भीरबाट लडेर पूर्व जनमुक्ति सेनाको मृत्यु
जिल्लाको नलगाड नगरपालिका–१ चीउरीमा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा स्थानीय कोदे भीरबाट लडेर पूर्व माओवादी जनमुक्ति सेना ३७ वर्षीय हरिश विकको मृत्यु भएको हो ।
नगरपालिकाविरुद्ध १० वडा अध्यक्षले हाले मुद्दा
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाविरुद्ध उच्च अदालत जुम्ला इजलासमा मुद्दा दर्ता भएको छ । नगर प्रमुख कमलबहादुर शाही र उपप्रमुख गणेशबहादुर शाहीले आफ्नो स्वार्थपूर्तिका लागि नगर सभामा भएका निर्णयलाई बदर गर्दै आफू अनुकूल बजेट र योजना बनाएको आरोपमा १० जना वडा अध्यक्षले नगरपालिकाविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।
रैथाने बाली खरिद गर्ने सम्झौता
सर्केगार्ड गाउँपालिका र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाबीच रैथाने बाली खरिदका लागि सम्झौता भएको छ । सर्केगार्ड गाउँपालिकामा उत्पादन हुने रैथाने बालीको संरक्षण र उत्पादन बृद्धि गरी किसानको आम्दानीमा बृद्धि गर्न सो सम्झौता गरिएको हो ।
हिमाली हीरा यार्सा बेचेर करोडौँ आम्दानी
गरिबको हीरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् ।
‘इच्छाशक्तिका अगाडि शारीरिक दुर्बलता गौण बन्दोरहेछ’
सेतै फुलेका कपाल, एक छेउमा उनी श्रीमती र उनीसँगै एउटा समाउने लौरी राखेर दुई दम्पती मिठाईका डब्बा बनाउने गर्नुहुन्छ ।
सिमकोटमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
सिमकोट गाउँपालिकाले आर्थिक वर्ष ०७९।०८० मा वार्षिक लक्ष्य राखेकोभन्दा झण्डै दोब्बर राजस्व असुली गर्न सफल भएको छ ।
कर्णालीका उत्पादनमा ‘मूल्यवान्’ प्रतीक चिह्न
मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा उत्पादित वस्तुमा प्रयोग गर्ने गरी ‘मूल्यवान्’ अङ्कित प्रतीक चिह्न सार्वजनिक गर्नुभएको छ। मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको कृषि उत्पादन मूल्यवान रहेको चर्चा गर्दै कर्णालीको विकासमा कृषिको योगदान पनि महत्वपूर्ण हुने भएकाले किसानलाई प्रेरणा दिने कार्ययोजना ल्याइएको बताउनुभयो।
सम्बन्धविच्छेदका मुद्दा ४५ प्रतिशत
रुकुम जिल्ला अदालतबाट आर्थिक वर्ष २०७९/८० मा फैसला भएका ४३७ मुद्दामध्ये दुई सय मुद्दा सम्बन्धविच्छेदका रहेका छन्। अदालतका अनुसार आर्थिक वर्ष २०७९/८० मा फैसला भएकामध्ये ४५.७७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदका रहेका छन्। अदालतका निमित्त स्रेस्तेदार लक्ष्मण विकका अनुसार फैसला भएकामध्ये दुई सय वटा मुद्दा सम्बन्धविच्छेका छन्। जम्मा ६०३ वटा मुद्दा आएकोमा २७३ वटा सम्बन्धविच्छेदका रहेका छन्। कुल मुद्दामध्ये ४०१ वटा देवानी, २०२ वटा फौजदारी मुद्दा रहेका छन्। दुई वटा मुद्दा भने पुनरावेदन तर्फका छन्।
बेलिब्रिज बगाएपछि सास्ती
