सौन्दर्यले भरिएको राराताल पछिल्लो समय झारपातले कुरूप बन्दै गएको छ । तालको किनारमा बढ्दै गएको झारपातले पर्यावरणीय सन्तुलनमा असर पु¥याउनुका साथै तालको प्राकृतिक सुन्दरतामा पनि ह्रास आएको हो ।
खाँडाचक्रमा एकसय ८६ क्षयरोगीको पहिचान
कालीकोटको खाँडाचक्र नगरपालिकामा एकसय ८६ जना क्षयरोगीको पहिचान भएको छ । यहाँ सञ्चालित स्वास्थ्य शिबिरबाट ती रोगी फेला परेका हुन् ।
भारतमा अलपत्र १३ जुम्लावासीको उद्धार
कामको सिलसिलामा भारतमा गएका जुम्ला चन्दननाथ नगरपालिका ७ मिचा गाउँका १३ जना नागरिक उद्धार गरि नेपाल पठाइएको छ ।
पिली भ्यूटावर
कालीकोट, पुस १४ गते । कालीकोटको खाँडाचक्र नगरपालिका ८, पिलीमा निर्माण भएको भ्यू टावर । तस्बिरः रासस
कालिकोटको मान्म बजार र आसपासकाे क्षेत्र
कालिकोट, पुस १४ गते । कालिकोटको मान्म बजार र आसपासकाे क्षेत्र । तस्बिरः रासस
कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै
कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुने भएका छन् । चालु आर्थिक वर्षभित्रमा ती जिल्लामा प्रयोगशाला स्थापना गरिने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी प्रविण कार्कीले बताउनुभयो ।
भूकम्प प्रभावित बस्तीमा खानेपानी र शौचालय
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका र मुसीकोट नगरपालिकामा भूकम्पले क्षति गरेका १४ वटा खानेपानी आयोजना र ८५० वटा शौचालय निर्माण गरिएको छ । नौ वटा विद्यालयमा पनि खानेपानी र शौचालय निर्माण गरिएको हो ।
विषयगत समिति नेतृत्वविहीन
कर्णाली प्रदेश सभाका विषयगत समिति नेतृत्वविहीन अवस्थामा छन् ।
कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प
कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ५ः०९ बजे गएको हो।
बजार नपाएपछि कुहिन थाल्यो किवी
जिल्लाका ग्रामीण बस्तीमा किसानले लगाएका किवीका फल बारीमै कुहिन थालेका छन् ।
घरघरमै खानेपानी सुविधा र शौचालय बनेपछि भूकम्प प्रभावित खुशी
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ का निर्मला बुढा पुनले एक घण्टा टाढाबाट गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता हटेको छ। अहिले उहाँको घरमै मिटरसहितको धारा जडान भएको छ।
वन क्षेत्रमा बनाइएका घर भत्काइए
रुकुमपश्चिममा वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच वटा घर, टहरा भत्काइएको छ । डिभिजन वन कार्यालय अन्तर्गत चौफा सबडिभिजन वन कार्यालयले सानीभेरी गाउँपालिका –१० स्थित दुई वटा सामुदायिक वन क्षेत्रमा बनाइएका घर टहरा हटाइएको हो ।