डढेलो नियन्त्रणका लागि संयुक्त अभ्यास
रुकुमपश्चिममा वन डढेलो नियन्त्रणका लागि संयुक्त अभ्यास गरिएको छ ।
भेरी पुल
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको प्रवेशद्वारको रुपमा रहेका रत्नराजमार्ग अन्तर्गत भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य ।
लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन प्रेस जगतको भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख
कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ सुर्खेतको १२ औँ अधिवेशन तथा साधारणसभाको उदघाटन गर्दै उहाँले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन प्रेस जगतको ठूलो भूमिका रहेको बताउनुभयो ।
आयआर्जनका लागि उन्नत बाख्रा सहयोग
महिला समूह तथा सहकारी संस्थाका महिला सदस्यहरुलाई उन्नत जातको बाख्रा सहयोग गरिएको छ ।
कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च
प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा सरकार बनेका छन् ।
तीन हजार क्वीन्टल खाद्यन्न थप
यसै आर्थिक वर्षभित्र ढुवानी गर्नेगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन हजार क्वीन्टल खाद्यन्न थप गरेको छ । जिल्लामा खाद्यन्न समस्या हुन नदिन समय खाद्यन्न कोटा थप्ने कार्य लिमिटेड केन्द्रले गरेको हो ।
लिमीमा अझै पुगेन पाठ्य पुस्तक
जिल्लाभरका सामुदायीक विद्यालयमा पाठ्यपुस्तक पुगेर पठनपाठन सुरु भए पनि नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका विद्यालयमा भने हालसम्म पुस्तक पुग्न सकेको छैन ।
लगानी सम्मेलन अनिश्चित
प्रदेश राजधानी वीरेन्द्रनगरमा वैशाख १९ र २० गते गर्ने भनिएको लगानी सम्मेलन अनिश्चित बनेको छ । सम्मेलन तयारीका लागि निर्देशक समिति र अन्य विभिन्न उपसमिति गठनसमेत गरिएको थियो । आर्थिक, सामाजिक र सुशासन समितिसमेत गठन गरेर काम अघि बढाइएको थियो । चैत २७ देखि प्रदेश योजना आयोग पदाधिकारीविहीन भएपछि लगानी सम्मेलन अनिश्चित बनेको हो । तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वको सरकारले वैशाख १९ र २० गते लगानी सम्मेलन गर्ने गरी प्रदेश सरकारलाई कार्ययोजना प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई मन्त्रीपरिषद् बैठकले स्वीकृतसमेत गरेको थियो ।
ताक्लाकोट जान सीमा पास लिने बढे
छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या दैनिक बढ्दै गएको छ । ताक्लाकोटमा व्यापार व्यवसाय र रोजगारीका नेपाल र चीनको सीमानाका हिल्सा हुँदै जाने भएकाले चैत १५ गतेयता सीमा पास लिने हुम्लावासीको भिड जिल्ला प्रशासन कार्यालयमा बढ्न थालेको छ ।