कुशे-२ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
जिल्लाको कुशे गाउँपालिका–२ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ ।
जाजरकोट केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प
जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोमबार दिउँसो २ः२४ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँलाई केन्द्र बिन्दु बनाएर भूकम्प गएको हो ।
सल्यानमा जिप दुर्घटना : घाइतेमध्ये एक जनाको मृत्यु
सल्यानमा आइतबार भएको जिप दुर्घटनामा घाइते भएका नौ जनामध्ये एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको सल्यानको कपुरकोट गाउँपालिका– ५ रिम निवासी ६२ वर्षीया भिमा बुढाको उपचारकै क्रममा नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तिल पहिरोको कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा
हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न गएको प्राविधिक टोली काँजी हिमालमा पुग्न सफल भएको छ ।
सुर्खेत–बर्दिया छोटो दुरीको सडक शिलान्यास
सुर्खेतको मूलपानी–रानीघाट–तेलपानी हुँदै बर्दियाको भुरीगाउँ जोड्ने सडक शिलान्यास गरिएको छ ।
शैक्षिक गुणस्तर सुधार्न छलफल
जुम्लाको तिला गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि बृहत् शैक्षिक भेला गरेको छ । पालिकाभित्रका ३२ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि र अन्य सरोकारवाला व्यक्तिसँग शनिबार भेलाको आयोजना गरी शैक्षिक गुणस्तर सुधारका विषयमा छलफल गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख झनमाया खत्रीले जानकारी दिनुभयो ।
सल्यानबाट दाङ जाँदै गरेको जिप दुर्घटना : नौ जना घाइते
सल्यानमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सल्यानको रिमबाट दाङको तुल्सीपुर जाँदै गरेको लु १ ज १६३७ नम्बरको जिप अनियन्त्रित भएर आइतबार दुर्घटना भएको हो ।
देशको सङ्कट टार्न समीकरण आवश्यकः नेता ज्ञावाली
नेकपा (एमाले)का उपमहासचिव तथा पार्टी स्कुल विभाग प्रमुख प्रदिप ज्ञावालीले देशको सङ्कट टार्नका लागि मुलुकका दुई ठुला पार्टीको सत्ता समीकरण अपरिहार्य रहेको बताउनुभयो ।
असिनापानीले बालीमा क्षति
जुम्लामा शुक्रबार राति परेको भीषण असिनापानीले बालीनालीमा ठुलो क्षति पुर्याएको छ ।
पहिरो अनुसन्धान गर्न विज्ञ टोली लिमीमा
तिलगाउँमा गएको पहिरोको अनुसन्धान गर्न तीनसदस्यीय विज्ञ टोली लिमीगाउँमा पुगेको छ । हालसम्म हिमताल फुटेर पहिरो गएको आशङ्का गरिएकोमा त्यसको सत्यतथ्य पत्ता लगाउन सो टोली स्थलमार्गबाट सिमकोट हुँदै तिलगाउँ पुगेको हो ।
जग्गा विवादले पुल निर्माण अलपत्र
जुम्ला हुँदै मुगुको राराताल जाने पर्यटकीयमार्ग नाग्म–गमगढी सडक अन्तर्गत बालुवाखोला र गोठीज्युलाका पक्की पुल अलपत्र परेका छन् । सो सडकखण्डमा १० वटा पक्की पुल निर्माण थालिएकोमा दुई वटा अलपत्र परेका छन् ।
वर्षा सुरु हुनासाथ बढ्यो जोखिम
वर्षा लागेसँगै जमुनाह–हिल्साको कर्णाली कोरिडोरमा जोखिम बढेको छ । कोरिडोरका विभिन्न ससाना खोलामा पुल नभएकाले बर्सातमा सधैँ सास्ती हुने गरेको छ । यो वर्ष पनि वर्षा सुरु भएसँगै यात्रुले दुःख पाउन थालेका छन् ।
यार्सा संकलन गर्ने समूहको झडप रोक्न डोल्पामा दुई राउण्ड हवाई फायर
शनिबार दिउँसो डोल्पा जिल्ला ठुली भेरी नगरपालिका–१ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबिच झडप भएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।
अटो दुर्घटनामा चालकको मृत्यु
जुम्लामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिका– ४ स्थित भोटचौरमा क. १ ह. ३१ नम्बरको अटो दुर्घटना हुँदा अटो चालक ४४ वर्षीय रणबहादुर कुँवरको मृत्यु भएको तिला गाउँपालिकामा रहेको कुडारी प्रहरी चौकीका प्रहरी हवल्दार बैजु महत्तोले जानकारी दिनुभयो ।
खुल्यो एकीकृत भवन निर्माणको बाटो
कर्णाली प्रदेशका मन्त्रालयको एकीकृत भवन निर्माणको बाटो खुलेको छ ।
बजेट कार्यान्वयन पहिलो प्राथमिकता
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता एवं सङ्घीय सांसद ठाकुर गैरेले जुनसुकै सरकारबाट योजना प्राप्त गरेपछि त्यसलाई कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
जुम्ली मार्सीको नयाँ जात, स्वाद उस्तै
जुम्लामा उत्पादन हुने रैथाने जुम्ली मार्सीको नयाँ जात विकास गरिएको छ । कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले रैथाने मार्सी धानको अनुसन्धान गरेर नयाँ जातको धानको बिउ उत्पादन गरी किसानका बिचमा लैजान सुरु गरेको छ ।
बाढीपहिरोले धानको बेर्नामा क्षति
बाढीपहिरोले जुम्ला हिमा गाउँपालिका–१ देवारगाउँका १४ जना किसानका मार्सी धानका बेर्नामा क्षति पुर्याएको छ । मङ्गलबार बेलुका अविरल वर्षापछि आएको बाढीपहिरोले खेतमा राखिएको मार्सी धानको बेर्ना (बिउ) पूर्ण रुपमा क्षति पुर्याएको हो ।
रारा पाँचौ ट्रेल रनको उपाधि जुम्लाका युगराज बुढालाई
पाँचौ रारा ट्रेल रन प्रतियोगिताको उपाधि जुम्ला कनकासुन्दरी गाउँपालिका–३ का युगराज बुढाले जित्नुभएको छ। बुढाले ताल वरिपरि १५ किलोमिटर दुरी एक घण्टा १२ मिनेटमा पार गरेर ५० हजार रुपियाँ नगदसहित पुरस्कार जित्नुभएको हो ।
विद्युत मर्मतका लागि पोलमा चढेका कर्मचारीको मृत्यु
रूकुमपश्चिममा विद्युत मर्मतका लागि पोलमा चढेका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ निवासी २९ वर्षीय खिमबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।
चट्याङ लागेर जुम्लामा एक महिलाको मृत्यु
जुम्लामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ८ निवासी अन्दाजी २७ वर्षीया कल्पना सिंह (शाही)को चट्याङ लागेर मृत्यु भएको हो ।
राजनीतिक दलद्वारा सामूहिक ज्ञापनपत्र
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीलाई मुगुका राजनीतिक दलले चारबुँदे ज्ञापनपत्र बुझाएका छन् ।
बिछ्याइयो खानेपानीका पाइप
जुम्लाको सबैभन्दा ठुलो खानेपानी आयोजना बृहत् धौलीगाड खानेपानी आयोजनाको २२५ किलोमिटर क्षेत्रमा खानेपानीको पाइप बिछ्याइएको छ ।
हिमाली क्षेत्रमा भेटिए औलोका बिरामी
हुम्लाको ताँजाकोट गाउँपालिकामा दुई जना औलोका र एक जना कालाजारका बिरामी भेटिएका छन् ।