पाटनमा चट्याङबाट ५० भेडाबाख्रा मरे
जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् ।
बोटमै पहेँलिएका जौँ र गहुँ टिप्दै हुम्लाका किसान
हुम्लाका किसानहरू जौ र गहुँ उत्पादन भएको जग्गामै पहेँलिएको अवस्थामा टिप्न बाध्य छन् । लगातार वर्षा भएको कारण जग्गामै पहेँलिएको जौ र गहुँ किसानले टिप्नु परि रहेको हो ।
एकीकृत भवन बनाउन जग्गा सिफारिस
जिल्ला विपत् व्यवस्थापन समिति सुर्खेतले कर्णालीमा एकीकृत प्रशासकीय भवन बनाउन आवश्यक जग्गा उपलब्ध गराउने भएको छ। समितिको शुक्रबार बसेको बैठकले कर्णाली प्रदेश सरकारका मन्त्रालय एकै ठाउँमा राख्ने गरी बनाइने एकीकृत भवनका लागि वीरेन्द्रनगरस्थित आन्तरिक मामिला तथा योजना मन्त्रालयको दक्षिण तर्फको खाली जग्गा उपलब्ध गराउन सकिने सिफारिस नेपाल सरकारलाई गरेको हो।
‘सर्वनाम’ विमोचन
साहित्यकार मधु बस्नेत शाही (मधुश्री) को सर्वनाम गजल सङ्ग्रह विमोचन गरिएको छ। २१० औँ भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर पारी शुक्रबार जिल्ला न्यायाधीश दिलप्रसाद सापकोटाले गजल सङ्ग्रह विमोचन गर्नुभएको हो। सो अवसरमा उहाँले समग्र क्षेत्रको विषयवस्तु समेटेर गजल तयार पारेर गजलकार मधुश्रीले आफूमा भएको कलालाई गजलमार्फत प्रस्फुटन गर्नुभएको बताउनुभयो। सङ्ग्रहमा ५६ वटा गजल समावेश गरिएका छन्।
इन्धनको मूल्य निर्धारण
हुम्ला जिल्लाभर लागु हुने गरी इन्धनको मूल्य निर्धारण गरिएको छ ।
स्वास्थ्य बिमा सेवा लिनै सास्ती
सुर्खेतस्थित प्रदेश अस्पतालमा दैनिक नौ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । यहाँ बिमा सेवा लिन भने सेवाग्राहीलाई समस्या रहेको छ । वीरेन्द्रनगर नगरपालिका–९ की ३८ वर्षीया जानकी बुढाले स्वास्थ्य बिमा सेवा लिन निकै झन्झटिलो लागेको बताउनुभयो । उहाँका अनुसार कागजपत्र नमिलेको भन्दै झन्झट र दुःख दिने गरिएको छ । अस्पतालमा सेवा लिन लगातार तीन दिनसम्म धाउँदा पनि सेवा लिन सहज भएन । वीरेन्द्रनगर नगरपालिका–३ का ४१ वर्षीय जीवन शाहीले स्वास्थ्य बिमा कार्यक्रम राम्रो भए पनि प्रक्रिया झन्झटिलो र व्यवस्थापन कमजोर हुँदा सेवा लिन सास्ती भएको बताउनुभयो । प्रदेश अस्पतालका स्वास्थ्य बिमा ‘फोकल पर्सन’ रामप्रसाद भण्डारीले बिमाको प्रक्रिया झन्झटिलोभन्दा पनि यसबारे बीमितलाई बुझाउन नसक्दा समस्या भएको बताउनुभयो । उहाँका अनुसार जनशक्तिको अभाव र नागरिकमा प्रक्रियाबारे ज्ञान नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको हो । दैनिक पाँच सयदेखि आठ सयको हाराहारीमा स्वास्थ्य बिमाका सेवाग्राही प्रदेश अस्पतालमा आउने गरेका छन् । कर्मचारी अभावका कारण भने एक कर्मचारी बराबर दुईदेखि साढे दुई सय सेवाग्राहीलाई सेवा दिनुपर्ने अवस्था छ ।
कुटपिटपछि कर्मचारीले गरे सेवा बन्द
सानीभेरी गाउँपालिकाका इन्जिनियर रेशम लम्सालमाथि आक्रमण गरेको आरोपमा सानीभेरी गाउँपालिका–३ का गोविन्द ओलीलाई प्रहरीले पक्राउ गरेको । इन्जिनियर लम्सालले योजनाको लागत रकम कम मूल्याङ्कन गरेको भन्दै ओलीले कुटपिट गरेको बताइन्छ । सानीभेरी गाउँपालिका–९ स्थित सिम्ली बजारबाट कार्यालय जाँदै गर्दा इन्जिनियर लम्सालमाथि कुटपिट भएको हो ।
उत्पादनको आधारमा कृषकलाई प्रोत्साहन गरिने छ: मन्त्री शर्मा
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले किसानलाई अव उत्पादनको आधारमा प्रोत्साहन रकम वितरण गरिने बत्ताउनु भएको छ । साथै किसानलाई उनीहरूको घरबारीमै गएर सम्मान गरिने पनि मन्त्री शर्माले बताउनु भएको छ ।
