काकाकुल वीरेन्द्रनगर, चुलियो खानेपानीको सङ्कट
“इनार खन्यो पानी आउँदैन । बोरिङ खन्ने पैसा छैन । दुई सातामा एक दिन मात्रै धारामा अलिकति पानी आउँछ । खानेपानीको हाहाकार छ । अरू स्रोत छैन ।
कर्णालीमा विमानस्थल : कुरा धेरै, सञ्चालन थोरै
निर्माण कार्य सम्पन्न भइसक्दा पनि डोल्पास्थित मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन। २०६८ सालमा निर्माण गरिएको विमानस्थल २०७२ सालमा कालोपत्रे गरिएको थियो। पूर्वाधार निर्माणको सबै काम सम्पन्न भइसकेको छ तर अहिलेसम्म परीक्षण उडानसमेत गरिएको छैन।
राष्ट्रिय प्रसारण लाइनसँग हुम्लालाई जोड्न सब-स्टेसन निर्माण गरिने
हुम्लामा सब-स्टेसन निर्माणका लागि जग्गा छनोट गरिएको छ । राष्ट्रिय प्रसारण लाइनसँग हुम्लालाई जोड्नका लागि सब-स्टेसन निर्माण गर्न लागिएको हो ।
आँखा शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित
दुर्गमको सर्केगार्ड गाउँपालिकाको साँबया स्वास्थ्य चौकीमा सञ्चालन गरिएको दुई दिने आँखा शिविरमा ४५ जना ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया गरिएको छ ।
झोला नहुँदा बोरामा किताब
शान्नित्रिवेणी गाउँपालिका वडा नम्बर ६ को मेहेलमुडीबाट डाँडाखेततर्फ आइरहेका बालबालिकाले बोराको झोला भित्र किताब राखेका छन्।
आत्मनिर्भर बन्दै महिला
महिला उद्यमीहरूले आधुनिक प्रविधिको प्रयोग गर्दै स्थानीय जडीबुटीबाट धूप उत्पादन गरेका छन् । उद्यमीका लागि धूप उत्पादन सम्बन्धी तालिम पाएसँगै धूप उत्पादन सुरु गरिएको हो ।
दिगो विकास र आर्थिक पारदर्शितामा ध्यान दिएका छौँ
कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको छायानाथ रारा नगरपालिकाका प्रमुख हुनुहुन्छ विष्णुकुमार भाम। अघिल्लो निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएपछि समाज सेवासहित व्यक्तिगत योगदानका कारण चर्चामा आउनुभएका नगर प्रमुख भाम गत वर्षको स्थानीय निर्वाचनमा नगर प्रमुखमा निर्वाचित हुनुभयो। देशकै सबैभन्दा ठुलो रारा ताल पनि यही नगरपालिकामा पर्दछ। नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित हुनुभएका प्रमुख भामले स्वास्थ्य, शिक्षा, रोजगारीलाई प्राथमिकता दिएको बताउनुहुन्छ। प्रस्तुत छ, छायानाथ नगरपालिका प्रमुख भामसँग गोरखापत्रका लागि मुगु समाचारदाता हरिकृष्ण ऐडीले गर्नुभएको कुराकानी।
पूर्वाधार अभावले प्रहरी कार्यालय असुरक्षित
रुकुमपश्चिमका विभिन्न स्थानमा रहेका प्रहरी कार्यालय भौतिक पूर्वाधार तथा सुविधाको कमीको कारण असुरक्षित बन्दै गएका छन्। प्रहरी युनिट तथा कार्यालयको अवस्था दयनीय रहेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अधिकांश युनिट चर्किएको भवनका साँघुरो कोठामा छन्। शौचालय, बाथरुम, भान्छाघर जीर्ण छन्। थुनुवा राख्ने ठाउँ छैन, गोदाम, ब्यारेक, हिरासत कक्ष त टाढैको कुरा हो। वर्षा लागेपछि चुहिने समस्या छ।
कर्णाली नदीमा जिप खस्दा चालकको मृत्यु
सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको बोलेरो जिप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भएको छ । चट्टानी भीरको उकालो सडकमा अगाडि बढ्न नसकेर ब्याक भएपछि जिप नदीमा खसेको हो ।
गाउँघरमा हराए ढिकीजाँतो
जाजरकोटका दुर्गम गाउँबस्तीमा देखिने ढिकीजाँतो लोप हुन थालेका छन्। आधुनिक प्रविधिको विकास भएसँगै परम्परागत कुटानी पिसानीका लागि प्रयोग हुने ढिकीजाँतो हराउन थालेका हुन्। ग्रामीण भेगका गाउँबस्तीमा सोलार र बिजुली बत्तीबाट चल्ने आधुनिक प्रविधिका कुटानी पिसानीका मिल प्रयोगमा आएपछि परम्परागत ढिकीजाँतो हराउँदै गएको बताइन्छ। रातभर जाँतोमा गहुँ, मकै, कोदो पिस्ने, ढिकीमा धान कुट्ने अनि रमाइलो गर्ने, एकअर्कासँग मायाप्रेम साट्ने काम ढिकीजाँतोकै बेला हुने गरेको अगुवा बताउँछन्।
