पहिरोले कर्णाली राजमार्गमा यात्रुलाई सास्ती
कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको सुनारखोलामा दैनिक सडक अवरोध हुने गरेको छ । वर्षा भएसँगै पहिरो बगिरहने सुनारखोलामा वैकल्पिक उपाय नभएका कारण यो वर्ष पनि यात्रुले सास्ती भोग्दैछन् ।
बेपत्ता भएका तीनको पहिचान खुल्यो
भारतको उत्तराखण्डको गौरीकुण्डमा गएको पहिरोमा परी बेपत्ता भएका हुम्लाका तीन जनाको पहिचान खुलेको छ । उहाँहरू पहिरोमा परी बेपत्ता भएको पाँच दिनपछि प्रहरी गाउँमा पुगेर आफन्तसँग बुझ्दा पहिचान खुलेको हो ।
आमालाई स्तनपान शिक्षा
नर्सहरूले बच्चालाई कसरी प्रभावकारी रूपमा दुध चुसाउँदा ठिक हुन्छ भन्ने विषय लगायत पौष्टिक आहार र विभिन्न विषयमा शिक्षा दिन सुरु गरिएको हो ।
कर्णालीका २७ वटा स्थानीय तहलाई कारबाही सिफारिस
राष्ट्रिय किताबखानाले कर्णाली प्रदेशका सात जिल्लाका २७ वटा स्थानीय तहलाई कारबाही गर्न सिफारिस गरेको छ । नियमित स्थायी शिक्षकलाई तलब भत्ता भुक्तानी गर्नु अघि तलबी प्रतिवेदन स्वीकृत नगरी तलब भुक्तानी गर्ने कर्णालीका ती स्थानीय तहलाई कानुन अनुसार कारबाहीका लागि सिफारिस गरिएको जनाएको छ ।
रारा स्वर्गकी अप्सरा
२०३१ सालमा कवि मविवि शाह मुगुको लेकतिर चढ्दा रारा तालको रूपले निकै मोहित हुन पुगेको प्रमाण यही कविता हो। त्यसपछिका दिनमा राराले अर्को उपनाम पायो, ‘स्वर्गकी अप्सरा।’ राजा महेन्द्रले राराकी अप्सरा शीर्षकमार्फत मुगुको रारा महìव र महिमा उजागर गर्नुभयो। कवितामार्फत मुगुको रारालाई पहिचान दिएको भन्दै कतिपयले रारा ताललाई महेन्द्र तालसमेत भनेको पाइन्छ। रारा तालको छिमेकी रहेको रड्याल शाह गाउँको संस्कृति, चाडबाड, कृषि र यहाँको मठमन्दिर, पञ्चायत घर जस्ता पुराना संरचना एवं ललितकलाको प्रभावले राजा महेन्द्र मोहित भएको देखिन्छ। महेन्द्रको रारा भ्रमणपछि नै नेपाली र विदेशी पर्यटक रारा खोज्दै आउन थालेको स्थानीय रूपबहादुर मल्लले बताउनुभयो।
लगातारको वर्षाले क्षति
शुक्रबारदेखिको लगातार वर्षाले रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा भौतिक तथा पशुपन्छीमा क्षति पु-याएको छ। पहिरोमा केही घर, गोठ र घट्ट भत्किँदा गाई र कुखुरा पुरिनुका साथै खेती नष्ट भएका छन्। त्रिवेणी गाउँपालिका–५ का अध्यक्ष रनबहादुर पुनका अनुसार वडावासी बलाराम विकको घर भत्किएको छ। घरमा भएको अन्नपात र सरसामान पूर्ण रूपमा क्षति भएको छ। बलारामको परिवार आफन्तको घरमा सहारा लिएर बसेका छन्। शनिबार राति स्थानीय डिल्लीबहादुर ओलीको गोठघर पहिरोले पुरिँदा एक वटा दुहुनो गाई र केही कुखुरा मरेका छन्। गोठमा राखिएको अन्नपातसमेत पहिरोमा पुरिएको छ।
बालविवाहविरुद्ध देउडा गीत
बालविवाहविरुद्ध विद्यालयका छात्राहरू गाउँ गाउँमा देउडा गीतमार्फत जनचेतना फैलाउन थालेका छन् । जिल्लाका अधिकांश गाउँमा बालविवाह न्यूनीकरण हुनुपर्नेमा वृद्धि हुन थालेपछि विद्यालयका छात्रा यसरी जुटेका हुन् । सिमकोट गाउँपालिका–८ को सैपाल माध्यमिक विद्यालयकी छात्रा जानकी बुढाले बर्सेनि बालविवाह बढिरहेकाले विद्यालयमा छात्रा मिलेर देउडा गीतमार्फत जनचेतना फैलाउन सुरु गरेको बताउनुभयो । यसअघि उहाँसहित विद्यालयका बिस जना छात्राले बालविवाहविरुद्धको तालिम लिनुभएको थियो । उहाँले गाउँ गाउँमा बालविवाह हुने तर उजुरीसमेत नपर्ने भएकै कारण यो सङ्ख्यामा वृद्धि भएको बताउनुभयो ।