जरायो मारेको आरोपमा चार जना पक्राउ
सुर्खेतको काँक्रेविहारमा जरायो मारेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर-९ स्थित नयाँगाउँ क्षेत्रमा जरायो मारेर मासु भागबन्डा गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
एमालेविरूद्धकाे घेराबन्दी चिर्नुपर्छ : उपमहासचिव ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले एमालेविरूद्ध चौतर्फी घेराबन्दी जारी रहेको बताउनुभएको छ । हरेक बिषयसँग जोडेर एमालेलाई बदनाम गराउने देशी बिदेशी षड्यान्त्रलाई चिर्न पार्टीसम्वद्व प्रचार तथा प्रकाशन कमिटीले कार्ययोजना बनाएर जनता माझ पुगाउन अनिवार्य रहेको उहाँले चर्चा गर्नुभयो ।
हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प
हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो ।
हस्तकला र लघुउद्यम प्रदर्शनी
कपुरकोट गाउँपालिकाले बहृत् हस्तकला तथा लघुउद्यम प्रदर्शनी आयोजना गरेको छ। ‘उद्यम गरौँ उद्यमशीलताको विकास गरौँ’ भन्ने उद्देश्यले पालिकाभित्रका हस्तकला तथा लघुउद्यमका सामग्री प्रदर्शनीमा राखिएको बताइन्छ। प्रदर्शनीमा चोयाको डोको, सल्यानी खुकुरी, चोयाको पेरुङ्गो, साबुन, सर्फ, चोयाको डालो, कागजको लेदोबाट बनेको मूर्ति, गुडियालगायतका सामग्री राखिएको थियो।
गर्भ जाँचपछि अन्डा कोसेली
छेडेगाड नगरपालिकाले गर्भवती महिलाले स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गरेपछि एक क्रेट अन्डा दिने निर्णय गरेको छ। शतप्रतिशत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा आउने वातावरण तयार गर्न गर्भ जाँचपछि अन्डा वितरण गर्न थालिएको हो। आमा र बच्चाको स्वास्थ्य अवस्था पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले कम्तीमा आठ पटक गर्भ जाँच गराउनु पर्ने व्यवस्था गरेको छ। भौगोलिक विकटता दुर्गम गाउँबस्तीका महिला स्वास्थ्य संस्था पुग्न नसक्दा घरमै असुरक्षित सुत्केरी गराइँदा आमा र बच्चाको ज्यान जोखिममा पर्दै आएको छ। गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म पुग्ने वातावरण निर्माण गर्न साउन १ देखि लागु हुने गरी अन्डा वितरण अभियान थालिएको हो।
पार्टी नयाँ पुराना भन्दा सिद्धान्त ठूलो हो : उपमहासचिव ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मिसन ग्रासरुटले नयाँ कुराहरु पत्ता लागेको बताउनुभएको छ । प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत पुग्नुभएका ज्ञवालीले सो कुरा बताउनुभएको हो ।
श्रीनगरमा खानेपानीको हाहाकार
खानेपानीको अन्य विकल्प नभएपछि घरको एक जना मानिसको कामै लाइनमा बसेर पालो आएको बेला पानी भर्ने रहेको बताउदै उहाँले जति समय लागेपनि लाईनमा बसेर पानी भर्नुको अन्य विकल्प नभएको बताउनुभयो ।
बहुमतले बजेट पारित
कर्णाली प्रदेश सभा बैठकले आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले विनियोजन विधेयक २०८० र आर्थिक विधेयक २०८० सहित समग्र बजेट पारित गरियोस् भनी बैठकमा प्रस्ताव राख्नुभएको थियो। योजनामन्त्री सिंहले असार १ गते आव २०८०/८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो।
मोटरसाइकल बोकेको भाडा तीस हजार रुपियाँ
