भरुवा बन्दुकसहित एक पक्राउ
जुम्लामा अवैध हतियार सहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार जुम्लाको गुठिचौर गाउँपालिका-१ घर भई हाल पातारासी गाउँपालिका-५ लासी बजारस्थित मोटरसाइकल ग्यारेज भएका अन्दाजी ३२ वर्षका सूर्य बहादुर महतारालाई अवैध हातहतियार सहित पक्राउ गरिएको हो ।
किसानको गुनासो : खुर्सानीसमेत किनेर खानुपर्ने भो
कृषि क्षेत्रको उत्थानका लागि तिनै तहका सरकारले थुप्रै योजना सार्वजनिक गरेका छन् । घोषणा गरिएका कृषिसँग सम्बन्धित लोकप्रिय कार्यक्रम कार्यान्वयन हुन नसक्दा किसानका समस्या ज्युँका त्युँ रहेका छन् । जिल्लाको कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, पालिकाका कृषि विकास शाखामा सरकारको प्रतिनिधित्व गर्ने यी कार्यालयले कृषि क्षेत्रमा कायापलट ल्याउने गरी कार्यक्रम तथा योजना घोषणा गरिएका भए पनि व्यवहारमा ती कार्यक्रम लागु हुन नसकेको किसानले गुनासो गर्न थालेका छन् ।
एक वर्षमा ८ सय २१ धारा निर्माण
छत्रेश्वरी गाउँपालिकामा एक वर्षमा ८ सय २१ धारा निर्माण भएका छन् । एक घर एक धारा को अभियानमा रहेको छत्रेश्वरीले आर्थिक वर्ष २०८०।०८१ मा मात्रै ८ सय २१ घरधुरीमा खानेपानी धारा निर्माण गरेको हो ।
चङ्खेली जिप दुर्घटना : थप एक जनाको मृत्यु
गत भदौ ५ गते भएको चंखेली गाउँपालिकामा भएको जिप दुर्घटनामा थप एक जनाको आइतबार मृत्यु भएको छ।थप मृत्यु हुनेमा चंखेली गाउँपालिका–२ तिलबहादुर शाहीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो।
व्यावसायिक रुपमा भेडापालन
जाजरकोट, भदौ ९ गते । जाजरकोटको बारेकोट गाउँपालिका–४ स्थित लाग्ना पाटनमा चरिचरनका लागि गोठ बनाएर राखिएका भेडा । यहाँका किसानले व्यावसायिक रुपमा भेडापालन गर्दै आएका छन् । तस्बिरः रासस
मुगुमा ५७ प्रतिशत गर्भपतन असुरक्षित
मुगुमा ५७ प्रतिशत महिलाले सुरक्षित गर्भपतनको सेवा लिने गरेको पाइएको छ । १ वर्षको तथ्याङ्क हेर्दा यस्तो देखिएको हो ।
कर्णाली राजमार्गको दुर्दशा : मर्मत सधैँ हुन्छ तर कहिल्यै टिक्दैन
सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गको जोखिम कहिल्यै नहट्ने भएको छ । हिउँदमा धुलाम्मे र बर्खामा हिल्लामे हुनु कर्णाली राजमार्गको विशेषता जस्तै भएको छ । पहिरो र खाल्टाखुल्टी हुनु कर्णाली राजमार्गको स्थायी समस्या हो । सरकारले बर्सेनि मर्मतका नाममा लाखौँ रकम खर्च गर्दै आएको भए पनि सडक जोखिम भने कम हुन सकेको छैन ।
मुगुका सरकारी कार्यालयबाट एक अर्ब बढी बजेट फिर्ता
गत आर्थिक वर्ष २०८०-८१ मा यहाँका सरकारी कार्यालयको एक अर्ब भन्दा बढी रकम खर्च हुन नसकेर फिर्ता भएको छ । सङ्घ र प्रदेश सरकार मातहतका यहाँका स्थानीय निकाय र सरकारी कार्यालयबाट एक अर्ब दुई करोड १२ लाख ८४ हजार एक सय ४३ रुपियाँ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुले जानकारी दिएको छ।
बजेट सुनिश्चित नगरी बोलपत्र नखोलिने