स्थानीय पाठ्यक्रमको पढाइ सुरु
ताँजाकोट गाउँपालिकाले स्थानीय स्तरमा तयार पारेको नयाँ स्थानीय पाठ्यक्रमको विद्यालयमा पठन पाठन सुरु गरेको छ ।
कालीकोटमा देखिए दादुराका बिरामी
कालीकोट जिल्लाको सदरमुकाम मान्ममा दादुराका बिरामी फेला परेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं २ मा चार जना बच्चामा दादुरा रोग पुष्टि भएको हो।
कर्णाली नदीमा ट्याक्टर खस्दा चालक बेपत्ता
कालीकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नम्बर ८ मा ट्याक्टर दुर्घटना भएको छ। कर्णाली करिडोरको मयगाड सडकखण्डमा ट्याक्टर कर्णाली नदीमा खस्दा चालक बेपत्ता भएका हुन्।
बालविवाह रोक्न धामीझाँक्री सम्मेलन
कालीकोटमा बालविवाह रोक्न विभिन्न सामाजिक सचेतीकरणका कार्यक्रम भएका छन् । आज शुभकालिका गाउँपालिकामा बालविवाह विरुद्धको प्रथम धामीझाँक्री तथा पुरोहित सम्मेलन गरिएको छ ।
वर्षा हुँदा झस्किन्छन् मनाङवासी
‘प्री–मनसुन’ सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण वर्षा हुन थालेको छ । लामो समय जोखिम र अभाव भोगेका मनाङवासी ठुलो वर्षा हुनासाथ झस्किन्छन् ।
बाढीपहिरो रोक्न गाउँवासीको कचहरी
कालीकोटको पलाँता गाउँपालिकामा पर्यावरणीय कृषि प्रणाली र बाढीपहिरो न्यूनीकरण गर्न कचहरी बसेको छ । किर्डाक नेपालले पलाँता गाउँपालिकाको समन्वय र मिसन इष्टको प्राविधिक सहयोगमा बाढी पहिरोबाट जोगिन गाउँस्तरवाट कसरी प्रयासका विषयमा छलफल गर्न कचहरी गरेको हो ।
दोमुखमा पाँच वर्षपछि झोलुङ्गे पुल निर्माण
हुम्ला र मुगु जिल्लाको सिमाना दोमुुखमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएसँगै सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै पैदल यात्रुहरूलाई सो स्थानमा निर्माण भएको तुइन तर्नु पर्ने बाध्यता हटेको छ ।
बजेटबारे सुझाव सङ्कलन
गुठीचौर गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट निर्माणपूर्व सुझाव सङ्कलन गरेको छ। सर्वदलीय तथा सर्वपक्षीय बैठक बोलाई पालिकाले बजेटसम्बन्धी सुझाव लिएको हो। सुझाव सङ्कलनमा १९० बढी सर्वसाधारणको सहभागिता रहेको थियो। गाउँपालिका अध्यक्ष दानबहादुर बुढाका अनुसार राजनीतिक दलका प्रतिनिधि, टोल विकास समितिका पदाधिकारी, स्थानीय नागरिकलगायत सरोकारवालाले विकास निर्माणसम्बन्धी सुझाव दिएका थिए। स्थानीय रतनवीर नेपालीले गाउँपालिकाबाट अघिल्ला आर्थिक वर्षमा गरिएको कार्यक्रमको समीक्षा गर्नुपर्ने सुझाव दिनुभयो।
कर्णालीको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख
कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो।
ग्रामीण सडकले राजमार्ग जाेखिममा
प्रेमराज सिम्खडाकालीकोट, असार १ गते । कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत, जुम्ला सडकमा लगाइएको फलामे सेफ्टी बार भाँचिएको छ । भीरको सडकमा लगाइएको सेफ्टी बार केही ठाउँमा पहिरोले भाँचिएको छ भने अन्य ठाउँको ग्रामीण सडक निमार्ण गर्दा आएको पहिरो र ढुङ्गाले भाँचेर जीर्ण बनेका छन् । एक दशकअघि विश्व बैंकको सहयोगमा सडक विभागद्वारा निर्माण गरिएका सेफ्टी बार जीर्ण हुँदा सडक असुरक्षित बनेको छ । स्थानीय तहले खनेका सडकले गर्दा राजमार्गको सेप्टीबार कतै भाँचिने कतै थिचिएर जीर्ण