सर्केगाड गाउँपालिकाको स्याल्तडीदेखि खार्पुनाथ गाउँपालिकाको छारेसम्म मोटरसाइकल बोकेको भाडा ३० हजार रुपियाँ तिर्ने गरिएको छ। तीन घण्टाको बाटोमा मोटरसाइकल बोकेर लैजाने गरिएको छ। मोटरसाइकल चालक नन्द सिंहले नेपालगन्जबाट सलीसल्ला हुँदै सर्केगाड गाउँपालिकाको स्याल्तडीसम्म गाडीमा मोटरसाइकल ल्याइन्छ। त्यस यताको करिब पाँच किलोमिटर क्षेत्रमा मानिसलाई बोकाएर मोटरसाइकल ल्याउनुपर्ने बाध्यता छ।
समयमा अख्तियारी नआउँदा भवन निर्माणमा कठिनाइ
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा बन्ने भौतिक संरचना प्रायः एक आर्थिक वर्षमा सम्पन्न हुन कठिन हुनेगरेको छ । मन्त्रालयले विद्यालय क्षेत्रमा गर्ने भौतिक सहयोग बिषेश आयोजनाको समयमा अख्तियारी नपठाएका कारण योजनाले पूर्णता पाउन कठिन भएको हो ।
छोरी बलात्कारको कसुरमा ३३ वर्ष कैद फैसला
जिल्ला अदालत दैलेखले १७ वर्षीया आफ्नै छोरी बलात्कारको कसुरमा ५० वर्षका एक जनालाई ३३ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सोमवार भएको उक्त फैसला भएको सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।
लम्पी स्किन रोगबाट चौँरी समेत सङ्क्रमित
नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका चौँरी गाई समेत लम्पी स्किन रोगबाट सङ्क्रमण सुरु भएको छ । चौँरी गाई बिरामी हुँदा पशु चिकित्सकले चेकजाँच गर्दा सो रोग देखिएको हो ।
स्रोत जुटाउनुपर्ने चुनौती छ
नेपाली भाषा र संस्कृतिको उद्गम स्थल, खस सभ्यता केन्द्र र खस राज्यको राजधानी मानिन्छ, जुम्लाको सिँजा । ऐतिहासिक महत्वको सिँजा क्षेत्रमा पर्ने हिमा गाउँपालिका भाषिक, सांस्कृतिक र पर्यटकीय हिसाबले धनी छ । १३२.३२ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो गाउँपालिकाको जनसङ्ख्या १२ हजार ६१२ र जनघनत्व प्रतिवर्गकिलोमिटर ८३ जना मात्रै छ । दुर्गम तर प्राकृतिक रूपमा धनी यो गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही राष्ट्रिय गाउँपालिका महासङ्घको केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ । अध्यक्ष शाहीसँग गोरखापत्रका नेत्र शाहीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
डोल्पामा वन अधिकृतले गरे कानुन विपरीत १५ लाख भुक्तानी
डिभिजन वन कार्यालय डोल्पाले बिना प्रतिस्पर्धा एक परामर्शदातालाई १५ लाख रुपियाँ भुक्तानी गरेको पाइएको छ । डिभिजन वन कार्यालयका निमित्त वन अधिकृत महेश कुमाईंको आन्तरिक मिलेमतोमा आफन्त नाता पर्नेको फर्मलाई बिना प्रतिस्पर्धा १५ लाख भुक्तानी गरेको पाइएको हो ।
कर्णालीलाई पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिने
कर्णाली प्रदेशलाई आगामी भदौमा पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिने भएको छ । कर्णाली प्रदेशका १० जिल्लालाई पूर्ण खोपयुक्त घोषणा भएपछि अब प्रदेश घोषणाको तयारी थालिएको हो ।
विद्यालयमा छैन दरबन्दी, स्थानीय तह शिक्षक राख्दै
कालीकोटको महाबै गाउँपालिका–६ स्थित चन्द्रादेवी माविमा १३ जना शिक्षक छन्। तीमध्ये एक जना मात्र दरबन्दीका स्थायी शिक्षक छन्। १० कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा गाउँपालिका अनुदानका चार जना, राहत कोटाका चार जना, निजी स्रोतका तीन जना र बाल विकास केन्द्रका एक जना छन्। प्रधानाध्यापक धर्मराज शाहीले स्थायी दरबन्दीका शिक्षक नहुँदा पठनपाठन प्रभावकारी बन्न नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, “प्रावि तहमा मात्र एउटा दरबन्दी छ, निमावि र माविमा त एउटै छैन। यस्तो अवस्थामा सोचे जस्तो पठनपाठन कसरी हुन्छ ?” कालीकोटमा दरबन्दीका शिक्षकबिनै