शैक्षिक सुधारको प्रयास, सार्वजनिक शिक्षा सम्मेलन सुरु
खस्कँदै गएको कर्णाली प्रदेशको सार्वजनिक शिक्षा सुधारका लागि सार्वजनिक शिक्षा सम्मेलन सुरु भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियानद्वारा तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा कर्णाली प्रदेशको सार्वजनिक शिक्षाको अवस्था, चुनौती र आगामी कार्यदिशाका बारेमा निष्कर्ष निकालिने छ ।
प्रयोगमा आउन थाल्यो कम्प्युटर शिक्षा
सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा पुनः प्रयोगमा ल्याउन थालिएको छ । राष्ट्रिय पाठ्यव्रmम प्रारूप–२०७६ ले खारेज गरेको कक्षा ६ र ८ को अनिवार्य कम्प्युटर शिक्षा अहिले पुनः प्रयोगमा ल्याउन थालिएको छ । अहिले कक्षा ६ देखि १० सम्म अनिवार्य रूपमा विज्ञान तथा प्राविधिक शिक्षाका रूपमा विकास गरेपछि कम्प्युटर शिक्षा प्रयोगमा आउन थालेको हो ।
घरमै जन्मिन्छन् अधिकांश शिशु
कर्णाली प्रदेशमा अझै पनि २८ प्रतिशत शिशु घरमै जन्मिने गरेका छन् । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार प्रदेशभर २८ प्रतिशत शिशु घरमै जन्मिने गरेका छन् । सर्वेक्षण अनुसार ७२ प्रतिशत बालबालिकाको जन्म स्वास्थ्य संस्थामा हुने गरेको छ । नेपालमा ७९ प्रतिशत शिशु स्वास्थ्य संस्थामा जन्मने गरेका छन् । नेपालभर अझै पनि २१ प्रतिशत शिशु घरमै जन्मिने गरेका छन् । कर्णालीमा भौगोलिक विकटता, चेतनाको अभावका कारण घरमै सुत्केरी हुनेको सङ्ख्या धेरै छ । पछिल्लो एक दशकमा स्वास्थ्य संस्थामा शिशु जन्माउने महिलाको सङ्ख्या बढे पनि अपरेसनका माध्यमबाट शिशु जन्माउने क्रम
घट्दै छ प्रदेश सरकारको बेरुजु
प्रदेश सरकार स्थापना भएदेखि बढ्दै गएको कर्णाली प्रदेशको बेरुजु घट्न थालेको छ । बढ्दै गएको बेरुजुप्रति चिन्ता व्यक्त गर्दै विभिन्न मितव्ययितालगायतका प्रक्रिया अपनाउन थालेपछि गत वर्षदेखि बेरुजु घट्न थालेको कर्णाली प्रदेशको सार्वजनिक लेखा समितिले जनाएको छ ।
राजधानीमा सडकको दुर्दशा, न सडकबत्ती न सिसी क्यामरा
प्रदेश राजधानी वीरेन्द्रनगरमा सडकबत्ती र पर्याप्त मात्रामा सिसी क्यामरा नहुँदा सुरक्षा चुनौती बढेको छ । उज्यालो नहुँदा रातको समयमा हुने आपराधिक गतिविधिको अनुसन्धान गर्नेदेखि सुरक्षाको चुनौती बढेको हो । प्रहरीका अनुसार सडकबत्ती नहुँदा अनुसन्धान गर्न र खोजतलास गर्न समस्या हुने गरेको छ । केही समयअघि विद्युत् महसुल नतिरेको भन्दै विद्युत् प्राधिकरणले अधिकांश सडकबत्तीका लाइन काटिदिएको छ भने कतिपय ठाउँका बत्ती नै उठाइदिएको छ । राजधानीभित्र करिब एक हजारभन्दा बढी सडकबत्ती थिए । प्राधिकरणले लाइन काटेपछि अहिले अधिकांश सडकबत्ती बन्द छन् ।
टर्मिनल भवन बर्सौंदेखि अलपत्र
लामो समयदेखि रारा विमानस्थलको ट्रस टर्मिनल भवन निर्माण हुन नसक्दा अलपत्र अवस्थामा छ । पाँच वर्षदेखि उक्त टर्मिनल नबन्दा उडान प्रभावित हुँदै आएका छन् । २०७८ सालमा मै निर्माण सम्पन्न हुनुपर्ने प्राधिकरण र निर्माण कम्पनीबिच सम्झौतामा उल्लेख छ । उक्त भवनको निर्माण ठेकेदार कम्पनी ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सनको लापर्बाहीका कारण पर्यटक र कर्णालीवासीले समस्या खेप्नु परेको छ । टर्मिनल भवन निर्माणका लागि सम्झौताको समय सकिए पनि सम्बन्धित निकायले चासो नदिँदा समस्या भएको स्थानीयको आरोप छ । ओमबुद्धले आधुनिक ट्रस टर्मिनल भवन निर्माण गर्नलाई २०७६ असोज १६ मा ३० महिनाभित्र सम्पन्न हुने गरी प्राधिकरण र निर्माण कम्पनीबिच सम्झौता भएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाले जानकारी गराएको छ ।
‘उत्पादन बढाउन माटो परीक्षण अनिवार्य रहेछ’
