• ५ वैशाख २०८१, बुधबार

पार्टी नयाँ पुराना भन्दा सिद्धान्त ठूलो हो : उपमहासचिव ज्ञवाली

blog

नेकपा (एमाले) का प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्नुदुदै उपमहासचिव प्रदीप ज्ञवाली । तस्बिर : नवीन सुवेदी

नवीन सुवेदी

सुर्खेत, असार २७ गते । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मिसन ग्रासरुटले नयाँ कुराहरु पत्ता लागेको बताउनुभएको छ । प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत पुग्नुभएका ज्ञवालीले सो कुरा बताउनुभएको हो । 

“पार्टी नयाँ पुराना भन्ने हैन । विचार र त्यसको सिद्धान्त के हो भन्ने कुरा महत्वपूर्ण हुन्छ” उहाँले भन्नुभयो, “पपुलिज्म (लोकरिझ्याइँ) का आधारमा पार्टी बन्न सक्दैन् । नवस्थापित दलहरूमा स्पष्ट विचार र सिद्धान्त देखिदैन ।”  

एमालेका स्कुल विभाग प्रमुख समेत रहनुभएका ज्ञावालीले नियममित पार्टी स्कुलिङको काम गर्नमा कर्णाली अग्रसर भएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले  सातै प्रदेशकमा स्कुलहरु सञ्चालन गर्ने ७७ वटै जिल्लामा पार्टी स्कुल विभागहरु सञ्जालन गर्ने र त्यसका लागि पार्टीको स्कुलिङ र जनपरिचालनका लगि सात जना केन्द्रीय कमिटिहरु खटिएको जानकारी दिनुभयो ।  

नेता ज्ञवालीले स्कुल विभागको अनुशासन, इमान्दारिता निरन्तरता लागतयका सबै विषयमा ज्ञान बाड्ने बताउनुभयो । “उत्पदानको ढाँचामा धेरै परिर्वतन आएका छन् । ती प्रविधिसँग आफैलाई जोडेर अगाडि लैजानुपर्छ । अनिमात्रै हामी अगाडि बढ्छौँ” उहाँले भन्नुभयो ।

यस्तै, नेकपा (एमाले) का केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्टले पार्टीको १० औँ महाधिवेशनले लिएको नीतिअनुसार गति लिन नसकेको बताउनुभयो । पार्टीको अवस्था राम्रो हुँदाहुँदै पनि नतिजा सोचेजस्तो आएन उहाँले भन्नुभयो ।  

कार्यक्रमा एमालेका केन्द्रीय सदस्य तथा स्कुल विभाग कर्णाली संयोजक विष्णु रिजालले कर्णाली स्कुल विभागको निर्देशनमा कार्यक्रको सुरुवात भएको बताउनुभयो । उत्साहजनक सहभागिता रहेको हुँदा पार्टीले स्कुलको आवश्यकता र महत्वलाई ध्यान राख्ने उहाँले बताउनुभयो ।