गौरीकुण्ड पहिरो: जुम्लाको एउटै परिवारका सातसहित ११ बेपत्ताको पहिचान खुल्यो
भारतको उत्तराखण्डस्थित केदारनाथको गाैरीकुण्डमा गएको पहिरोमा एउटै परिवारका सातसहित जुम्लाका ११ जना परेको खुलेको छ । पहिरोमा बेपत्ता भएका पातारासी गाउँपालिका वडा नम्बर ३ चौरगाउँका एकै परिवारका सातसहित ११ जनाको परिचय खुलेको हो ।
घर खर्च टार्न भारत गएका उतै बिलाउँछन्
खाँडाचक्र नगरपालिका–१ का प्रकाश ताम्राकार घर खर्चको जोहो गर्न भारत जाने आउने गर्नुहुन्थ्यो। घरमा असारे काम सकेर दशैँ खर्च जुटाउन श्रीमती तथा बालबच्चाको शरीर ढाक्ने रकम जोह गर्न प्रकाश भारतको उत्तराखण्ड पुग्नुभएको हो। घर बनाउँदा लागेको ऋण तिर्नका लागि २०७९ साल भदौ ३ गते भारत पसे पनि राम्रो कमाइ नभएकाले उहाँलाई एक पटक पनि घर फर्किने मन भएन। प्रकाशका साला बहादुरे विश्वकर्मा भन्नुहुन्छ, “अति मेहनती, मिलनसार, राम्रो बोली, कसैसँग पनि मनमुटाव नगर्ने मान्छेलाई कालले पनि छिटो लिने रहेछ।”
छ महिनामा ७४ प्रतिशतले गराए स्तनपान
कर्णाली प्रदेशमा छ महिनासम्मको अवधिमा ७४ प्रतिशतले स्तनपान गराएका छन्। दुधदानीबाट ११ प्रतिशत बालबालिकालाई दुध खुवाउने गरेका छन्। विश्व स्तनपान सप्ताहको अवसरमा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले उक्त कुराको जानकारी दिँदै शिशुका लागि स्तनपान उपयुक्त रहेको जनाएको छ।
सेवाग्राहीले पाए सुधारिएको चुलो
खार्पुनाथ गाउँपालिकाको खार्पुमा बेवारिसे अवस्थामा रहेका सुधारिएका फलामे चुलोहरू सेवाग्राहीले तीन वर्षपछि पाएका छन्। सो चुलो बेवारिसे बनेको अवस्थाका बारेमा सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि सिमकोट गाउँपालिकाले बेवारिसे चुलो सिमकोट ल्याउने र बाँकी चुलो सप्लायर्सबाट झिकाउने काम गरी स्थानीयलाई वितरण गरेको छ। सिमकोट गाउँपालिका–५ का बर्ख रोकायाले निःशुल्क रूपमा सुधारिएको चुलो पाएको बताउनुभयो। तीन वर्ष नाम छनोट गरे पनि गाउँपालिकाले अहिले आएर उक्त चुलो वितरण गरेको उहाँले बताउनुभयो।
जोखिम मोलेर चौरी गाई चरनमा लानुपर्ने बाध्यता
नाम्खा गाउँपालिका–६ को लिमी र सिमकोट गाउँपालिका–१ को चुवाँखोला क्षेत्रका उच्च पाटनमा चौरी गाईलाई नदी तरेर चर्न जानुपर्ने बाध्यता छ ।
पहिरो नियन्त्रण गर्न भूतपूजा
त्रिपुराकोटको पुरानो सेजकुलो भत्किएपछि भूतपूजा गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका –१ त्रिपुराकोटस्थित मसानजाड तल्लोचुकेनीसम्मको ७८ वर्ष पुरानो सेजकुलो भत्केपछि भूत रिसाएको भन्दै त्रिपुराकोटका स्थानीयले भूतलाई शान्त बनाउन पूजा गरेका हुन् ।
फैलियो आँखा पाक्ने रोग अस्पतालमा बिरामीको चाप
सुर्खेतका बालबालिकामा आँखा पाक्ने रोग फैलिएको छ। विद्यार्थीमा यो रोगको सङ्क्रमण बढी देखिएको छ। अमरज्योति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाका अनुसार विद्यार्थीमा सङ्क्रमण बढ्न थालेपछि विद्यार्थीको सङ्ख्या घट्दै गइरहेको छ। विद्यार्थी, शिक्षक र कर्मचारीसमेत आँखा पाक्ने रोगबाट सङ्क्रमित हुँदा विद्यालय सञ्चालनमा समस्या आएको छ।
आएन प्रयोगमा भेन्टिलेटर
