प्रेमराज सिम्खडा
कालीकोट, असार ४ गते। शान्नित्रिवेणी गाउँपालिका वडा नम्बर ६ को मेहेलमुडीबाट डाँडाखेततर्फ आइरहेका बालबालिकाले बोराको झोला भित्र किताब राखेका छन्।
अभिभावकले चामलको बोरालाई मिलाएर डोरी लगाई झोला तयार गरिदिएका हुन्। झोलाको बाहिर सर्जु नाम लेखिएको छ। सर्जु भन्दै बोलाउँदा बोल्ने नत्र भने नाम सोधे पनि नबोल्ने बालबालिका केही चामल र केही सामान्य पोलिथिनमा किताब राखेर विद्यालय जाने गरेका छन्।
शान्नित्रिवेणी गाउँपालिका वडा नम्बर १ लुसाका देवानन्द जैसीले दर्जी समुदायका बालबालिकाले विद्यालय जाँदा झोलासम्म नपाएको देख्दा आफूलाई निकै पीडा भएको सुनाउनुभयो।
उहाँले गाउँमा शिक्षा लागि भन्दै गैरसरकारी संस्थाले काम गरे पनि गरिब बालबालिकासम्म सहयोग पुग्न नसकेको बताउनुभयो। दर्जी समुदायका बालबालिकाले चामलको बोराको झोला बनाएर प्रयोग गरेको देख्दा आफू निकै भावुक भएको र पालिका सरकारलाई जानकारी गराएको उहाँको भनाइ छ।