प्रेमराज सिम्खडा
कालीकोट, जेठ ८ गते । वर्षाका कारण सडक बिग्रिँदा नागरिकलाई सास्ती प्रेमराज सिम्खडा
कालीकोट, जेठ ७ गते । वर्षाका कारण कालीकोटका सडक र बाटो बिग्रिँदा नागरिकलाई समस्या भएको छ । सोमबार र मङ्गलबार राति परेको पानीले कालीकोट जिल्लाका प्रायः सबै स्थानीय तहमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मानविय क्षति नभए पनि सडकमा भने क्षति पुगेको । रास्कोट नगरपालिकामा बन्दै गरेको मुल सडकका विभिन्न ठाउँमा खाल्डा पारेको छ । सडक कालोपत्रे हुँदै थियो, एक्कासी आएको वर्षाले सडकका विभिन्न ठाउँमा चिरा पारेको स्थानीयको भनाइ छ । सदरमुकामको पक्की सडक पनि भत्काएको छ ।
रास्कोट नगरपालिका वडा नं ६ का महेश फर्सालले सडकका विभिन्न ठाउँमा खाल्डा परेको बताउनुभयो । वर्षाले सडक अवरोध पारेको छ भने विद्युत् समेत अवरुद्ध भएको उहाँको भनाइ छ ।
उहाँले सडक निर्माण कम्पनीले समयमा काम गर्दैनन् । स्थानीय सरकारले पनि निर्माण कार्यमा चोसो दिने नगरेकै कारणले निमार्ण सकिने बेलासम्म रास्कोट नगरपालिकाको दस किलोमिटर सडक कालोपत्रेको काम ठप्प छ ।
यसैगरी, सान्नीत्रिवेणी गाउँपालिका जाने सडक पनि वर्षाका कारण ठाउँठाउँमा अवरोध भएको छ । सान्नीघाटदेखि माथि गाउँपालिका जाने सडकमा पहिरो गएको छ भने गाउँपालिकाको केन्द्रदेखि विभिन्न बस्तीमा जाने सडकमा पानीसहितको लेदोका कारण पैदल आउजाउ गर्न समेत कठिन भएको स्थानीयको भनाइ छ । सान्नीत्रिवेणी गाउँपालिका वडा नं ४ का निवर्तमान अध्यक्ष हिमाल धामीले सडक विस्तार गर्ने नाममा जताततै स्काभेटर लगाएका कारणले समस्या हुँदै आएको बताउनुभयो ।
प्राविधिक तथा विपदको क्षेत्रमा काम गर्दै आउनुभएका इन्जिनियर लिलाराज न्यौपानेले सबै भन्दा खतरा लेदो हुने गरेको बताउनुभयो । यस्तो समयमा नागरिक आफु सचेत हुने र ज्यान जोगाउने तर्फ ध्यान दिनुको अर्को विकल्प नभएको उहाँको सुझाव छ ।