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विगतमा जे जस्तो भए पनि अबदेखि बजेटको सुनिश्चित नगरी नयाँ योजनाको बोलपत्र नखोल्ने उद्घोष गर्नुभएको छ । उहाँले विगतमा हचुवाका भरमा बोलपत्र खोल्दा अहिलेसम्म धेरै योजना अलपत्र परेको बताउनुभयो । यसो हुँदा निर्माण व्यवसायी तथा सरकारमाथि दोष थुपार्ने प्रवृत्ति बढेको हुँदा अबदेखि बजेट सुनिश्चित नगरी बोलपत्र नखोल्ने अवस्थामा सरकार पुगेको बताउनुभयो । कर्णाली प्रदेश निर्माण व्यवसायी महासङ्घको पाँचौँ वार्षिक साधारण सभामा बोल्दै मुख्यमन्त्री कँडेलले बजेटको सुनिश्चित नगरी योजनाको बोलपत्र खोल्दा काम सम्पन्न नहुँदै अलपत्र पर्ने गरेकाले वर्तमान प्रदेश सरकारले त्यस्तो गल्ती नगर्ने जनाउनुभयो । उहाँले विगतका योजना पूरा गरेर मात्रै नयाँ बोलपत्र खोलिने पनि बताउनुभयो ।
भूकम्पपीडित पहिलो किस्ताको पर्खाइमा
भूकम्प गएको दश महिना बितिसक्दा पनि पीडित पहिलो किस्ताकै पर्खाइमा छन् ।
प्रतिष्ठानको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओली आउनुहुने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको दिक्षान्त समारोहका लागि प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली जुम्ला आउनु हुने भएको छ ।
स्थानीय तहमा बेथिति, मनोमानी खर्च गर्दा बेरुजु डेढ अर्ब
नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउने र सुशासन कायम गर्ने भन्दा पनि आफू अनुकूल प्रशासन चलाउने र आर्थिक अपचलन गर्नेतर्फ उन्मुख हुँदा स्थानीय तहमा बेरुजु बढ्दै गएको छ । कानुनविपरीत सेवा सुविधा, अबन्डा बजेट, सवारीसाधन खरिद, इन्धन र मर्मत, कर्मचारी भर्ना, गुरुयोजना निर्माण, उपभोक्ता समितिमार्फत विकास निर्माणका काममा स्थानीय तहले मनलाग्दी खर्च गर्दा दैलेख जिल्लाका ११ स्थानीय तहको बेरुजु एक अर्ब ४४ करोड ९० लाख तीन हजार पुगेको छ । जिल्लाका ११ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु आठबिस नगरपालिकाको रहेको छ । आर्थिक वर्ष २०७९/८० मा मात्र नगरपालिकामा १० करोड बेरुजु थपिएको छ । नगरपालिकाको हालसम्म कुल ५७ करोड २७ लाख ५० हजारमध्ये बेरुजु असुल गर्नुपर्ने दुई करोड ८३ लाख ८४ हजार, प्रमाण कागजपत्र पेस गर्नुपर्ने तीन करोड ४३ लाख ५७ हजार, नियमित गर्नुपर्ने एक करोड ९० लाख एक हजार र पेस्की बाँकी दुई करोड १८ लाख एक हजार रुपियाँ रहेको छ ।
बहुप्रकोपको जोखिम घटाउन कार्यक्रम
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर बहुप्रकोपको उच्च जोखिममा रहेको छ । यो क्षेत्र बाढी, पहिरो, आगलागी, चट्याङ, डुबान, खडेरी, भूक्षय, भूकम्प र असिना जस्ता बहुप्रकोपको उच्च जोखिममा रहेको छ । त्यति मात्र होइन, बढ्दो जनसङ्ख्या र सहरीकरणले यो क्षेत्रको विपत् जोखिमलाई झन् बढाएको छ । यही बहुप्रकोपको जोखिमलाई न्यूनीकरण गर्नका लागि पाँच वर्षअघि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालको कार्यक्रम (तयार नेपाल) ले वीरेन्द्रनगर नगरपालिकासँग विभिन्न कार्यक्रम गरेको छ । पाँच वर्षको अवधिमा नगरपालिकाले वीरेन्द्रनगरको विपत् जोखिम नीति, फोहोर व्यवस्थापन, खाद्य सुरक्षा, जलवायु परिवर्तन, हरित नगर, भूउपयोग नीतिहरू निर्माण गरी काम थालिएको छ ।
किसान व्यावसायिक पशुपालनतर्फ
शारदा नगरपालिका–६ का छविलाल खत्रीले व्यावसायिक भैँसीपालन गर्दै आउनुभएको छ । २०७६ सालदेखि भैँसीपालन गर्दै आउनुभएका उहाँले दुध बेचेर मासिक ५० हजार रुपियाँ आम्दानी गर्दै आउनुभएको छ । उहाँसँग आठ वटा दुहुना भैँसी छन् । यस्तै त्रिवेणी गाउँपालिका–६ का खिमबहादुर चलाउनेले पनि व्यावसायिक भैँसीपालन गर्नुभएको छ । भैँसीको दुध बिक्रीका लागि समस्या नभएको उहाँको भनाइ छ । यहाँका स्थानीय तहमा किसान व्यावसायिक पशुपालनमा आबद्ध हुन थालेका छन् । सल्यानको दार्मा गाउँपालिका यहाँ वार्षिक तीन सय मेट्रिक टन दुध उत्पादन तथा बिक्री हुने गरेको छ ।