वीरेन्द्रनगर–१० बामेखोलाका शोभा बस्नेतले विगत लामो समयदेखि कृषि पेशा अवलम्बन गर्दै आउनुभएको छ । उहाँले पाँच कठ्ठा जग्गामा तरकारीखेती र १५ कट्टामा धानखेती गर्नुभएको छ ।
कर्णाली प्रतिष्ठानमा नेत्ररोग विशेषज्ञ सेवा सुरु
कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा नेत्ररोग विशेषज्ञ सेवा सुरु भएको छ। डा. सन्दुक रुइतले सेवाको प्रारम्भ गर्दै नेत्ररोग विभागको उद्घाटन गर्नुभएको हो।
खोलाले बगाउँदा दुईको मृत्यु
रुकुमपश्चिममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।
हराएका महिला तथा बालिका अझै फेला परेनन्
तीन आर्थिक वर्षमा कर्णाली प्रदेशबाट हराएका ८९ जना महिला तथा बालिका अझै फेला पर्न सकेका छैनन् । आव २०७८/७९ देखि २०८०/८१ सम्म कर्णाली प्रदेशबाट हराएका कुल तीन हजार २१९ व्यक्तिमध्ये ८९ जना महिला र बालिका फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ, जसमा ७३ जना महिला र १६ जना बालिका छन् ।
पन्ध्र हजार बिरामीलाई सेवा
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१० मा सञ्चालित सहिद स्मृति नगर अस्पतालबाट एक वर्षमा १५ हजारभन्दा बढी बिरामीले सेवा लिएका छन् । आर्थिक वर्ष २०८०/८१ मा यस अस्पतालबाट १५ हजार २२६ जनालाई सेवा दिइएको अस्पतालले जनाएको छ । गाउँमै अस्पताल सञ्चालन भएपछि सेवा लिने बढिरहेको अस्पतालको भनाइ छ ।
नाम राजमार्ग अवस्था कच्ची सडकको
बर्खाभरि कर्णाली राजमार्गको यात्रा निकै कष्टकर हुने गरेको छ । यात्रा कष्टकर हुँदा सर्वसाधारण यात्रुले निकै दुःख पाउने गरेका छन् । यसका साथै पटक पटक अवरुद्ध हुने राजमार्गको यात्रा असुरक्षितसमेत हुने गरेको छ । नाम राजमार्गको भए पनि अवस्था भने कच्ची सडकको जस्तै भएको गुनासो स्थानीयले गर्न थालेका छन् ।
पहिरोमा पुरिएका चलाउने दम्पतीको शव फेला
जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उहाँकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ ।
अन्तर मेडिकल कलेज खेलकुद : कर्णाली प्रतिष्ठान प्रथम
जुम्लामा पहिलो पटक आयोजना गरिएको अन्तर मेडिकल खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आयोजनामा सम्पन्न प्रतियोगितामा आयोजक कर्णाली प्रतिष्ठान एक लाख रुपियाँ राशीसहितको प्रथम बनेको छ ।
निर्माणको काममा मुद्दा, डेढ दशकदेखि भवन अलपत्र
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–८, गुटुस्थित गुटु स्वास्थ्य चौकीको भवन निर्माण हुन लागेको डेढ दशक नाघिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । स्वास्थ्य चौकीसम्बन्धीको विषयमा ठेकेदार कम्पनीले अदालतमा मुद्दा हालेपछि भवन निर्माणको काम अलपत्र भएको हो । उक्त भवनको निर्माण कार्य २०६३ सालदेखि थालिएको थियो । १८ वर्ष बितिसक्दा पनि भवन अलपत्र भएपछि यहाँका स्थानीय बासिन्दाको स्वास्थ्य सेवा प्रभावित भएको छ ।
बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको
लामो समयदेखि कार्यान्वयन नभएको ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम परिमार्जनमा ढिलाइ भएको छ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम परिमार्जन गरेर कार्यान्वयन गर्ने जनाएको छ तर परिमार्जनमा भने ढिलाइ भइरहेको छ । चालु आव २०८१/८२ को नीति तथा कार्यक्रममा परिमार्जनसहित कार्यक्रम कार्यान्वयन गर्ने भनिएको छ । जसमा ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमलाई आवश्यक परिमार्जनसहित निरन्तरता दिइने जनाइएको छ । कार्यक्रम कार्यान्वयनका लागि नयाँ ऐन निर्माण गरेर कार्यान्वयन गरिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । अहिले नयाँ बन्ने ऐनको अवधारणा निर्माणका लागि राय सङ्कलनको काम भइरहेको मन्त्रालयका सचिव आनन्द सारूले बताउनुभयो । उहाँका अनुसार नयाँ बन्ने ऐनको अवधारणा निर्माणका लागि तीन वटा मन्त्रालयमा राय
