बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती
हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने क्रम बढ्दै गएको छ ।
रुकुमपूर्वको विकासका लागि प्रचण्ड र अन्य उम्मेदवारहरूका सङ्कल्पहरू
रुकुमपूर्वका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेपाली कम्युनिस्ट पार्टीका (नेकपा)का संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको विकासदेखि लिएर अहिलेको परिस्थितिमा देशलाई निकास दिनेसम्मको सङ्कल्प गर्नुभएको छ ।
जुम्लामा ९२५ जना अस्थायी मतदाता
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला जुम्लामा ९२५ जना अस्थायी मतदाताको सङ्ख्या रहेको छ ।
हेलिकोप्टरबाट लिमी र चाला पुगे निर्वाचन कर्मचारी
फागुन २१ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी र निर्वाचन सामग्री नाम्खा गाउँपालिकाको लिमी र चाला पुगेका छन्। दुर्गम भौगोलिक अवस्थाका कारण कर्मचारी र सामग्री हेलिकोप्टरबाट ढुवानी गरिएको हो भने मतदाता भने पैदल नै मतदान केन्द्रसम्म पुग्ने भएका छन्।
सल्यानमा रास्वपाको प्रचार गाडी मदिरा र चामलसहित नियन्त्रणमा
सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी प्रचारप्रसारमा संलग्न गाडीमा मदिरा र चामल लोड गरिएको अवस्थामा नियन्त्रणमा लिइएको छ।
निर्वाचनको बेला हुम्ला हवाई भाडा १४ हजार
नेपालगन्जबाट हुम्लाको सदरमुकाम सिमकोट जाने हवाई भाडा निर्वाचनको बेला १४ हजार पुगेको छ। यात्रु चाप बढ्नु र सिमकोटबाट नेपालगन्ज फर्कने यात्रु कम हुनुका कारण निजी एयरलाइनहरूले भाडा वृद्धि गरेका हुन्।
मत हाल्न घर फर्किए मतदाता
कामका लागि भारतको कालापहाड गएका हुम्लावासी फर्कने क्रम सुरु भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न तीन महिनाअगाडि भारत गएका उनीहरू मत हाल्न घर फर्कन थालेका हुन् ।
नाग्म–गमगढी राजमार्ग कालोपत्रे गर्न बजेट सुनिश्चित
सरकारले नाग्म–गमगढी राजमार्ग कालोपत्रे गर्न बजेट सुनिश्चित गरेको छ । नाग्मदेखि गमगढीसम्मको सडक बजेट अभावका कारण झन्डै तीन वर्षदेखि रोकिएको थियो । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार यस पटक भने अब सरकारले बजेट स्वीकृत गरेपछि नाग्मदेखि देवारगाउँसम्मको करिब १५ किलोमिटरका लागि ठेक्का आह्वान भएपछि उक्त सडक कालोपत्रे हुने निश्चित भएको हो ।
‘नयाँ जति राम्रा, पुराना सबै खराब हुँदैनन्’
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले नयाँ जति सबै राम्रा र पुराना जति सबै खराब नहुने बताउनुभएको छ । उहाँले अहिले राजनीतिमा नयाँ मात्र राम्रा र पुराना खराब भन्ने भाष्य हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले नयाँले मात्रै समाधान दिन नसक्नेसमेत स्पष्ट पार्नुभयो ।
कर्णालीको विकास दलको घोषणापत्रमा
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरिएका घोषणापत्रमा प्रमुख दलले साबिक कर्णालीका पाँच जिल्लाको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । साबिक कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटको विकासमा दलहरूले आफ्नो घोषणापत्रमा यहाँको पूर्वाधार विकास र सिँजा खस सभ्यताको संरक्षण तथा संवर्धन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
सल्यानमा कर्मचारी र सुरक्षाकर्मी मतदानस्थलतर्फ प्रस्थान
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सल्यानमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मी मतदान स्थलतर्फ प्रस्थान गरेका छन् ।
सल्यानमा मतदान केन्द्रका लागि निर्वाचन सामग्री वितरण सुरु
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा मतदान अधिकृतहरूलाई निर्वाचन सामग्री वितरण सुरु गरिएको छ।
कालीकोटमा मदिरा बिक्री निषेध
कालीकोटमा सात दिनसम्म मदिरा बिक्री बितरण गर्न पूर्णरुपमा निषेध गरिएको छ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, तथा भयरहित बनाउन तोकिएको अबधिमा मदिरा बिक्री बितरण गर्न निषेध गरिएको हो ।
नाग्म–गमगडी राजमार्ग १५ किलोमिटर कालोपत्रे हुने
सरकारले नाग्म–गमगडी राजमार्ग कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढाएको छ। बजेट अभावका कारण झन्डै तीन वर्षदेखि रोकिएको नाग्म–गमगडी सडकको काम यसपटक भने अघि बढ्ने भएको छ।
राजमार्ग तथा भित्री सडकमा मोटरसाइकल गस्ती गर्दै प्रहरी
निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित सल्यानमा नेपाल प्रहरीले मोटरसाइकलबाट गस्ती गरेको छ ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा
प्रदेश राजधानी सुर्खेतमा यही फागुन २१ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण, सुरक्षाकर्मी परिचालन, मतदान केन्द्रको अनुगमनलगायतका सम्पूर्ण काम सकिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतको निर्वाचन सेलले जनाएको छ ।
मुगुमा ५ महिला मतदान अधिकृत, एक केन्द्रमा सबै महिला
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुगुमा पाँच महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।
सल्यानमा दुई अस्थायी मतदानस्थल र तीन केन्द्र निर्धारण
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि सल्यानमा दुई अस्थायी मतदानस्थल र तीन मतदान केन्द्र निर्धारण गरिएको छ ।