पहिरोले नर्सरीमा ठुलो क्षति
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –६ मग्मामा रहेको उच्च प्रविधियुक्त हाइटेक नर्सरीमा पहिरोको कारण क्षति पुगेको छ । लगातारको वर्षाका कारण नर्सरीमुनि रहेको सडकतर्फको भागमा आएको पहिरोले नर्सरीमा क्षति भएको हो ।
योजनाबिना विद्यालयलाई १० लाख भुक्तानी
कालीकोटको रास्कोट नगरपालिकाले एक विद्यालयलाई बिना योजना दश लाख रुपियाँ भुक्तानी दिएको छ । गत असार मसान्तमा रास्कोट नगरपालिका वडा–६ मा रहेको अन्नपूर्ण आधारभूत विद्यालय बडरुख सुन्मुलालाई १० लाख रुपियाँ दिएको पाइएको हो ।
अरिङगालको टोकाइबाट एकको मृत्यु, एक घाइते
रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते हुनुभएको छ ।
दैलेखका स्थानीय तहको बेरुजु डेढ अर्ब
नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउने र सुशासन कायम गर्ने भन्दा पनि आफू अनुकूल प्रशासन चलाउने र आर्थिक अपचलन गर्ने तर्फ उन्मुख हुँदा स्थानीय तहमा बेरुजु बढ्दै गएको छ ।
हुम्ला जिप दुर्घटना : एक घाइतेको उपचारका क्रममा मृत्यु
बुधबार हुम्लाको चङ्खेलीमा भएको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ ।
भूकम्पपछिका दस महिना : पुनर्निर्माणको ढिलाइले पीडित चिन्तित
जाजरकोटमा भूकम्प गएको १० महिनाभन्दा बढी भइसकेको छ । भूकम्प गएपछि खोज, उद्धार र राहतको प्रभावकारी काम भए पनि त्यसपछिको पुनर्निर्माण तथा पुनर्लाभको काम सुरु हुन नसक्दा यहाँका भूकम्पपीडित तथा जनप्रतिनिधिको चिन्ता बढेको छ । भूकम्प प्रभावितले अस्थायी आवास बनाउन पहिलो किस्ता रकम पाए पनि दोस्रो किस्ता अझै पाउन सकेका छैनन् । दोस्रो किस्ता वितरण गरिएको भए पुनर्निर्माण तथा पुनर्लाभको कार्यक्रम गर्ने भनिए पनि दोस्रो किस्ता पाउन नसक्दा प्रभावितलाई पीडामाथि थप पीडा बढेको छ ।
बजार नपाउँदा स्याउ कुहिँदै
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–५, गोतामकोटका स्याउले बजार नपाउँदा कुहिन थालेका छन् । बारीमा बिक्रीयोग्य भइसकेका स्याउले बजार नपाउँदा किसान चिन्तित भएका छन् । अघिल्लो वर्ष फलेका स्याउले बजार नपाउँदा कुहिएर फाल्नु परेको किसानको भनाइ छ । स्याउ उत्पादक किसान नरबहादुर शाहीले आफ्नो बारीमा रहेका करिब ७५ वटा स्याउका बोटका फल बिक्रीका लागि तयार भएको बताउनुभयो । दुई रोपनी जग्गामा स्याउ लगाएका शाहीले अघिल्लो वर्षभन्दा यस पटक धेरै स्याउ फलेको तर बिक्री नहुँदा कुहिएर खेर जान्छ कि भन्ने पीर लागेको जनाउनुभयो ।
पूर्वाधारको सुनिश्चितता गरेर मात्र राष्ट्रिय खेलकुद : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि निर्धारित समयमा पूर्वाधार निर्माणको सुनिश्चितता गरेर मात्र मिति तोक्न सङ्घीय सरकारलाई आग्रह गर्नुभएको छ ।
राडिज्यूलाको सिँचाइ नहर सञ्चालन
रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको केन्द्र राडिज्यूलामा अबरुद्ध रहेको घट्टाखेत राडिज्यूला सिँचाइ नहर सञ्चालनमा आएको छ ।
हुम्लाको चङ्खेलीमा जिप दुर्घटना : पाँचजना गम्भीर घाइते
जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा बुधबार बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् ।