कर्णाली कोरिडोर अन्तर्गत कालीकोटको फुगाड खोलामा बनाइएको बेलिब्रिज बगाएको तीन वर्ष भए पनि पुनर्निर्माण हुन सकेको छैन। फुगाड खोलाको सिरानमा खुला पाटन भएकाले पानी पर्ने बित्तिकै बाढीका रूपमा बग्ने भएकाले यातायातसँगै पैदल हिँड्नेले दुःख भोग्दै आएका छन्। फुगाड खोला नजिकै बसोबास गर्नुहुने
अलपत्र पुलको नयाँ ठेक्का खोल्ने तयारी
बराहताल गाउँपालिकाको रानीघाटस्थित भेरी नदीमा पुल बनाउन थालेको ११ वर्षपछि नयाँ टेन्डर खोल्ने तयारी थालिएको छ। प्रतिनिधि सभा सदस्य हृदयराम थानी, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, पुल महाशाखाका उपमहानिर्देशक नरेशमान शाक्यलगायतको टोलीबिच भएको उक्त पुलसम्बन्धी छलफलपछि विभागले नयाँ ठेक्का गर्ने निर्णय गरेको हो। पुनः ठेक्का प्रक्रियामा जानुपूर्व पहिले बनेका संरचना पुनः प्रयोग गर्न मिल्ने/नमिल्ने विषयमा अध्ययन गरिने बताइएको छ।
अनुमतिबिनै मेडिकल सञ्चालन
सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकामा अनुमतिबिनै मेडिकलहरु सञ्चालन भइरहेको पाइएको छ । सिमकोटमा सञ्चालित मेडिकलहरुको अनुगमन गर्ने क्रममा सो पाइएको हो ।
आयआर्जनको माध्यम तरकारी खेती
सल्यान कपुरकोट गाउँपालिका–३ का तुलसी केसीलाई अचेल तरकारी टिप्न र बेच्न भ्याईनभ्याई छ । कुनै बेला रोजगारीका लागि श्रीमानसँग भारतसम्म पुग्नुभएको केसीको तरकारी खेती नै आयस्रोतको प्रमुख माध्यम बनेको छ ।
जाजरकोट–जुम्ला सुरुङ मार्ग अध्ययनमा अवरोध
लगातारको वर्षाले सडक अवरुद्ध हुँदा जाजरकोट–जुम्ला जोड्ने सुरुङ मार्ग अध्ययनमा अवरोध भएको छ । इटीको–टिएमएस रेज जेभीले सुरुङ मार्ग अध्ययन गरिरहेको छ ।
डोजरले तार्दै गाडी
कर्णाली कोरिडोरको पिलु खोलामा डोजरले गाडी तार्दै आएको छ । बाजुराको बुढीनन्दा नगरपालिकाको पिलु खोलामा बाढी आएको बेला डोजरको सहारामा गाडी तारिँदै आएको छ ।
पुल बगाएपछि आवागमन बन्द
तिलागुफा नगरपालिका–६ र ९ जोड्ने पक्की पुल बगाएको ११ महिना बित्दा पनि पुनर्निर्माण हुन सकेको छैन । २०७९ साल असोजमा तिला नदीमा आएको बाढीले पक्की पुल बगाएपछि नगरका तीन वडा र महावै गाउँपालिका आउजाउमा समस्या आएको छ ।
सवारी कारबाहीबाट ११ लाखभन्दा बढी राजस्व सङ्कलन
पछिल्लो समय डोल्पामा सवारी दुर्घटना न्यूनीकरण हुँदै गएको पाइएको छ ।
रिङरोडको बजेट वर्षेनी फ्रिज
सदरमुकाम सिमकोटको रिङरोड निर्माणका लागि विनियोजित बजेट वर्षेनी फ्रिज जाने गरेको पाइएको छ । सिमकोट गाउँपालिका– ५ का स्थानीय जग्गा धनी उपभोक्ताहरुले समयमै काम सुरु नगर्नु र असार अन्तिममा काम गर्ने प्रबृतिका कारण सो बजेट फ्रिर्ता जाने गरेको हो ।
कोटिलामा ताल बनाइने
