कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन सुझाव
कर्णाली प्रदेश अस्पताल स्तरोन्नतिका सम्बन्धमा गठित डा भगवान कोइराला संयोजकत्वको उच्चस्तरीय अध्ययन समितिले प्रतिवेदनसहित प्रदेश सरकारलाई सुझाव दिएको छ ।
प्राज्ञिक संस्थामा स्तरोन्नति गर्न सुझाव
सुर्खेतस्थित प्रदेश अस्पताल र समग्र कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि कर्णाली प्रदेश सरकारले गठन गरेको समितिले पाँच वटा विकल्पसहितको प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ ।
विकासे आयोजना अलपत्र
सल्यानका स्थानीयको जनजीविकासँग जोडिएका प्रमुख विकास निर्माणका आयोजना अहिले अलपत्र परेका छन् ।
जाजरकोटमा रुखबाट लडेर दुई जना महिलाको मृत्यु
वासुदेव शर्मा जाजरकोट, चैत ४ गते । जाजरकोटमा रुखबाट लडेर दुई जना महिलाको मृत्यु भएको छ । कुशे गाउँपालिका ९ की १८ बर्षीया पुष्पानाथ गिरी र छेडागाड नगरपालिका ६ मेहेल्यका ४६ वर्षीया सरिता केसीको रुखबाट लडेर मृत्यु भएको हो ।शनिवार बिहान १० बजे छेडागाड नगरपालिका १० नलफु स्थित माइती घरमा गएको बेला काफल खाने क्रममा रुखबाट लडेर घाइते भएपछि उपचारका लागी नेपालगन्ज लिएको थियो । घाइते गिरीको उपचारका क्रममा कोहलपुर अस्पतालमा आइतबार दिउसो तिन बजे मृत्यु भएको कुशे गाउँपालिका ९ का वडा अध्यक्ष शिवराज गिरीले बताउनुभयो । छेडागाड नगरपालिका ६ की सरिता केसीको घाँस काट्ने क्रम मा रुखबाट लडेर आइतबार मृत्यु भएको छ । छेडागाड नगरपालिका ६ उलीसैन जङ्गलमा घाँस काट्न क्रममा रुखबाट लडेर दिउसो दुई बजे मृत्यु भएको हो ।
विद्यार्थी घटेपछि परीक्षा केन्द्र हटाइयो
रुकुमपश्चिममा माध्यमिक तह परीक्षा (एसइई) दिने विद्यार्थी सङ्ख्या कम भएपछि परीक्षा केन्द्र घटाइएको छ । यस वर्ष जिल्लाका विभिन्न आठ विद्यालयमा हुने आठ वटा परीक्षा केन्द्र हटाएको हो ।
जनता आवास कार्यक्रमबाट विपन्नलाई घर
घर बनाउन नसक्ने विपन्न, दलित, लोपोन्मुख, सीमान्तकृत, अल्पसङ्ख्यक समुदायलाई सरकारले जनता आवास कार्यक्रमबाट घर उपलब्ध गराएको छ ।
रुकुमकाे सेरिगाउँ
रुकुम पश्चिम, चैत ३ गते । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ स्थित सेरिगाउँ र आसपासको क्षेत्र । तस्बिरः रासस
छ सय बालबालिकाको पुनर्मिलन
कर्णालीका छ सयभन्दा बढी बालबालिकाको परिवारसँग पुनर्मिलन गराइएको छ । हिमाली नवीन समाजको सन् २००६ देखि २०२५ सम्मको घटना व्यवस्थापनको तथ्याङ्क अनुसार ती बालबालिकाको परिवारसँग पुनर्मिलन गराइएको पाइएको हो । यो अवधिमा कर्णालीबाट ६७६ जना बालबालिकालाई परिवारको जिम्मा लगाइएको छ ।
सरोकारवालाको आग्रह प्रविधिमैत्री अनुगमन
उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न प्रविधिमैत्री अनुगमनमा जोड दिनुपर्ने सरोकारवाला निकायले बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रविधिमैत्री अनुगमन गर्न आवश्यक रहेको बताइएको हो ।
जिम्मेवार पत्रकारिता गर्न आग्रह
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले स्थानीय तहमा महिलाको राजनीतिक सहभागिता बढाउन मिडियाले पैरवी गर्न आवश्यक रहेको बताउनुभएको छ ।
खाना पकाउन दाउराकै भर
हुम्ला जिल्ला अनौपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको भए पनि ९३ प्रतिशतभन्दा बढी घरधुरीले अझै पनि खाना पकाउन दाउराकै सहारा लिनु परिरहेको छ ।
राष्ट्रिय प्रशारणलाइन सबस्टेसन
