• २ असार २०८२, सोमबार

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा थापा विजयी

blog

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठनमा निर्वाचित पदाधिकारीहरू ।

काठमाडौँ, असार  २ गते । प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा अमर थापा विजयी हुनुभएको छ । प्रमुख निर्वाचन अधिकृत चोकबहादुर मगरका अनुसार थापाले दुई सय ५६ मत ल्याउनुभइ विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी ओमप्रसाद थपलियाले दुई सय १३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, उपाध्यक्ष खुलामा भिमसेन बन्जरा निर्विरोध निर्वाचित हुनुभएको छ । उपाध्यक्ष महिलामा यसोदादेवी खरेल तीन सय पाँच मतसहित विजयी हुनुभयो । खरेलका निकटतम प्रतिस्पर्धी हिमादेवी बस्नेतले एक सय ५२ मत प्राप्त गर्नुभयो ।

महासचिवमा भुवन प्रसाद निरौला एक सय ६३ मतसहित निर्वाचित हुनुभएको छ । महासचिवका अरु तीन उम्मेदवारहरू चुडामणि पौडेलले ७४, देवीप्रसाद भट्टराईले ८३, शान्तीराम खतिवडाले २७ र शिव अर्यालले ११६ मत प्राप्त गर्नुभयो ।

उपसचिवमा बाबुराम राई, सचिवमा मुकुन्दप्रसाद अधिकारी र हरिप्रसाद मैनाली दुवैको मत एक सय ३१ आएपछि गोलामार्फत मुकुन्दप्रसाद अधिकारी विजयी हुनुभएको छ ।

सचिवमा अनिता गुरुङ, कोषाध्यक्षमा कुमारप्रसाद घिमिरे विजयी हुनुभएको छ ।

कोशी प्रदेशको सदस्यमा खगेन्द्रप्रसाद बास्कोटा, हरिबहादुर बराल, सुमित्रा कोइराला (महिला) निर्विरोध निर्वाचित हुनुभयो ।

मधेश प्रदेशको सदस्यमा दीपकबहादुर केसी, महम्मद रफिक मिया, पार्वतीकुमारी राउत (महिला), बाग्मती प्रदेशमा राजन सापकोटा, शेष शङ्कर उप्रेती, गण्डकीमा राम शर्मा, सोम बहादुर श्रेष्ठ, भुवन पराजुली काफ्ले (महिला), लुम्बिनीमा ठाकुरप्रसाद वली, पदम पाण्डे र हिरा कुँवलर अर्याल (महिला) निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी, कर्णाली प्रदेशको सदस्यमा गणेशबहादुर ओली, गणेश हमाल, नारायणनाथ योगी, अनिता तिमिल्सिना (महिला), सुदूरपश्चिममा प्रेमबहादुर शाही, भोजराज पाठक र आरती पाठक (महिला) निर्विरोध निर्वाचित हुनुभएको छ ।

सर्वोच्च बारमा सुशिलकुमार शर्मा सापकोटा, काठमाडौँ बारमा किशोर खतिवडा, ललितपुर जिल्ला बारमा सुशिल पोखरेल, भक्तपुर जिल्ला बारमा सानु सुवाल, उच्च बार पाटनमा गोपीकृष्ण थापा, मुकुन्दप्रसाद भट्टराई र श्याम रोका, उच्च बार पाटन महिलातर्फ भवानी भट्टराई गैरे, काभ्रेपलाञ्चोक बारमा केष्णप्रसाद भट्टराई, विशेष बारमा हरिप्रसाद पंगेनी निर्वाचित हुनुभएको छ ।

आदिवासी जनजातितर्फ अष्टलाल श्रेष्ठ, विनिता तामाङ (महिला) ओमप्रकाश चौधरी, कुन्जनी परियार प्यासी (दलित महिला) निर्वाचित हुनुभएको छ ।

नवोदित खुलातर्फ कैलाश तामाङ, निश्चल वाग्ले, वसन्त जोशी, ओजस्वी भट्टराई (महिला) र कृपा पोखरेल (महिला) निर्वाचित हुनुभएको छ ।

खुला सदस्यमा कृष्णप्रसाद आचार्य, महेश भट्टराई, लावण्य राज कार्की, विश्वम्भर बुढाथोकी, विष्णुप्रसाद भण्डारी, भद्रकुमारी राउत (महिला), सम्झना अधिकारी (महिला) र सुनिता राउत (महिला) निर्वारोध निर्वाचित हुनुभएको छ ।

लेखा आयोगको अध्यक्षमा हुमप्रसाद खनाल र सचिवमा विशालकुमार उपाध्याय तथा अनुशासन आयोगको उपाध्यक्षमा सम्बल चौलागाई र सचिवमा शिवराज रिमाल निर्विरोध निर्वाचित हुनुभएको छ ।