शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सिमकोट (हुम्ला), फागुन १८ गते । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४, चाला र वडा नं–६ लिमीका तीन मतदान केन्द्रका कर्मचारी र सुरक्षाकर्मी तथा निर्वाचन सामग्री नेपाली सेनाको हेलिकाेप्टरमा ढुवानी भइरहेको छ ।
चार मतदान केन्द्रमा खटिएका १०२ कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीलाई हेलिकाेप्टरमा त्यसतर्फ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताउनुभयो । कर्मचारी र सुरक्षाकर्मीलाई पैदल भएर जाँदा असहज हुने भएपछि निर्वाचन आयोगले हिमाली जिल्लाका मतदान केन्द्रमा हेलिकाेप्टरको व्यवस्था गरेको हो ।
निर्वाचनका लागि खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकाेप्टरमार्फत लिमिका तीन मतदान केन्द्र लगिएको छ । रासस