• २२ जेठ २०८२, बिहिबार

जिप भित्तामा ठोक्किएर आगलागी

blog

राजु लामिछाने

रुकुमपश्चिम, जेठ २० गते । रुकुमपश्चिमको आठबिसकोटमा गुडिरहेको एउटा जिप भित्तामा ठोक्किएपछि आगलागी भएको छ । मंगलबार बिहान आठबिसकोट नगरपालिका –६ दामाचौरमा बा. प. ०१–२८ च २८५२ नम्वरको जिप सडकको भित्तामा ठोकिएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार भेरी करीडोर अन्तर्गत जाजरकोट डोल्पा सडक खण्डमा काठमाडौँबाट डोल्पातर्फ जाँदैगरेको जिप सडकको भित्तामा ठोकिएको छ । विपरित दिशाबाट आइरहेको पैदलयात्री बचाउने क्रममा उक्त जिप सडकको भित्तामा ठोकिएको थियो । 

भित्तामा ठोकिएपछि जिपमा आगलागी भएको छ । उक्त जिपमा डोल्पाको मुड्केचुला गाउँपालिकामा हुने शिविरका लागि औषधी रहेको बुझिएको छ । उक्त जिपमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका –८ निवासी ५३ वर्षिय चालक कृष्णप्रसाद दाहाल र अन्य एक जना रहेको प्रहरीले जानकारी दिएको छ । 

उहाँहरु दुवै जना सकुशल रहेको प्रहरीले जनाएको छ । भित्तामा ठोकिएको जिपमा आगलागी भएपछि जिप र औषधी जलेर नष्ट भएको छ ।