हुम्ला जिल्ला अदानचुली गाउँपालिका– १ स्थित राक्सेकाँधमा बन्दै गरेको राष्ट्रिय प्रशारणलाइन (विद्युत) को सबस्टेसन र आसपासको दृस्य ।
उपभोक्ताको अधिकार सुनिश्चित गर्न माग
उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न प्रविधिमैत्री अनुगमनमा जोड दिनुपर्ने सरोकारवाला निकायले बताएका छन । विश्वउपभोक्ता अधिकार दिवस २०२५ को अवसरमा आयोजित विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्न अधिकांश बक्ताले प्रविधिमैत्री अनुगमन गर्न आवश्यक रहेको बताएका हुन् ।
गुम्बाले जोगाएको गाउँ, बसाइ सर्न मान्दैनन् गाउँले
नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको हल्जी गाउँका स्थानीय स्थायी रूपमा बसोबास सार्न मान्ने गर्नु भएको छैन । लिमीको पुरानो, धार्मिक र एतिहासिक गुम्बाको डरले हल्जी गाउँका स्थानीय बसाई सराई गर्न डराई रहनु भएको हो ।
शैक्षिक पूर्वाधार निर्माण गर्न एक अर्ब
कर्णाली प्रदेश सरकारले यो वर्ष शैक्षिक पूर्वाधार निर्माण योजनालाई प्राथमिकतामा राखेको छ ।
सिँजालाई विश्वसम्पदा सूचीमा राख्ने तयारी
नेपाली भाषाको उद्गमस्थल तथा तत्कालीन खस राजधानी सिँजा उपत्यकालाई विश्वसम्पदा सूचीमा राख्न पहल सुरु भएको छ ।
पत्रकारले निष्पक्ष रूपमा कलम चलाउनुपर्छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारले निष्पक्ष रूपमा काम गर्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ कर्णालीले प्रदेशका महिला पत्रकारहरूका लागि आयोजना गरेको तीन दिने तालिमको उद्घाटन कार्यक्रममा बाल्नुहुँदै उहाँले प्रदेश सरकारले पत्रकारका लागि रचनात्मक कार्यक्रम कार्यान्वयन गरिरहेको बताउनुभयो ।
रुखले च्यापिएर दुई जनाको मुत्यु
भैरबी गाउँपालिका–५ को सियाला सामुदायिक वन खाल्तडामा रुख ढाल्ने क्रममा बिहान दस बजे च्यापिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको हो ।
हुम्लाको नारा लेकमा फसेका सात जना उद्धार
जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ५ को चार हजार ६७० मिटर अग्लो नारा लेकको हिउँमा फसेका सात जनाको संयुक्त सुरक्षा फौजले उद्धार गरेको छ । सदरमुकाम सिमकोटबाट चीनको ताक्लाकोट जाने क्रममा नारा लेकमा जमेको हिउँमा फसेको बेला सुरक्षाकर्मीले जानकारी पाए लगत्तै उद्धार गरेको हो ।
वीरेन्द्रनगरको प्रगति सार्वजनिक
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा सार्वजनिक गरेको छ ।
भेडाबाख्रालाई महामारीविरुद्ध खोप
हुम्लामा १० हजारभन्दा बढी भेडाबाख्रालाई खोप लगाइएको छ । भेडाबाख्रामा लाग्ने महामारी (पिपिआर) रोगविरुद्ध खोप लगाइएको हो ।
रुख ढलेर लाग्दा एकको मृत्यु
जिल्लाको छायाँनाथ रारा नगरपालिका –१४ बामगाउँको थुम्बाडा बस्तीका एक जना स्थानीयको रुख ढलेर चोट लाग्दा मृत्यु भएको छ। स्थानीय रत्नबहादुर बडुवालले दिएको जानकारीअनुसार ४५ वर्षिया चन्द्रबहादुर बडुवालको रुख ढलेर चोट लाग्दा मृत्यु भएको हो।
बालगृहमा बालबालिका जोखिममा
कर्णालीको दुर्गम क्षेत्रका अभिभावकले आफ्ना बालबालिकाले राम्रो शिक्षा पाऊन् भन्ने लोभले छोराछोरीलाई बालगृहमा पठाउने गरेका छन् । यसले अधिकांश बालबालिका जोखिममा पर्ने गरेको पाइएको छ ।
महिलाको अगुवाइमा विकास
पछिल्लो समय महिलाको नेतृत्वमा योजना निर्माण हुन थालेका छन् । यहाँको हिमा गाउँपालिका–२, कोइरेली गाउँका सुषमा रोकायाले सामाजिक स्तरको विकास निर्माणका काममा महिलाले सक्रियता देखाउन थालेको धेरै भएको बताउनुभयो ।