एक महिनापछि डोल्पामा जहाज
मौसम सुधारसँगै जुफाल विमानस्थलमा हवाई सेवा सुचारु भएको छ । लगातारको बर्सातका कारण नेपालगन्ज डोल्पा आउने जहाजको आकासी मार्ग अवरुद्ध भई छब्बीस दिन सम्म हवाई सेवा बन्द भएको थियो ।
पालिकाले रैथाने बाली बेच्ने
जुम्लाको सिँजा गाउँपालिकाले पालिकामा उत्पादित रैथाने बालीको खरिद र बजारीकरण गर्ने भएको छ। सिँजा गाउँपालिकाले रैथाने बाली बजारीकरणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ। गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार गाउँपालिकामा उत्पादन हुने रैथाने बालीको संरक्षण, उत्पादन गरी किसानलाई सहजै बजारीकरणमा टेवा पु-याउन कम्पनीसँग शनिबार सम्झौता गरिएको हो। गाउँपालिका अध्यक्ष धिताल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।
छ क्विन्टल यार्सा निकासी
डोल्पाबाट आर्थिक वर्ष २०७९/८० मा छ क्विन्टल यार्सागुम्बा निकासी भएको छ । से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुलिगाडका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार आर्थिक वर्ष २०७९/८० मा यार्सा सङ्कलकबाट यार्सापाटनमा प्रवेश गरेबापतको शुल्कबाट ८६ लाख ७७ हजार पाँच सय र २४० केजी यार्सागुम्बाको छोडपुर्जीबाट ७४ लाख ६३ हजार ४७० गरी एक करोड ६१ लाख ४० हजार ९७० रुपियाँ राजस्व उठेको छ ।
स्वास्थ्यमा समस्या भएपछि हेलिकप्टरबाट सुत्केरीको उद्धार
स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ। खार्पुनाथ– ५ का दिफकली सार्कीलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको हो।
डोल्पाबाट छ क्विन्टल यार्सागुम्बा निकासी
गएको आर्थिक वर्ष २०७९/०८० मा डोल्पाबाट ६ क्विन्टलको परिमाणमा बहुमूल्य जडीबुटी यार्सागुम्बा निकासी भएको छ ।
मुगु जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
सोमबार यहाँ भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । उपचारका लागि अस्पताल लैजाँदै गर्दा एक घाइतेको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
साझेदारी कार्यक्रमलाई प्राथमिकता दिएको छ
राष्ट्रिय सडक सञ्जाल नजोडिएको हुम्लामा विकास निर्माणका थुप्रै व्यवधान छन्। जनताका असीमित विकास चाहना सम्बोधन गर्नु हुम्लाका जनप्रतिनिधिका लागि ठुलै चुनौती छ। सीमित स्रोत र साधन भएका हुम्लाका स्थानीय तहले प्रदेश र सङ्घीय सरकारको साथबिना विकास कार्यमा अघि बढ्न सम्भव नभएको अनुभव खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलको छ । खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा दोस्रो पटक निर्वाचित कर्णबहादुरले सातौँ वर्षको बजेट निर्माण गरिसक्नुभयो । उहाँको भोगाइ छ, ‘नीति तथा कार्यक्रम बाध्यताले राम्रो ल्याइए पनि त्यसको कार्यान्वयन पक्ष कठिन छ ।’ पालिकामा सामूहिकभन्दा व्यक्तिगत सम
भेरीको जोखिममा दुनै
लगातारको बर्षाले भेरी नदीको बहाव उच्च भएपछि सदरमुकाम दुनै बजार जोखिममा परेको छ। सदरमुकाम दुनै बजारको बिच भएर बग्ने भेरी नदीमा पानीको बहाव बढेपछि सदरमुकामवासी चिन्तित भएका छन्। स्थानीय दिलमाया केसीले भन्नुभयो, “रातभर निद्रा पनि लाग्दैन, कतिखेर बजारमा भेरी पस्ने भन्ने चिन्ताले पिरोलिरहेको छ।”
मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिनुभयो ।
