• १३ साउन २०८१, आइतबार

जाजरकोटमा च्याउ खाँदा छोराको मृत्यु, आमा सिकिस्त

blog

सहदेव बस्नेत

जाजरकोट, साउन १९ गते । जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बारेकोट गाउँपालिका ४ सार्की टोलमा १८ वर्षका तुले सार्कीको मृत्यु भएको  र आमा सिकिस्त बिरामी भएको जनाइएको छ । 

वडा अध्यक्ष विष्णु रावतले बिहीबार बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा छोराको मृत्यु भएको र आमा सिकिस्त भई प्राथमिक स्वास्थ्य केन्द्र लीम्सामा उपचार भइरहेको जानकारी दिनुभयो ।