‘दुल्लु विद्रोह’का अठार वर्ष पीडितले पाएनन् क्षतिपूर्ति
वि.सं. २०६१ को हिउँदमा विद्रोही माओवादीविरुद्ध विद्रोह गरेका सर्वसाधारण नागरिकमाथि राज्यको बलमिच्याइँ कायम छ । उनीहरूले अहिलेसम्म आफ्नो जग्गा फिर्ता र क्षतिपूर्ति पाउन सकेका छैनन् । सो वर्षको कात्तिक २३ मा दुल्लु नगरपालिका–८ का राजु वज्राचार्यलाई माओवादी कार्यकर्ताले जबरजस्ती वडा जनसरकार प्रमुख घोषणा गरी ‘कम्ब्याट ड्रेस’ लगाइदिए । अर्को दिन सदरमुकामबाट सेना दुल्लु पुग्यो । मिलिसियाको पोसाक लगाएका राजु भाग्न खोजे । चिया पसलबाट ओरालो दौडिरहेका बेला सेनाको गोलीबाट राजु ढले ।
लिमीमा नौ महिनापछि पठाइयो खाद्यान्न
नाँम्खा गाउँपालिका –६ को हिमालपारीको गाउँ लिमीका लागि नौ महिनापछि खाद्यन्न पैदल मार्ग हुँदै सदरमुुकामबाट पठाइएको छ । लिमी जाने न्यालुु सडक मर्मतपछि सुुचारु हुँदा सो खाद्यन्न पठाइएको हो ।
सत्ता पक्षकै सांसदहरुद्वारा प्रदेशसभा बैठक वहिस्कार
कर्णाली प्रदेश सभाको मंगलबारको बैठक सत्तापक्षकै प्रदेश सभा सदस्यहरुले बहिस्कार गरेका छन् । सरकार एकलौटी ढंगले अघि बढेको भन्दै नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यहरुले प्रदेशसभा बैठक बहिस्कार गरेका हुन् ।
डुबेर एकै घरका दुई बालबालिकाको मृत्यु
दैलेखमा एकै घरका दुई बालबालिकाको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । दुल्लु नगरपालिका वडा नं ३ सियाला बखत महतका छोरा १२ वर्षीय दिनेश महत र छोरी नौ वर्षीया अनिता महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
तुम्चमा जोखिमपूर्ण यात्रा
कर्णाली कोरिडोरको हुम्ला सडक खण्डको दोमुखदेखि तुम्चसम्म वर्षात्मा हिलाम्मे सडकमा चालकलाई गाडी गुडाउन मुस्किल छ । उक्त सडकखण्डमा ट्र्याक खोल्ने काम मात्र भएको तर ग्राभेल नगरिएको कारण यो समस्या भएको हो ।
हुम्लामा ४५ प्रतिशत मात्र पुुँजीगत खर्च
राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा आर्थिक वर्ष २०७८-०७९ मा पुँजीगत (बिकासे) खर्च ४५ प्रतिशत मात्र भएको छ । समयमा बिकासे कामहरु हुन नसकेको कारण पुुँजीगत खर्च हालसम्म कै कम भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
सुत्केरी महिलाको हवाई उद्दार
दैलेखमा सुत्केरी महिलाको हेलीकप्टर मार्फत उद्दार गरिएको छ । जिल्लाको आठबिस नगरपालिका–१ की डम्मकुमारी थापाको नेपाली सेनाको हेलीकप्टरबाट उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । सुत्केरी ब्यथाले च्यापेपछि थापालाई सात्तला स्वास्थ्य चौकीमा बिहान ६ बजे स्वास्थ्य संस्थामा लगिएको थियो ।
बस्ती विस्तार शीर्षकको बजेट फिर्ता, गाउँ जोखिममै
जोखिममा रहेका बस्ती प्रवर्धनका लागि आएको बजेट फिर्ता गएको पाइएको छ । सिमकोट गाउँपालिका –४ को उच्च जोखिममा रहेको स्याम्ने गाउँको बस्ती बिस्तारका लागि आएको बजेट फिर्ता गएको हो ।
जाजरकोटका ७४६ उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण
भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवार बनेका अधिकांश उम्मेदवारले खर्च विवरण नबुझाएको पाइएको छ । निर्वाचन कार्यालय जाजरकोटले का अनुसार कुल एक हजार २९८ जना उम्मेदवार मध्य हालसम्म ५५२ जनाले मात्र खर्च विवरण बुझाएका छन् ।
गोलीकाण्ड छानबिन गर्न समिति
गुराँस गाउँपालिकामा शुक्रबार साँझ करार कर्मचारीले गरेको आन्दोलनमा भएको गोलीकाण्डको सत्य तथ्य बुझ्न छानबिन समिति गठन गरिएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकपछि दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव ज्ञानमणि नेपालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
साउने संक्रान्ति राँको बालेर लुतो फालियो
परम्परागत चाडपर्वका रुपमा मनाउदै आएको साउने संक्रान्ति राँको बाल्दै लुतो फाल्ने परम्परागत संस्कृतिलाई अनुसरण गरी मनाईएको छ ।
जुम्लाका एकसय ४३ भेडापालकले पाए गोठालो भत्ता
जुम्लाका एक सय ४३ जना किसानले गोठालो भत्ता पाएका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा दुई सय ६५ किसानले निवेदन दिएका थिए । निवेदन परेका कृषकको अनुगमन गरेर १४३ किसानलाई भत्ता दिईएको हो ।
सडक निर्माण भएपछि व्यापार व्यवसाय गर्न निकै सहज
सडक निर्माण भएपछि व्यापार व्यवसाय गर्न निकै सहज भएको बताइएको छ । मार्तडी कोल्टी सडक कोल्टी हुँदै हिमाली गाउँपालिकासम्मको सो सडक स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहयोगमा स्तरोन्नतिका लागि धमाधम काम सुरु गरिँदैछ ।
भीरमा झुण्डिएर सडक खन्दै नेपाली सेना
कर्णाली करिडोरको हुुम्ला खण्डको कडा चट्टानी भीरमा नेपाली सेनाका जवानहरुले ज्यानको बाजी राखेर काम गर्दै आएको छ । जुना शाहीले शरिरमा डोरी बाँधेर होल खोप्ने काम गर्दै आउनुभएको छ । अग्लो र चट्टानी भीर भएको स्थान सुनाखाडामा काम उहाँसँगे सेनाका अन्य जवानहरु पनि यसरीनै ज्यानलाई जोखिम मोलेर काम गर्दै आउनुभएको छ ।
चौबीस सय मुद्दा फैसला
जिल्ला अदालत सुर्खेतले दुई हजार ४०९ वटा मुद्दामध्ये एक आर्थिक वर्षमा एक हजार ७४० वटा मुद्दाको किनारा लगाएको छ । न्याय सम्पादनको यस तथ्याङ्कलाई केलाउँदा सुर्खेतमा सबैभन्दा ठूलो समस्या पारिवारिक सम्बन्धको पाइएको छ ।
निर्माण सम्पन्न नहुँदै जुम्ला–कालिकोट जोड्ने हिमा नदीको पक्की पुल चर्कियो
नेत्र शाही असार ३२ गते । जुम्ला र कालिकोट जोड्ने हिमा नदीको सिंजाखोला पुल निर्माण सम्पन्न नहुँदै चर्किएको छ । पुलको निर्माण कार्य ढलानसमेत नहुँदै चर्किएर खतरा अवस्थामा पुगेको हो । पुल निर्माणको क्रममा पुल चर्किएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माका अनुसार कालिकोटको छिडेना र सिंजा खोलाको उक्त पक्की पुल १३ करोडको लागतमा निर्माणको जिम्मा दिइएको थियो । सिंजाखोलाको उक्त फरक प्रविधिको पुल प्रिटेष्ट गर्न खोज्दा चर्किएको इन्जिनियर शर्माले जानकारी दिनुभयो । यो वर्ष पुल संचालनमा ल्याउने तयारी थियो । तर, प्रिटेष्ट गर्दा चर्किएपछि अहिले काम रोकिएको छ । सड्क डिभिजन कार्यालयले पुल निर्माणमा कमसल सामग्री प्रयोग नभएको दाबी गरेको छ। निर्माण सम्पन्न नहुँदै पुल चर्किएपछि स्थानीय त्रसिद भएका छन् । सोही स्थानमा लामो समय अघि निर्माण भएको बेलिब्रिज पुल जीर्ण भइसकेको छ । सो पुल निर्माण निर्माण भएपछि चाँडै गाडी गुडाउने सपना फेरि धकेलिएको छ ।