मुगु जिप दुर्घटना : दुईको मृत्यु, पाँचको अवस्था चिन्ताजनक
जिल्लाको सोरु गाँउपालिकाको केन्द्र सोरुकोटबाट जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
भेरी नदी र जगदुल्ला नदीको बहाव बढेपछि त्रिवेणीमा पुल निर्माण कार्य अवरुद्ध
त्रिवेणीमा क्याराभान कन्स्ट्रक्सनले गरिरहेको पक्की पुलको निर्माण कार्य अवरुद्ध भएको छ । पुल निर्माणस्थलमा भेरीनदी र जगदुल्ला नदीको बहाव बढेर बाढीको उच्च जोखिम भएपछि निर्माण कार्य अवरुद्ध भएको हो ।
घर-घरमा पुगी अपाङ्ग परिचयपत्र वितरण
प्युठानको झिमरुक गाउँपालिकाले अपाङ्ग भएका नागरिकहरूलाई पहिचान गर्दै घरघरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण कार्यलाई निरन्तरता दिएको छ।
डोल्पाको भेरी नदीको बहाव उच्च, खतरामा सदरमुकाम दुनै
लगातारको वर्षातले भेरी नदीको बहाव उच्च भएपछि सदरमुकाम दुनै बजारमा जोखिम बढेको छ । सदरमुकाम दुनै बजारको बीच भाग भएर बगिरहेको भेरी नदीको पानीको बहाव उच्च बढेपछि सदरमुकामवासीमा चिन्ता थपिदिएको छ ।
कागबेनीमा बाढीले पुर्याएको क्षतिको विवरण सङ्कलन गर्न सुरु
गएराति अविरल वर्षासँगै कागखोलामा आएको बाढीले कागबेनीमा रहेको प्रहरी चौकी भवनसहित २० घर बगाएको थियो । मुक्तिनाथ हुँदै झर्ने कागखोला पहिरोका कारण थुनिएपछि आएको बाढीले वितण्डा मच्चाउँदा कागबेनीमा ठूलो भौतिक क्षति भएको हो ।
ढकियामा ढाकिएको घुमनी सिप
घुमनी थारू ७२ वर्ष पुग्नुभयो । उमेरका हिसाबले आराम गर्नुपर्ने अवस्था भए पनि घुमनीको जोसजाँगरले विश्राम लिएको छैन । बुढ्यौली उमेरमा पनि उहाँका हात खाली छैनन् । पुख्र्र्यौली सिपयुक्त घुमनीका हातले ढकिया बुन्न थालेको छ दशक बित्यो । जसले अझै निरन्तरता पाइरहेको छ । खेतबारी, मेलापात, चुलोचौकोबाट बचेको समयमा घुमनी आकर्षक ढकिया बुन्नुहुन्छ । सानै उमेरदेखि सिप सिक्नुभएकी घुमनीले हजारौँको सङ्ख्यामा ढकिया बुनिसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, “उमेरमा त दुई/तीन दिनमै एउटा ढकिया बुन्थेँ । अहिले १२/१३ दिनमा एउटा बुन्ने गरेको छु ।
अझै भाडामा ‘गाउँका सरकार’
पश्चिम सुर्खेतको वराहताल गाउँपालिकाको आफ्नै कार्यालय भवन छैन । स्थानीय सरकार सञ्चालनको सात वर्ष पुगिसक्दा पनि पालिकाको भरपर्दो भौतिक पूर्वाधार निर्माण हुन सकेको छैन । साँघुरो र जीर्ण भवनबाटै गाउँपालिका धानिएको छ । साबिकको कुनाथरी गाउँ विकास समितिको पुरानो भवनबाट पालिकाले सेवा दिँदै आएको छ । गाउँपालिका मात्र होइन कतिपय वडा कार्यालय पनि भाडाका भवनमै छन् । पुराना भवनबाट सेवा प्रवाह गरिरहेका छन् । जीर्ण अवस्थाको भवनबाट काम गरिरहेको गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार कार्यालय नै भरपर्दो नभएपछि दैनिक कार्यसम्पादन गर्न असहज भइरहेको छ ।
रोपिए एक लाख बिरुवा
