जाजरकोट समाचारदाता
जाजरकोट, साउन १३ गते । जिल्लाको नलगाड नगरपालिका–१ चीउरीमा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा स्थानीय कोदे भीरबाट लडेर पूर्व माओवादी जनमुक्ति सेना ३७ वर्षीय हरिश विकको मृत्यु भएको हो ।
वडाध्यक्ष धर्मेन्द्र महरले शुक्रबार बिहान नजिकैको भिरमा घाँस काट्ने क्रममा लडेर उहाँको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । स्वास्थ्य केन्द्र दिल्लीमा मृतकको शुक्रबार पोस्टमार्टम गरिएको र शनिबार दाहसंस्कार गरिने वडा अध्यक्ष महरले बताउनुभयो ।
जाजरकोटमा रुख र भीरबाट लडेर बर्सेनि ५० जना नागरिकले अकालमा ज्यान गुमाउनु परेको प्रहरीले जनाएको छ ।