विशेषज्ञ चिकित्सकको अभावमा जिल्ला अस्पताल दैलेखमा जडान गरिएको भेन्टिलेटर प्रयोगमा आउन सकेको छैन। कोरोना सङ्क्रमणकाे दर तीव्र गतिमा फैलिएका बेला दैलेख अस्पतालमा ४६ लाख ५० हजार लागतमा पाँच आइसियु बेड, दुई भेन्टिलेटर जडान गरिएका थिए। आइसियु र भेन्टिलेटर कक्ष जडानपछि जटिल खालको उपचार जिल्लामै हुने आशामा रहेका स्थानीय जटिल खाले उपचारका लागि अन्य जिल्ला जानुपर्ने बाध्यतामा रहेका छन्। दक्ष जनशक्तिको अभाव भन्दै चार वर्षदेखि आइसियु कक्ष र भेन्टिलेटर थन्क्याएर राखिएको छ।
घरभित्रै एक महिलाको शव फेला
रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेमा एक महिलाको शव फेला परेको छ । स्थानीय ५२ वर्षीया हस्तकली बुढाथोकीको आफ्नै घरमा शव भेटिएको हो ।
मन्त्रीसँग राउटे युवा
कर्णाली प्रदेश सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेललाई शुक्रबार कार्यकक्षमा भेटेर आफ्नो समस्या सुनाएपछि राउटे युवा सामूहिक तस्बिरमा ।
कालिकोटका सबै स्थानीय तह प्रमुख, उप प्रमुखविहीन
कालिकोटका नौ वटै स्थानीय सरकार प्रमुखविहीन भएका छन् । सबै स्थानीय तह मध्ये आठ स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले आफ्नो क्षेत्र छाडेपछि स्थानीय तह प्रमुख विहीन बनेको हो ।
खोल्सीगाउँका गर्भवती महिला स्वास्थ्य संस्था जाँदैनन्
जिल्लाको एउटा सिङ्गो गाउँका गर्भवती महिलाहरू गोठमै सुत्केरी हुने गरेको पाइएको छ । गाउँमा प्रसूति गृह नहुनु र गाउँवासीमा सुरक्षित सुत्केरी गराउने कुरामा जानकारी पाएर पनि त्यसलाई अटेरी गरेको कारण गर्भवती महिलाहरूले गोठ गोठमा सुत्केरी हुनु परेको हो ।
जाजरकोटमा च्याउ खाँदा छोराको मृत्यु, आमा सिकिस्त
जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको वारेकोट गाउँपालिका ४ सार्की टोलमा १८ वर्षका तुले सार्कीको मृत्यु भएको र आमा सिकिस्त बिरामी भएको जनाइएको छ ।
पश्चिम सुर्खेतमा सडक : सुस्त निर्माण, जोखिममा यात्रु
पश्चिम सुर्खेतमा सडकको सहज पहुँच छैन। भएका सडक पनि जीर्ण छन्। बर्सातको समयमा हिलाम्मे सडकले सास्ती दिन्छ। हिउँदमा धुलाम्मे सडकको दुःख वर्षाैंदेखि नागरिकले झेल्दै आएका छन्। मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिमका तीन वटा पालिका जोड्ने सडक स्तरोन्नति हुँदैछ। बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडकखण्डमा काम भइरहेको छ। यो सडक हुँदै दैनिक ठुलो सङ्ख्यामा मालवाहक, यात्रुवाहक र निजी सवारीसाधन ओहोरदोहोर गर्छन्। त्यही सडक बिचका खाल्टाखुल्टी र किनारमा थुपारिएका निर्माण सामग्रीले दुर्घटनाको जोखिम बढाइरहेको छ। पञ्चपुरी नगरपालिका–२ का पदम गिरीका अनुसार पुल र बाटो समयमा नबन्दा समस्या भइरहेको छ।
पर्यटक लोभ्याउँदै मनमोहक मौलिक चौमुखे घर
तस्बिरमै हेरिरहुँजस्तो लाग्ने, जोकसैको मन जित्ने मनमोहक मौलिक चौमुखे घरले पर्यटकलाई आकर्षित गरिरहेको छ । जिल्लाको पूर्वी प्रवेशद्वारको रूपमा भगवतीमाई गाउँपालिका–४ मनघरका नरेन्द्रजंग शाहीको घर हो यो ।
पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत वितरण
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–७ मा पहिरोमा परेर ज्यान गुमाएका दुई परिवारलाई जनही दुई लाखको दरले राहत रकम उपलब्ध गराइएको छ।
डोल्पामा दुई सातादेखि हवाई उडान ठप्प
दुई सातादेखि नेपालगन्ज डोल्पा हवाई उडान ठप्प भएको छ हवाई उडान नहुँदा सर्वसाधारणलाई समस्या परेको छ ।