मनोसामाजिक अपाङ्गताका बिरामी बढ्दै
सुर्खेतको वीरेन्द्रनगरमा मनोसामाजिक अपाङ्गताका बिरामीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । सामाजिक प्रतिष्ठा गुम्ने डरले सार्वजनिक हुन कठिन भए पनि घरघरमा मनोसामाजिक बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको हो । मनोसामाजिक अपाङ्गताको क्षेत्रमा वीरेन्द्रनगर नगरपालिकामा कार्यरत राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन (कोसिस) ले वीरेन्द्रनगरसहित जिल्लाभर मनोसामाजिक अपाङ्गताका बिरामीको सङ्ख्या बढ्दै गएको जनाएको छ ।
पेट्रोलियम पदार्थ अन्वेषणका लागि करिब ६३ मिटर ड्रिलिङ
दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि मुख्य ड्रिलिङस्थल ।
‘संविधानको मर्म र भावनाअनुसार अघि बढ्न जरुरी’
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संविधानको मर्म र भावनाअनुसार अघि बढ्न जरुरी भएको बताउनुभएको छ । सत्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिताको सिद्धान्तले निर्देशित गरेअनुसार कार्यान्वयन गर्न तथा गराउन राज्यको सर्वोच्च ओहोदामा रहेकाहरूको पहिलो कर्तव्य हुने उल्लेख गर्नुभएको छ ।
गणतन्त्र दिवस प्रभातफेरी
गणतन्त्र दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय,कर्णाली प्रदेशले मङ्गलबार आयोजना गरेको प्रभातफेरीमा सहभागीहरु।
यार्सागुम्बा टिप्न गएकी युवतीको मृत्यु
यार्सागुम्बा टिप्नको लागि डोल्पा गएकी रुकुमपश्चिमको एक युवतीको मृत्यु भएको । आठविसकोट नगरपालिका ४ गोतामकोट विष्ट गाउँ निवासी २२ वर्षीया जमुना विष्टको सोमबार डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेको बेला मृत्यु भएको वडा अध्यक्ष नरसिं विष्टले जानकारी दिनुभयो ।
सुर्खेतमा लोडसेडिङ : तत्काल समस्या समाधान नभए सङ्घर्ष
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा हुने अनियमित लोडसेडिङका साथै लो भोल्टेजले प्रदेशवासी आजित बनेका छन् । गर्मी मौसम सुरु भएलगत्तै वीरेन्द्रनगरमा अनियमित लोडसेडिङ हुनुका साथै लो भोल्टेजले कुनै पनि काम सहज हुन सकेको छैन । घोषित रूपमा लोडसेडिङ नभए पनि वीरेन्द्रनगरमा मर्मतसम्भारका नाममा लोडसेडिङ हुने गरेको छ । यस्तै लो भोल्टेजले न पङ्खा चल्छ न कम्प्युटरलगायतका विद्युतीय उपकरण नै चल्ने गरेका छन् । जसका कारण सर्वसाधारणदेखि उद्योगी, व्यवसायी प्रत्यक्ष मारमा परेका छन् ।
विकास र सामाजिक रूपान्तरणको आधार खडा
संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । लामो समयको राजतन्त्र अन्त्यको घोषणा भएको दिन आजै हो । देशमा राजतन्त्रात्मक व्यवस्था अन्त्य भई गणतन्त्र आएको पनि केही वर्ष बितिसकेको छ । अपेक्षा अनुरूप जनताको अवस्थामा भने खासै परिवर्तन आएको देखिन्न तर पनि परिवर्तन भएको छ । तत्कालीन केन्द्रीकृत राज्य सत्ताबाट पछाडि पारिएको कर्णाली अझै सुधार हुन बाँकी छ । विकासको चाहना धेरै छ तर सोही अनुसार भएको छैन ।
खाद्य उद्योगले कमायो साढे बयालिस लाख रुपियाँ
जिल्लामा निजी लगानीमा स्थापना भएको सोवर्ण खाद्य उद्योगले यस वर्ष हालसम्म ४२ लाख रुपियाँ कमाइ गरेको पाइएको छ । उक्त उद्योगले जिल्लाका रैथाने बालीका विभिन्न परिकार उत्पादन गरेर राजधानी काठमाडौँ निकासी गरेर यो कमाइ गरेको हो । सो उद्योगका सञ्चालक मुकुन्द रोकायाले उद्योग स्थापना यता सबैभन्दा बढी यस वर्ष ४२ लाख ५५ हजार ५५० रुपियाँ कमाइ गरेर हालसम्मकै बढी कमाइ गर्न सफल भएको बताउनुभयो । उद्योग स्थापना भएको नौ वर्ष भएको छ । यसअघि उक्त उद्योगले वार्षिक १५ लाख रुपियाँसम्म कमाइ गर्दै आएको थियो ।
गणतन्त्र दिवसका अवसरमा मुख्यमन्त्री कँडेलको शुभकामना
सत्रौँ गणतन्त्र दिवसका अवसरमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शुभकामना दिनुभएको छ । उहाँले शुभकामना सन्देशमा नेपाली जनताले विजय प्राप्त गरेको यस अवसरमा दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।