भएको हो । साँघुरो र अप्ठेरो सडकको सेफ्टी बारले सुरक्षित महसुस हुन्थ्यो । तर बार केही ठाउँमा भत्केको र केही ठाउँमा खिया लाग्दा कर्णाली राजमार्गको सडक यात्रा अहिले थप असुरक्षित बनेको छ । सेप्टीबार भाँचिएको ठाउँमा यात्रुले असुरक्षाको महसुस गरिरहेका छन् । गाडी चालक उपेन्द्र धितालले केही ठाउँको भाँचियो, केही ठाउँको खिया लागेर जीर्ण बन्यो । सेफ्टी बार नहुँदा भीरको खण्डमा गाडी चलाउन डरलाग्ने गरेको सुनाउनुभयो । कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडक खण्डको अधिकांश भीर भएको ठाउँमा लगाइएको सेफ्टी बारले पहिले चालक र यात्रु सबैलाई सुरक्षित रहेको महसुस गराएको भएपनि पछिल्लो समय त्यो बार भत्केका कारणले कर्णाली राजामार्गको सडक असुरक्षित बनेको यातायात व्यवसायीको समेत गुनासो छ । कर्णाली राजमार्गमा फलामे सेफ्टी बार र सडक पर्खाल बनाएपछि दुर्घटनामा पनि कमी आएको जिल्ला प्रहरी कार्यालय कालीकोटको तथ्याङ्क छ । प्रहरी प्रमुख जयश्वर रिमालले एक दशक अघिसम्म महिनैपिच्छे दुर्घटना हुने राजमार्गमा सेफ्टी बार र साइड पर्खाल बनेपछि फाटफुट मात्र दुर्घटना भएको सुनाउनुभयो । प्रहरी प्रमुख रिमालले यो सेफ्टीबार दुर्घटना रोक्ने राम्रो माध्यम बनेकाले पुन मर्मत गर्नु पर्ने सुनाउनुभयो । कर्णाली राजमार्गमा ठूला र बढी दुर्घटना भएका दैलेखको किटु भीर, कालीकोटको बिर्तामोड, टिमुरे, ताडी भीर, बिहानी, हुल्म जीते, सुर्खेतको कल्याण र जुम्लाको गाडगडेनीमा फलामे सेफ्टी बार हालिएको थियो । तर अधिकांश ठाउँका बार वर्षाको पहिरो र माथिबाट खसेको ढुङ्गाले भाँचिएका छन । कर्णाली राजमार्गको डरलाग्दो ठाउँमा सेफ्टीबार लगाइएपछि कर्णाली राजमार्ग हुँदै रारा जाने आन्तरिक पर्यटकले पनि सुरक्षित महसुस गर्ने गरेका थिए । कोशी प्रदेशको दमकवाट रारा घुम्न आउनुभएका नगेन्द्रप्रसाद आचार्यले कर्णाली राजमार्गको सडक छेउमा लगाएको फलामे सेफ्टीबारले यात्रुलाई सुरक्षित छौं भनेर महसुस गराएको सुनाउनुभयो । उहाँले भत्केका ठाउँमा तत्काल मर्मत गर्नुपर्ने माग समेत गर्नुभयो । सुर्खेत दैलेखका विभिन्न भिर क्षेत्रसँगै कालीकोट जिल्लाको दैखोला, छाती भीर, कालेखोला, जीते, हुल्मभीर, सेरिघाट, ताडी भीर, गल्ली, मौलाकाटिया, बिहानी, छारेगाड, सिम्लागाड, पिली, सेरावाडा, विर्तामाेड, चौखोला, टाकुल्ला, टिमुरे, जाल्जे, खल्लागाड, जुम्लाको रारालिही, कुडारीलगायतका ठाउँका फलामे बार जीर्ण छन् ।
कर्णाली प्रदेशको बजेट तथा कार्यक्रम सार्वजनिक (प्रत्यक्ष प्रसारण)
कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण
गर्भवती महिलाले समय पुगेपछि संस्थागत रूपमा सुत्केरी गराउने महिलाहरूलाई पौष्टिक तत्त्वयुक्त खानेकुरा उपहारका रूपमा प्रदान गरिएको छ ।
वीरेन्द्रनगरमा नगर माइक्रो बस सञ्चालन
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निजी क्षेत्रको पहलमा शुक्रबारबाट नगर माइक्रो बस सञ्चालनमा आएको छ । नगरपालिकासँग समन्वय गरेर शुक्रबारदेखि वीरेन्द्रनगरमा नगर बस सञ्चालनमा आएको हो ।
प्रदेश अस्पताल पाँच सय शय्याको बनाइँदै
कर्णाली प्रदेश अस्पताललाई स्तरोन्नति गरिने भएको छ। हाल तीन सय बेडसहितको स्वास्थ्य सुविधा रहेको यस अस्पताललाई पाँच सय शय्या पु-याइने भएको हो। अस्पताललाई हेलिप्याड सुविधासहितको बनाउने गरी संरचना निर्माण सम्झौता गरिएको छ। प्रदेश अस्पतालका निर्देशक प्राडा डम्बर खड्का र गौराश्याम सुन्दर जेभी काठमाडौँबिच अस्पतालको भवन थपका लागि सम्झौता गरिएको छ।