रहगाढमा बन्यो झोलुङ्गे पुल
कालीकोटको नरहरीनाथ गाउँपालिका–१ र ८, ९ जोड्ने रहगाढमा झोलुङ्गे पुल निमार्ण भएको छ ।
फोक्सुण्डो ताल : यात्रा अब झनै रमाइलो
डोल्पा जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा रहेको फोक्सुण्डो ताल नेपालको अत्यन्तै प्रसिद्ध र सुन्दर ताल हो। यो ताल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्दछ र पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण छ।
माटोको ढिस्को खस्दा ६ जना घाइते
हुम्लामा मङ्गलवार अपन्हन बाटो खन्ने क्रममा माटोको ढिस्को खस्दा ६ जना घाइते भएका छन् । सिमकोट गाउँपालिका वडा नम्बर वडा नम्बर ४ स्थित बुराउसे भन्ने स्थानमा सिमकोट देखि पञ्चमुखी जाने बाटोमा ग्याबिन भर्ने जग खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्न गई ६ जना मानिस पुरिएर घाइते भएका हुन् ।
हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या
खानेपानी उपभोक्ता समिति सिमकोटका प्राविधिक रुपेन्द्र रोकायाले खानेपानी समस्या चरम रहेको बताउनुभयो ।
सरकारी कार्यालयमा छड्के अनुगमन, ९७ जना अनुपस्थित
दैलेखका सरकारी कार्यालयमा छड्के अनुगमन गरिएको छ । सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनबाट ९७ जना कर्मचारीहरू अनुपस्थित रहेको पाइएको छ ।
फेरिएको बारागाउँ
कुनै बेला १२ घरको बस्ती थियो, बारागाउँमा । अहिले यो गाउँमा ११५ घर पुगेका छन् भने बारागाउँको चर्चा पनि हुन थालेको छ ।
जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छभने चार जना घाइते भएका छन् ।
जमिनमुनिको पानी तान्न दोहोरो अनुदान
सुर्खेतको वीरेन्द्रनगरमा जनसङ्ख्या वृद्धिदर तीव्र भइरहेको छ । प्रदेशको राजधानी भएकाले पनि १० वटै जिल्लाबाट आएकाहरूको बसोबास वीरेन्द्रनगरमा हुँदै आएको छ । बढ्दो जनसङ्ख्यालाई धान्ने खानेपानीको पर्याप्त स्रोत नहुँदा माग अनुसारको आपूर्ति हुन सकेको छैन ।
पुनर्निर्माण सुरु गर्न सुझाव
भूकम्पले क्षतिग्रस्त पीडितका निजी आवास निर्र्माणको काम अघि बढाउन राष्ट्रिय विपत् जोखिम न्यूनीकरण व्यवस्थापन तथा प्राधिकरणले स्थानीय तहलाई सुझाव दिएको छ । विपत् प्रभावितका लागि निजी आवास विस्तृत क्षति आकलन र पुनस्र्थापनासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा प्राधिकरणका सहसचिव अर्जुनकुमार बमले सरोकारवाला निकाय, स्थानीय तहका प्रमुख, विपत् शाखाका प्रमुखसँगको छलफलमा यस्तो बताउनुभएको हो ।
हिमाली क्षेत्रको तालिम केन्द्र अलपत्र
जग्गा विवादका कारण निर्माण अलपत्र परेको जुम्लापातारासी गाउँपालिका–३ स्थित लौठचौरमा निर्माणाधीन हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणलाई अघि बढाउन पहल समिति गठन गरिएको छ । जग्गा विवाद तथा सरोकारवालाले चासो नदिँदा आठ वर्षदेखि अलपत्र ट्रेनिङ सेन्टर निर्माण अघि बढाउन पहल समिति गठन गरिएको हो ।
अभाव झेल्दै स्वास्थ्य संस्था
दुर्गमका स्वास्थ्य संस्था सधैँ समस्यामा हुने गरेका छन् । कहिले जनशक्ति अभाव त कहिले उपकरणको अभावले स्वास्थ्य संस्था समस्यामा परेका हुन् । सुरक्षित र गुणस्तरीय प्रसूति सेवा दिने भन्दै सरकारले दुर्गममा स्थापना गरेका प्रसूति केन्द्र (बर्थिङ सेन्टर) ले जनशक्ति र उपकरण अभाव झेलिरहेका छन् ।
सारङ्गी बजाउँदै, जनचेतना फैलाउँदै
