मुगुको दार्मा केन्द्रविन्दू भएर भूकम्प
मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर आज बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।
बाढीले ४२ परिवार विस्थापित
रुकुमपश्चिमको आठविसकोट नगरपालिकाका ४२ घर परिवार विस्थापित भएका छन् । बाढीको कारण यहाँका ४२ परिवार विस्थापित भएका हुन् ।
पहिरोको उच्च जोखिममा नरहरिनाथ
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका पहिरोको उच्च जोखिममा छ । २०७५ साल यता पटक–पटक पहिरोका कारण यहाँका नागरिकले ज्यान गुमाउँदै आएका छन् । सोमबार राती आएको पहिरोका कारणले चार चौपाया मरेका छन् ।
११ दिनपछि कर्णाली करिडोरको खच्चा सडक खण्ड सञ्चालनमा
कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगाड गाउँपालिका–५ को खच्चाको सडक ११ दिनपछि सञ्चालनमा आएको छ ।
सङ्घीय मन्त्रिपरिषदमा २७ वर्षपछि मुगुको प्रतिनिधित्व
हिमाली जिल्ला मुगुले २७ वर्षपछि सङ्घीय सरकारमा प्रतिनिधि पाएको छ । विसं २०४८ मा नेपाली कांग्रेसको नेतृत्वमा गठित मन्त्रिपरिषदमा यहाँबाट तत्कालीन प्रनिनिधिसभा सदस्य हस्तबहादुर मल्ल शिक्षा सहायकमन्त्री हुनुभएको थियो ।
जुम्ला खलङ्गा बजार
जुम्ला सदरमुकाम खलङ्गा बजार, जुम्ला विमानस्थल र आसपासको दृश्य
रुकुम पश्चिम अपडेट: पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ताको खोजी हुँदै
रुकुम पश्चिममा गए राती आएको बाढीले घर बगाउँदा मृत्यु भएका तीन बालिकाको शव निकालिएको छ ।
महिला स्वास्थ्यकर्मीले धानेका स्वास्थ्य चौकी
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–७ मा रहेको काप्रिचौर स्वास्थ्य चौकी महिला कर्मचारीले मात्र धानेका छन् । चौकीमा कार्यालय सहयोगीदेखि प्रमुखसम्म सबै महिला कर्मचारी कार्यरत छन् ।
बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक बेपत्ता
रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
कालिकोटमा चट्याङ लागेर १४ भेडा मरे
कालीकोटमा चट्याङ लागेर १४ भेडा मरेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका–६ चुलीको लेकमा रहेको भेडीगोठमा चट्याङ पर्दा आज १४ भेडा मरेका हुन् ।
चट्याङ लागेर १४ भेडा मरे
कालीकोटको खाँडाचक्र नगरपालिकामा चट्याङ लागेर १४ भेडा मरेका छन् । वडा ६ को लेखमा रहेको भेडी गोठमा चट्याङ पर्दा १४ भेडा मरेका हुन् ।
हुम्लामा ९५ प्रतिशत रोपाइँ सम्पन्न
हुम्लामा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । अधिकांश धान खेती गर्ने जग्गामा सिँचाइको व्यवस्था र वर्षा भएको कारण छिट्टै रोपाइँ सम्भव भएको हो ।
गाउँ जोड्ने सबै सडक अवरुद्ध
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका विभिन्न वडामा पुग्ने भित्री सडक वर्षायाम लागेपछि अवरुद्ध भएका छन् । गाउँपालिका वडा नं. १ को धनरास–बेनीघाट, वडा नं. २ को लगाम–गोला, वडा नं. ३ को
भोलि कर्णालीमा सार्वजनिक बिदा
‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ ।
अवरुद्ध कर्णाली कोरिडोर खुल्यो
पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली कोरिडोर आजदेखि सञ्चालन भएको छ ।
चरिचरणका लागि बुकी पाटनतर्फ भेडा ल्याइँदै
जाजरकोटको बारेकोट गाउँपालिका–४ चौथारी गोठबाट भेडा, बाख्राहरू चरिचरणका लागि बुकी पाटनतर्फ लैजाँदै गरेका गोठालाहरू ।
सामुदायिक वनमा ७२ हजार बिरुवा रोपियो
यस वर्ष जिल्लाभरका सामुदायिक वनमा ७२ हजार चार सय १८ वटा बिरुवा रोपिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा विभिन्न प्रजातिका ७२ हजार चार सय १८ बिरुवा रोपिएको हो ।
चरनका लागि पाटन ल्याइएको भेडा
जाजरकोटको बारेकोट गाउँपालिका–१ बयालबाट चरिचरनका लागि ध्यल्या पाटनमा ल्याइएको भेडा । वर्षायाम सुरु भएसँगै चरिचरन क्षेत्र पाटनमा पशुचौपाया ल्याउने गरिन्छ ।
सिल्पाचौर गाउँ
गत कात्तिक १७ गते केन्द्रविन्दु भएर भूकम्प गएको जाजरकोटको बारेकोट गाउँपालिका–१ सिल्पाचौर गाउँ । भूकम्पले घर भत्किएपछि स्थानीयवासी सोही स्थानमा अस्थायी टहरा निर्माण गरी बसोबास गरेका छन् ।
बिरामी पर्दा एम्बुलेन्स हैन स्टेचर
कर्णाली प्रदेशको राजधानी सुर्खेतका बिरामीहरू स्वास्थ्य संस्थामा उपचारका लागि जान एम्बुलेन्सभन्दा पहिला स्ट्रेचरमा चढ्नुपर्ने बाध्यता छ । दुर्गमका गर्भवती, सुत्केरी तथा अन्य बिरामीलाई एम्बुलेन्ससम्म पु-याउनका लागि स्ट्रेचरमा बोकेर लैजानु पर्छ ।
पाँच हजार मिटर अग्लो स्थानमा सडक सुचारु
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमी जाने सडक सुचारु भएको छ । न्यालु लेकमा जमेको हिउँ र पहिरोले भत्काएको सडक मर्मत गर्ने कार्य भएपछि उक्त सडक सुचारु भएको हो ।
बेलिब्रज बनेपछि राजमार्गमा जोडियो पालिका
जिल्लाको महावै गाउँपालिका कर्णाली राजमार्गसँग प्रत्यक्ष जोडिएको छ । महावै गाउँपालिका–५ र खाँडाचक्र नगरपालिका–८, सेरावाडाको तिला नदीमाथि बेलिब्रिज बनेपछि महावै गाउँपालिका अब राजमार्गसँग जोडिएको हो ।
बेलीबृज निर्माणले राजमार्गसँग जोडियो महावै
कालीकोटको महावै गाउँपालिका कर्णाली राजमार्गसँग प्रत्यक्ष जोडिएको छ । महावै गाउँपालिका –५ र खाँडाचक्र नगरपालिका –८ सेरावाडामा तिला नदीमाथि बेलीबिृज बनेपछि महावै गाउँपालिका राजमार्गसँग जोडिएको हो ।
एमाले हुम्ला कमिटीले पायो पूर्णता
नेकपा (एमाले) हुम्लाको जिल्ला कमिटीले पूर्णता पाएको छ । अधिवेशनपछि चयन हुन नसकेको मनोनीत जिल्ला कमिटी सदस्य, सचिवालय गठन, विभाग गठन र सल्लाहकार समिति गठन भएपछि कमिटीले पूर्णता पाएको हो ।