• १ जेठ २०८२, बिहिबार

आयातित फूलका सट्टामा खोस्टाका माला

blog

राधा लुइटेल

फिदिम, जेठ १ गते । चौँरी महोत्सवको निम्तो स्विकार्दै पहिलो पटक फालेलुङ गाउँपालिका आइपुग्नुभएका कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डलसहितको टोलीलाई वडा नम्बर ५, प्राङबुङ प्रवेश गर्नासाथ गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहा नेतृत्वको टोलीले मकैका खोयाबाट तयार गरेको माला पहि-याएर स्वागत गर्नुभयो ।

सँगै रहनुभएका वडाध्यक्ष भरत खपाङ्गीसहितका जनप्रतिनिधि र कर्मचारीले उहाँहरूको टिमलाई मकैकै खोस्टाबाट तयार भएका फूलगुच्छा थमाउँदै स्वागत कार्यक्रमलाई पूर्णता दिनुभयो । खोयामा रङरोगन गरेर बनाइएका माला अतिथिका गलामा मखमली फूलको जस्तै गरी सजिएका थिए । सोही टोली फालेलुङ–४, चाररातेको चौँरी पकेट क्षेत्रमा पुग्दा महोत्सवका आयोजक र ग्वालाहरूले छुर्पीबाट तयार पारेका माला पहि-याउँदा अतिथिहरू छक्क परे ।

उपाध्यक्ष महेन्द्रहाङ जवेगूले फालेलुङमा आयातित प्लास्टिकजन्य वस्तु र सजावटका सामग्रीमा प्रतिबन्ध लगाइएकाले रैथाने उत्पादनलाई जोड दिन खोस्टाका फूल र खोयाका माला प्रयोगको नीति लिएको सुनाउँदै अतिथिका जिज्ञासा मेटाइदिनुभयो । उपाध्यक्षले यसो भनेपछि अतिथिहरूको ध्यान आफूले पहिरिएका माला र हातमा भएका पुष्पगुच्छातिर आकर्षित भयो । मन्त्री मण्डलले भन्नुभयो, “खोस्टा र खोयाबाटै यत्ति आकर्षक सामग्री ? झट्ट हेर्दा मखमली जस्तो, यो सिजनमा पनि मखमली फूल कहाँ फुल्दो रहेछ भन्ने लाग्ने ।” 

फालेलुङमा बाहिरबाट आयात गरिएका ब्याच र खादा प्रयोगमा प्रतिबन्ध लगाइएको छ । स्थानीय उत्पादनलाइ प्रवर्धन गर्ने उद्देश्यले एक वर्षअघि गाउ‘पालिकाले ब्याच र खादा प्रयोग नगर्ने नीति अनुमोदन गरेको थियो । सोही नीति कार्यान्वयन गर्न गाउ‘पालिकाले आयोजना गरेका सबै कार्यव्रmममा मकैका खोस्टा र खोयाबाट बनाइएका सामग्रीले अतिथि सत्कार गर्न थालेको हो । 

गाउँ‘पालिका उपाध्यक्ष महेन्द्रहाङ जवेगूले आयातित फूलमालाका सट्टा स्थानीयस्तरमा जे पाइन्छ त्यही फूल वा फूलको अभावमा खोया र खोस्टाका माला प्रयोग गर्न थालेको भन्नुभयो ।

कार्यव्रmममा उपस्थित अतिथिलाई स्वागत गर्ने मात्रै होइन, गाउँपालिकाको मातहतका कार्यालय र टेबल पनि खोस्टाबाट निर्मित फूलगुच्छाले सजाइएको छ । यसरी खोया र खोस्टाबाट निर्मित सामग्री हेर्नमा आकर्षक र टिकाउ पनि हुने स्थानीय बताँउछन् ।

वडा नं. ५ मा सञ्चालित सामुदायिक होमस्टेले त्यस्ता सामग्री निर्माण गर्दै आएको छ । स्थानीय शिल्पकुमार राईका अनुसार खोस्टाबाट फूल बनाउन रङ र तारबाहेक अरू सामग्री आवश्यक पर्दैन । कैचीले काटेर चारकुना मिलाइएका खोस्टा नुनपानीमा भिजाएर रङ लगाएपछि फूल बनाउन तयार हुन्छन् । 

यस्तै मकैका खोयालाई साइज मिलाएर काटेपछि रङ भरेर डोरीमा उन्दा आकर्षक माला तयार हुन्छन् । यसरी खोया र खोस्टाबाट अतिथि सत्कारका सामग्री निर्माण गर्दा सस्तो र सजिलो हुने बताइएको छ ।