जुम्ला कर्णालीको साविक राजधानी पनि हो । सडक संजाल जोडिएपछि नेपालगञ्ज सुर्खेतबाट बाक्ला मात्रामा सवारी साधन, मालवहाक साधन र पर्यटक भित्रिने गरेका छन् । तर, पुल निर्माण समयमा नहुँदा जीर्ण बेलिब्रिज पुल जोखिम भएकाले चाँडै बनाउन स्थानीयको दबाब छ ।
शनिबार पनि बैंकको सेवा सुचारु
राष्ट्रिय वाणिज्य बैङकले शनिबार बिदाको दिनमा पनि आफ्नो सेवा सुुचारु गरेको छ । आर्थिक वर्षको अन्तिम समय भएका कारण गाउँबाट सेवाग्राही भुक्तानी लिन आएकाले बिदाको दिन पनि सेवा सुचारु गरेको बैंकका कर्मचारीको भनाइ छ ।
करार कर्मचारीद्वारा गाउँपालिकामा तोडफोड
गुराँस गाउँपालिकामा कार्यरत करार कर्मचारीको करार सम्झौता नगर्ने विषयलाई लिएर गाउँपालिकाको कार्यालय तोडफोड गरिएको छ । करार कर्मचारीले गरेको आन्दोलनले उग्र रुप लिएपछि कार्यालयमा तोडफोड भएको हो ।
किन पाप पखाल्न आउँदैन पवित्र छायाँनाथमा
काठमाडौको पशुपतिनाथ, मुस्ताङको मुक्तिनाथ र भारतको केदारनाथसँगैको अर्को नाम हो छायाँनाथ । हिन्दुधर्मका यी महत्वपूर्ण चार धाममध्येको छायाँनाथ भने अरुभन्दा ओझेल परेको छ । नेपालकै दुर्गम मुगु जिल्ला त्यस माथिपनि मुगुको पनि दुर्गम क्षेत्रमा अवस्थित छ छायाँनाथ ।
प्रदेश सभाबाट दुई विधेयक पारित
कर्णाली प्रदेश सभाबाट दुईवटा विधेयक पारित भएका छन् । शुक्रबार बसेको प्रदेश सभाको बैठकले प्रदेश कृषि व्यवसाय प्रवद्र्धनसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश सहकारी ऐन–२०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो ।
चट्याङ लागेर एउटै घरका चारजना घाइते
रुकुम पश्चिमको आठबिसकोटमा चट्याङ लागेर एउटै घरका चारजना घाइते भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिका १० घारीखोलाका गोपाल केसीको घरमा विहीबार बेलुका चट्याङ लागेको प्रहरीले जनाएको छ ।
बच्चामा कुपोषण हुन नदिन सुत्केरी महिलालाई भत्ता
बाजुराको त्रिवेणी नगरपालिकाको वडा नं –८ ले वडाका एकल तथा विपन्न परिवारका महिलालाई प्रोत्साहन गर्न सुत्केरी भत्ता वितरण गरेको छ ।
पहिरोमा पुरिएर आमा र दुई छोरासहित तीनजनाको मृत्यु
जुम्लाको हिमा गाउँपालिका- १ स्थित भित्रीखोला लघुजलविद्युत आयोजनाको पावर हाउस पहिरोले पुरिदा आमा सहित तीन जनाको मृत्यु भएको छ ।
तुम्लिङ सडक सञ्चालन
पर्यटकीय मार्गका रूपमा परिचित हेक्पा खोलादेखि न्यालुलेकहुँदै लिमीको तुम्लिङसम्मको सडक सञ्चालनमा आएको छ। हिमपातले छ महिनादेखि अवरुद्ध हुँदै आएको सो सडकको मर्मत कार्यपछि सडक सुचारु भएको हो।नाम्खा गाउँपालिका–६, हिमालपारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले गत मङ्सिरमा भएको हिमपातपछि अवरुद्ध हुँदै आएको हेक्पा खोलादेखि न्यालुलेकहुँदै तुम्लिङसम्मको पर्यटकीय सडक सञ्चालनमा आएको बताउनुभयो। हिमपातपछि हिम पहिरोका कारण सो सडक अवरुद्ध थियो।