यस्तै सचेतनाका गीत गाउँदै गाउँबस्तीमा शिक्षा तथा वातावरणलगायत जनचेतना जगाउन बाँके कोहलपुर नगरपालिका–११, गन्धर्व बस्तीका चार जना गन्धर्वको सांस्कृतिक टोली सारङ्गी बजाउँदै मेची महाकाली अभियानमा हिँडेको छ । गत जेठ २९ गतेदेखि दिलबहादुर गन्धर्वको
नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला ब्यायामशाला निर्माण
नागरिकलाई स्वस्थ्य बनाउन नाराणण नगरपालिका – ६काडाचौर हरित पा
संस्कृति जगेर्ना गर्न प्रदर्शनी
आफ्नो परम्परागत संस्कृति जगेर्ना र संरक्षण गर्न सिमकोटमा वेशाभूषासहितको प्रदर्शनी गरिएको छ । संस्कृति जर्गेना गर्दै नयाँ पुस्तालाई यसबारे जानकारी गराउन प्रदर्शनी गरिएको सिमकोट गाउँपालिका–५ का वडाध्यक्ष चीनबहादुर रावतले बताउनुभयो ।
कर्णालीको बजेट वितरणमुखी भएको आरोप
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपियाँको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आइतबार मध्यरातमा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो ।
हुम्लामा फल्यो फुजी स्याउ
हिमाली जिल्ला हुम्लामा फुजी प्रजातिको स्याउ फलेको छ । नमुना परीक्षणका लागि लगाएको सो स्याउले फल दिन थालेको हो । सिमकोट गाउँपालिका–५ मा सिमसार क्षेत्रको जग्गामा लगाएको फुजी स्याउले फल दिन सुरु गरेको हिमाली कृषि तथा पशुपालन फर्मका संरक्षक नरबहादुर रोकायाले बताउनुभयो ।
बल्ल हट्यो याल्वाङ गाउँमा माटोको छाना
नाम्खा गाउँपालिका– ४ को सिङ्गो याल्वाङ गाउँ माटोको छाना विस्थापित भएका छन् । बस्तीका सबै घरधुरीहरू माटोका छाना भएका घरहरू नयाँ निर्माण गरेर जस्तापाताले छापेपछि माटोको छाना विस्थापित भएका हुन ।
क्षयरोगका सम्भावित ९० जना बिरामीको खकार परीक्षण
हुम्लाको अदानचुली गाउँपालिमा क्षयरोगका सम्भावित ९० जना बिरामीको खकार परीक्षण गरिएको छ । आइतबार र सोमबार दुई वटा स्वास्थ्य चौकी रहेको अदानचुली गाउँपालिकामा सम्भावित भएका बिरामीका घर घरमा गएर खकार ल्याई क्षयरोगको परीक्षाण गरिएको हो ।
वीरेन्द्रनगरमा बढ्दो यौनजन्य गतिविधि
वीरेन्द्रनगरमा यौनजन्य गतिविधि बढ्न थालेको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा दस जिल्लाका मानिसहरूको बसोवास रहेको छ ।
उनापानीमा लागेको आगो नियन्त्रणमा
सर्केगाड गाउँपालिका–३ को उनापानीमा लागेको आगो नियन्त्रणमा आएको छ ।
माटोका छाना विस्थापित भएको याल्वाङ गाउँ
नाम्खा गाउँपालिका– ४ को याल्वाङ गाउँ माटोको छाना विस्थापित भएका छन् । बस्तीमा माटोका छाना भएका घरहरु नयाँ निर्माण गरेर जस्तापाताले छापेपछि माटोको छाना विस्थापित भएका हुन् ।
जग्गा नापजाँच र धनीपुर्जा वितरण पुनः सुरु
पश्चिम सुर्खेतको वराहताल गाउँपालिकाले जग्गा नापजाँच र जग्गाधनी प्रमाणपुर्जा वितरण पुनः सुरु गरेको छ । यसअघिको भूमि आयोग विघटनपछि नापजाँचको काम रोकिएको थियो । सरकारले पुनः भूमि समस्या समाधान आयोगको गठन गरेपछि जग्गा नापजाँच र जग्गाधनी पुर्जा वितरण सुरु गरिएको हो ।
बालबालिकाद्वारा गुनासैगुनासो
सिमकोट गाउँपालिकाको सहकार्य र गुडनेवर्स इन्टनेसनल नेपालको सहयोगम रेडियो कर्णाली आवाजले आयोजना गरेको बालकचहरीमा बालबालिकाले सेवाप्रदायक निकायका प्रमुखलाई गुनासो नै गुनासो राखेका छन् ।
कर्णाली सरकारको बजेट ३२ अर्ब ९९ करोड (पूर्णपाठ)
कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा करिब पाँच प्रतिशत बढी हो ।