रुकुमपश्चिमका विभिन्न स्थानमा एक लाखभन्दा बढी बिरुवा रोपिएका छन् । डिभिजन वन कार्यालय रुकुमपश्चिमले निःशुल्क र अनुदानमा उपलब्ध गराएका एक लाख १७ हजार ७४१ बिरुवा आर्थिक वर्ष २०७९/८० मा रोपिएका हुन् । कार्यालयका निमित्त वन डिभिजन प्रमुख शेरबहादुर परियारका अनुसार विभिन्न प्रजातिका सात हजार ८२३ वटा बिरुवा निःशुल्क र एक लाख नौ हजार ९१८ वटा बिरुवा अनुदान कार्यक्रम अन्तर्गतबाट रोपिएको हो । निःशुल्क वितरण गरिएका बिरुवा विभिन्न सार्वजनिक क्षेत्र, अतिक्रमित क्षेत्र, निजी क्षेत्र, सडक किनारा र सामुदायिक वन क्षेत्रमा रोपिएको बताइन्छ । कार्यालयले सञ्चालन गरेका विभिन्न पाँच वटा कार्यक्रम अन्तर्गत कपुर, बेल, गुलमोहर, लप्सी, कल्की, सिसौ, बकाइनो, तेजपात, छतिवन, देवदार, टिमुर, सल्लोलगायत बिरुवा निःशुल्क वितरण गरेको थियो ।
गहनाकै लोभमा सिर्जनाले गरिन दुई महिलाको हत्या
रुकुम पश्चिममा एक महिलाको हत्या आरोपमा पक्राउ परेकी २३ वर्षीया सिर्जना बुढा बोहराले त्यस अघि पनि महिलाको हत्या गरेको बताइएको छ । गत बिहीबार मुसिकोट नगरपालिका १ सल्लेकी एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेकी सिर्जनाले पाँच वर्ष अघि अर्की महिलाको पनि हत्या गरेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार एक युवतीले दुई महिलाको हत्या गरेको रहस्य खुलेको हो ।
बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा डुबेर तीन बेपत्ता
बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् ।
कर्णालीका हिमाली जिल्लामा हवाई सेवा बन्द
सुर्खेत तथा नेपालगन्जबाट कर्णालीका हिमाली जिल्लामा हुने हवाई उडान ठप्प भएको छ । मौसम खराबीका कारण लामो समयदेखि हवाई सेवा अवरुद्ध हुँदै आएको हो ।
गमगढी–नाक्चेलाग्ना सडक : सात वर्षमा १८ किमी
गमगढी–नाक्चेलाग्ना सडक सरकारको उच्च प्राथकितामा नपरेपछि आवश्यक मात्रामा बजेट विनियोजन नगरिँदा सडक निर्माण कछुवाको गतिमा अघि बढेको हो । मुगु जिल्लाको मात्र नभई सिङ््गो कर्णाली प्रदेशकै ‘लाइफ लाइन’का रूपमा रहेको सो सडक खण्ड ९६ किमीको छ ।
आँखा पाकेपछि विद्यालय बन्द
जाजरकोटमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि विद्यालय बन्द गरिएका छन्। ‘कन्जङ्क्टिभाइटिस एनिडो’ भाइरसले सर्वसाधारणलगायत विद्यार्थीका आँखा पाक्न थालेपछि एक हप्ताका लागि यहाँका निजी तथा सामुदायिक विद्यालय बन्द गरिएको हो। ठुलादेखि विद्यालयस्तरका बालबालिकाका आँखा पाक्न थालेपछि विद्यालय बन्द गरिएको हो। भेरी त्रिवेणी माध्यमिक विद्यालय, त्रिभुवन माध्यमिक विद्यालय, रिभर डाइनामिक बोर्डिङ, नेवेलिस्ट बोर्डिङ स्कुललगायत दर्जनभन्दा बढी विद्यालयका बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप बढेपछि विद्यालय बन्द गरिएको छ।
विपत् व्यवस्थापनमा सशस्त्र प्रहरी सहयोगी
नेपाली सेना र नेपाल प्रहरीसँगै शान्ति सुरक्षा तथा विपत् व्यवस्थापनमा सशस्त्र प्रहरी बलको भूमिका महत्वपूर्ण रहेको छ । सशस्त्र प्रहरीको नवौँ स्थापना दिवसको अवसरमा सरोकारवाला निकायले दुर्गम क्षेत्रमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । सशस्त्र प्रहरी ३३ नं. त्रिपुरागण जुम्लाको नवौँ स्थापना दिवसको अवसरमा गणपति चेतराज जोशीको अध्यक्षतामा सम्पन्न भएको छ । सो दिवसमा प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सशस्त्र प्रहरीले राष्ट्रका लागि गरेका योगदान अतुलनीय रहेको बताउनुभयो ।
ललिता निवासको विषयमा थप छानबिन हुनुपर्छ : अध्यक्ष भट्टराई
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले ललिता निवासको सन्दर्भमा थप छानबिन हुनुपर्ने बताउनुभएको छ ।