दुई वर्षमा पनि फर्किएन विमान
झन्डै ३८ वर्षपछि निर्माण सकिएको कालीकोटको सुनथराली विमानस्थल उद्घाटनमै सीमित छ । २०८० सालमा औपचारिक उद्घाटन भएको सुनथराली विमानस्थल कोटवाडामा त्यसयता एक दिन पनि हवाईजहाज आएको छैन ।
खोप लगाउन मान्दैनन् राउटे
यही माघ २२ गते मङ्गलबार राउटे समुदायमा नयाँ सदस्य वराहताल शाहीको जन्म भयो ।
भेडी गोठ आगलागीमा ६० भेडा मरे
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १० का एक किसानको भेडा गोठमा आगलागीमा ६० भेडा जलेर मरेका छन् ।
महत्वपूर्ण जडीबुटी उत्पादनमा कमी
जडीबुटी उत्पादनको धनी जिल्ला भनेर चिनिने मुगुमा अहिले जडीबुटी उत्पादनमा कमी आएको छ । जिल्लाका पाटन क्षेत्र र सामुदायिक वनमा जडीबुटी कम पाइन थालेपछि यसमा निर्भर स्थानीयको आम्दानी पनि घट्दै गएको छ ।
प्रेस चौतारी जाजरकोट अध्यक्षमा घर्ती
प्रेस चौतारी नेपाल जाजरकोट अध्यक्षमा बिनोदकुमार घर्ती पुनः निर्वाचित हुनु भएको छ । मङ्गलबार भएको प्रेस चौतारीको छैटौं जिल्ला अधिवेशनबाट घर्ती पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
जुम्ला प्रहरी भवन निर्माण अलपत्र
नागरिकलाई न्याय दिनका लागि खटिने जुम्ला प्रहरी लामो समयदेखि आफ्नो भौतिक संरचना बन्न नसक्दा हैरान भएका छन् ।
टेलिकमद्वारा निःशुल्क सिम वितरण
नेपाल टेलिकमको रुकुमपश्चिमस्थित कार्यालयले निःशुल्क सिम वितरण गरेको छ । नेपाल टेलिकम २१ वर्ष पूरा गरेर २२ वर्ष प्रवेश गरेको अवसरमा कार्यालयले निःशुल्क सिम वितरण गरेको हो ।
लिमी लगायतका उच्च क्षेत्रमा हिमपात
जिल्लाको उत्तरी क्षेत्र लिमीलगायतका उच्च क्षेत्रमा हिमपात भइरहेको छ । मङ्गलबार रातिदेखि ती क्षेत्रहरुमा हल्का हिमपात भइरहेको हो ।
हस्तक्षेपले घट्दै सिमसार क्षेत्र
सल्यानको दार्मा गाउँपालिका–२, दालगैरामा विगत २० वर्षमा दलदल क्षेत्र सुक्दै गएर खेतीयोग्य जमिनमा परिणत हुँदै गएको छ ।
निर्माण हुँदै सात झोलुङ्गे पुल
सल्यानमा सडकको सुविधा नपुगेको वा पुगे पनि तत्काल सडक पुल निर्माणको सम्भावना नरहेको ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।
तेह्र पालिकामा ‘मुख्यमन्त्री डिजिटल शिक्षा’
कर्णाली प्रदेश सरकारले शैक्षिक गुणस्तर सुधार गर्न नयाँ कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । सार्वजनिक विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन ‘मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम’ कार्यान्वयन गर्न लागिएको हो ।
प्रेस चौतारी नेपाल सल्यानको अध्यक्षमा भण्डारी
प्रेस चौतारी नेपाल सल्यानको अध्यक्षमा भूम प्रकाश भण्डारी निर्वाचित हुनु भएको छ । प्रेस चौतारी नेपाल सल्यानको सातौं जिल्ला अधिवेशनबाट भण्डारी अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
रारामा कर्णालीकै पहिलो चारतारे रिसोर्ट
राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएन अस्ट्रेलियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार भूमि पूजा गरिएको हो ।
परम्परा धान्न जहाँ कन्या-कन्याबिच विवाह हुन्छ !
आफ्नो गाउँ समाजअनुसार आ-आफ्नै भेषभूषा चालचलन रीतिरिवाज हुन्छन् ।
टिप्पर पल्टिँदा सह-चालकको मृत्यु
जाजरकोटको छेडागाडमा टिप्पर दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ ।
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समाज बदल्न उपदेश दिनेहरूलाई आफैँ बदलिन सुझाव दिनुभएको छ ।
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार पाँच सय ४९ शिक्षक रिक्त रहेको बताउनुभयो ।
रारामा कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु
राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएन अष्टे«लियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार हिन्दू धर्मअनुसार भूमि पूजा गरिएको हो ।
प्रदेश सभा स्थापना दिवस : बढी खर्च गर्न निर्देशन
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले बजेट कम भएरभन्दा पनि खर्च गर्न नसकेर कर्णाली पछि परेको उल्लेख गर्दै खर्च बढी गर्न निर्देशन दिनुभएको छ ।
राष्ट्रिय परिचयपत्रका आवेदनकर्ता बढ्दै
हिमाली जिल्ला हुम्लामा आठ हजारभन्दा बढीले जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र लिन आवेदन बुझाएका छन् ।
तीन हजारलाई एचपिभी खोप
हिमाली जिल्ला हुम्लामा तीन हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई सो खोप लगाउन लागिएको हो ।
‘जनताको आवश्यकता बदल्न समर्पण चाहिन्छ’
कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेशलाई समृद्ध बनाउन सबैको समर्पण आवश्यक रहेको बताउनुभएको छ । सोमबार कर्णाली प्रदेश सभाको सातौँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको समारोहमा प्रमुख जोशीले जनताको चाहनालाई पूरागरी समृद्धि हासिल गर्न समपर्ण आवश्यक रहेको बताउनुभयो ।
पाँच हजारभन्दा बढी शिक्षक अपुग
कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षक अपुग रहेका छन् । कर्णालीमा प्राथमिक तह, निम्नमाध्यमिक तह, माध्यमिक तह र उच्च माध्यमिक तहमा गरी कुल पाँच हजार ५४९ जना शिक्षक अपुग रहेका हुन् । विद्यार्थीको अनुपातमा शिक्षक अपुग भएपछि कर्णालीको साक्षरता दरसमेत कमजोर रहेको पाइएको हो ।
आम्दानीको स्रोत तातोपानी धारा
जुम्लाको तातोपानी गाउँपालिका–२ मा रहेको पर्यटकीय केन्द्र तातोपानी वडाको आम्दानीको स्रोत बन्न थालेको छ । सो वडाको जर्मीमा रहेको तातोपानी आयस्रोतको राम्रो माध्यम बनेको वडा कार्यालयले जनाएको छ ।