कर्णाली राजमार्ग अवरुद्ध
बर्सातका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सड्क डिभिजन कार्यालय जुम्लाका अनुसार राजमार्गको यासमोड, गगन खोलामा पहिरो आई सड्क अवरुद्ध भएको छ ।
जाजरकोटमा पहिरोले पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता
जाजरकोटमा गए राति पहिरोमा पुरिएर एकै घरका श्रीमान् श्रीमती बेपत्ता भएका छन् भने एक बालिका गम्भीर घाइते भएका छन् । बारेकोट गाउँपालिका ६ धुमा गाउँमा राति २ बजे पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएको जनाइएको छ ।
हाइस दुर्घटनामा आठ जना घाइते
कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा हाइस दुर्घटना हुदा आठ जना घाइते भएका छन् ।
राजधानीकै सडक निर्माणमा ढिलाइ
कर्णाली प्रदेश राजधानी सहरी सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ । सडक निर्माण कार्य तोकिएको समयमा पूरा नहुने भएको हो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण काममा ढिलाइ भइरहेको छ । वीरेन्द्रनगरका १५ वटा सडकलाई प्याकेजमा स्तरोन्नतिको कार्य थालिएको थियो । तीन वर्षमा ३४ प्रतिशत मात्र काम भएको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयले प्रदेश राजधानी सहरी सडक निर्माणका लागि कान्छाराम कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । २०७८ भदौ १७ गते विभिन्न १५ वटा सडकखण्डमा कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरिएको हो । १२ करोड
तिज गीतमा वातावरण जोगाउने सन्देश
वीरेन्द्रनगर नगरपालिका–४ का महिलाले हरितालिका तिज वन वातावरण जोगाउने सन्देश दिएर मनाएका छन् । महिलाका पीडा, वेदनाभन्दा पनि वन वातावरण महत्वपूर्ण भएकाले यसको संरक्षण गर्नुपर्ने जस्ता चेतनामूलक गीत गाएर उनीहरूले सन्देश दिएका छन् । भैरम सामुदायिक वन उपभोक्ता समूह वीरेन्द्रनगर–४ ले तिजको अवसर पारेर शुक्रबार वन वातावरणसम्बन्धी जनचेतनामूलक तिज गीत प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा सहभागी नौ वटा महिला टोली सबैले वन वातावरण जोगाउनुपर्ने, जथाभाबी वन फँडानी गर्न नहुने, वृक्षरोपण गर्नुपर्ने जस्ता सन्देश दिए ।
कालीकोटमा किवी खेती
कालीकोट जिल्लामा किवी खेती सुरु भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका किसानले सुरु गरेको किवी खेतीले उत्पादनसमेत दिन थालेको छ । जिल्लाको नरहरिनाथ गाउँपालिकामा लगाएको किवीले राम्रो फल दिन सुरु गरेको छ । यसअघि खाँडाचक्र नगरपालिका–११, बराँतुका किसानले पनि लगाएको किवीले राम्रो फल दिएको थियो ।
सडक छ, सेवा छैन
कालीकोट जिल्लाका स्थानीय तहमा धेरै जसो ग्रामीण सडक छन् तर स्थानीय तहले खनेका ग्रामीण सडक भए पनि कामका छैनन् । गाउँमा प्रायः सडक निर्माण भएका भए पनि ती सडकले नागरिकलाई सेवा दिन भने सकेका छैनन् । रास्कोट नगरपालिका–३ का पङ्खबहादुर फडेराले आफ्नो बिरामी आमालाई रास्कोट अस्पतालमा लिन स्ट्रेचरको प्रयोग गर्नुभयो । फडेरा आफैँ पनि एम्बुलेन्स चालक हुनुहुन्छ । अस्पताल जाने सडक भए पनि सडकमा गाडी गुड्ने सम्भावना नभएकाले बिरामीलाई स्टे«चर, डोकामा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता छ ।
मानव बेचबिखनका मुद्दा चार
कर्णाली प्रदेशमा मानव बेचबिखनका घटना निकै कम दर्ता हुने गरेको पाइएको छ । प्रहरीका अनुसार गत वर्ष चार वटा मात्रै दर्ता भएका थिए । भित्रभित्र विभिन्न प्रलोभनमा परी मानव बेचबिखन भइरहेको बताइए पनि कानुनी रूपमा न्यून दर्ता हुने गरेको पाइएको छ । चालु आर्थिक वर्षमा एउटा पनि मुद्दा दर्ता भएको छैन ।