दैलेखको कोटिलामा ताल निर्माणका लागि लगानी जुटाउन पहल थालिएको छ। नारायण नगरपालिका–१ र ९ र दुल्लु नगरपालिका–११ को सिमानामा निर्माण गर्न लागिएको तालका लागि लगानी जुटाउन पहल थालिएको हो। प्रतिनिधि सभा सदस्य अमरबहादुर थापाका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ताल निर्माणका लागि आवश्यक सहयोग माग गरिएको छ। पुनः डिपिआर गरेर ताल निर्माणको काम अघि बढाउनुपर्ने भएकाले सोही अनुसार लगानी जुटाउन पहल भइरहेको छ। गौरवको आयोजनाका रूपमा हेरिएको पञ्चकोशी ताल निर्माणका लागि विभिन्न क्षेत्रका दातृ निकायसँग समेत छलफल भइरहेको जनाइएको छ।
बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
रुकुम पश्चिममा एक बालिकालाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जुम्लामा वडाबाटै नुन वितरण
जुम्लामा नुन नपाईएको भन्दै साल्ट ट्रेनिङ कार्यालयमा नागरिकले तोडफोड गरेपछि वडाबाट नुन वितरण गर्न सुरु गरिएको छ । नेपाल साल्टट्रेनिङ कार्यालयले वडामा नुन पठाउन सुरु गरेपछि वडा कार्यालयले वितरण गर्न सुरु गरेको हो ।
दुई हप्तादेखि खच्च सलीसल्ला सडक अवरुद्ध
दुई हप्तादेखि कर्णाली कोरिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका–१ को खच्चदेखि सलीसल्लासम्मको सडक अवरुद्ध भएको छ । खच्चमा माथिबाट आएको पहिरोले सडक पुरिँदा यातायातका साधन अवरुद्ध हुँदै आएका हुन् ।
आधारभूत सेवा सुविधाकै कमी छ
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा छ। जिल्ला सदरमुकामसमेत यसै नगरपालिकामा पर्ने भएकाले पनि आर्थिक सामाजिक भौतिक संरचना निर्माण, शैक्षिकलगायत स्वास्थ्य र सडक विकासको दृष्टिले पनि अन्य स्थानीय तहभन्दा धेरै महत्व छ। ठुलीभेरी नगरपालिकाका प्रमुखमा श्वबर्णकुमार बुढा हुनुहुन्छ। नेपाली कांग्रेसबाट प्रमुखमा निर्वाचित बुढाले दुर्गम नगरपालिकाको विकासका लागि क्षमताले सके अनुसारको काम गर्न लागेको बताउनुभयो। प्रस्तुत छ, नगर प्रमुख श्वबर्णकुमार बुढासँग गोरखापत्रका विष्णुप्रसाद देवकोटाले गर्नुभएको कुराकानी :
जुम्लामा बाह्र हजार पशु ‘लम्पी स्किन’बाट सङ्क्रमित
जुम्लाको आठवटै स्थानीय तहका करिब १२ हजारभन्दा बढी पशु ‘लम्पी स्किन’ रोगबाट सङ्क्रमित भएका छन् । जिल्लाभर प्रकोपको रूपमा फैलिइरहेको रोगले १२ हजार पाँच सय गाईभैँसी, गोरु, बाछाबाछी सङ्क्रमित भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताउनुभयो ।
गोदामले माग धान्दैन
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुगु शाखा कार्यालयले आवश्यकता अनुसारको चामल आपूर्ति गर्न सकेको छैन। खाद्यले आर्थिक वर्ष २०७९/८० मा नियमित कोटा अनुसार ११ हजार ८९० क्विन्टल चामल ल्याएको थियो। हाल एक हजार क्विन्टल चामल मौज्दात रहेको जनाइएको छ। कार्यालय प्रमुख पुष्कर भामका अनुसार जिल्लाको शाखा कार्यालयमा अनुदानका चामलको कोटा कम हुँदा जिल्लाका नागरिकको माग अनुसार वितरण गर्न सकिएको छैन।