काँचो स्याउ नटिप्न किसानलाई आग्रह
कृषि विकास कार्यालय हुम्लाले काँचो स्याउ नटिप्न किसानलाई आग्रह गरेको छ । स्याउ नपाक्दै किसानले दाना टिपेर प्रयोग गर्ने र बिक्रीसमेत गर्न थालेपछि कृषि विकास कार्यालयले यस्तो आग्रह गरेको हो । सर्केगार्ड गाउँपालिका–५ को गोठी गाउँका सूर्यबहादुर शाहीले यति बेलै काँचो स्याउ टिपेर खाने तथा बिक्री गर्न सुरु भएको बताउनुभयो । उहाँले गोठी गाउँमा स्याउ राम्रै फलेका कारण स्थानीयस्तरमा बिक्री मात्र हुने नभई सर्केगार्डसम्म यातायात सेवा जोडिएका कारण जिल्लाबाहिर निकासी हुने सम्भावना पनि उत्तिकै रहेको चिन्ता व्यक्त गर्नुभयो ।
सरकारी विद्यालयमा बढ्दै विद्यार्थी
कालीकोटमा पछिल्लो समय सामुदायिक विद्यालय प्रति विद्यार्थीको आकर्षण बढेको छ । कुनै बेला सरकारी विद्यालयमा भन्दा संस्थागत विद्यालयमा बढ्दै गएको आकर्षण पछिल्लो समय घट्दै जाँदा सरकारी विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्दै गएको हो ।
गहुँ भित्र्याउन व्यस्त किसान
कालीकोटको भारपाटामा यती बेला गहुँ पाकेर पहेँलै भएको छन् । पचालझरना गाउँपालिका–३ खार्दुको भारपाटा र गरपाटा क्षेत्रमा किसान गहुँ काट्न र भित्र्याउन व्यस्त छन् ।
परिवारबाटै महिला असुरक्षित
सुर्खेतको पश्चिम क्षेत्र पञ्चपुरी नगरपालिकास्थित सालकोटका एकल पुरुषले सम्बन्धविच्छेद भएकी महिलासँग २०७८ माघमा विवाह गरे। ती महिलाको साथमा अघिल्लो श्रीमान्का तर्फबाट १३ वर्षीय छोरी पनि थिइन्। आमा घरमा नभएको समयमा श्रीमतीको अघिल्लो श्रीमान्तर्फकी छोरीलाई बलात्कार गर्दै आएका थिए। बलात्कारको घटना आफन्तले देखेपछि बालिकाको तर्फबाट जिल्ला अदालत सुर्खेतमा बलात्कार मुद्दा दर्ता भयो। बलात्कारी बाबुलाई अदालतबाट कैद सजाय भएको छ। जिल्ला अदालत दैलेखले छोरी बलात्कार गर्ने बाबुलाई ३३ वर्ष कैद सजायको फैसला गरेको छ। बलात्कार पुष्टि भएपछि आरोपित बाबुलाई अदालतले हाडनाता करणी मुद्दामा २५ वर्ष र उमेर अनुसारको करणी मुद्दामा आठ वर्ष गरी ३३ वर्ष कैद सजाय सुनाएको हो।
कर्णालीबाट अख्तियारमा बढ्यो उजुरी
कर्णाली प्रदेशबाट अख्तियारमा उजुरी बढेको बढ्यै छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका अनुसार गत तीन आर्थिक वर्षमा प्रदेशका १० जिल्लाबाट विभिन्न माध्यमबाट चार हजार ७३४ वटा उजुरी अख्तियारमा दर्ता भएका छन्। आयोगको सुर्खेतस्थित कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा दोब्बर सङ्ख्यामा अनियमितताका उजुरी परेका छन्। आव २०७७/७८ मा एक हजार २८२ वटा उजुरी दर्ता हुँदा आव २०७८/७९ मा एक हजार ४३२ उजुरी दर्ता भएका थिए। गत आव २०७९/८० मा यो सङ्ख्या दोब्बरले बढेर दुई हजार ८२ पुगेको थियो।
दरबन्दीभन्दा करारमा भर्ना बढी
मध्यपश्चिम विश्वविद्यालयले करार सेवा अन्तर्गत १३ जना कर्मचारी नियुक्तिको प्रक्रिया अघि बढाएको छ। साउन १८ गते सूचना प्रकाशित गरेर उपप्राध्यापकदेखि सहायक तहसम्मका लागि आवेदन आह्वान गरेको हो। उक्त सूचना प्रकाशित भएसँगै विश्वविद्यालयमा विवाद सिर्जना भएको छ। विश्वविद्यालयमा कार्यरत कर्मचारीले नै करार नियुक्तिको विरोध गरेका छन्।
कर्णालीका १६ जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर
कर्णाली प्रदेशअन्तर्गतको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उच्च मूल्य कृषि वस्तु विकासका तत्कालीन आयोजना प्रमुख तथा सचिव राजेन्द्रप्रसाद भारीविरुद्व ९२ लाख ४३ हजार २९८ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
ढाकाको कपडाले बजार पाएन
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ का महिला महिला यतिबेला सामूहिकरुपमा ढाकाका कपडा बन्न व्यस्त छन् । महिलाले आफ्नो आयआर्जन बढाउने हेतुले ढाकाका कपडा बुन्न थालेका हुन् ।
आगजनी आरोपित सार्वजनिक
जुम्लामा सात घरसहित शृङ्खलाबद्ध आगजनी गराएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले मङ्गलबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो। साउन ५, ६ गते र विभिन्न समयमा सात घर, ट्याक्टर र अटो रिक्सा जलाएको घटनामा जुम्ला गुठीचौर–४, उखाडी घर भई चन्दननाथ नगरपालिका–२, भण्डारीवाडामा घरज्वाइँ बस्ने वर्ष ३० का रत्नबहादुर अधिकारी संलग्न भएको प्रहरीले जनाएको छ। अभियुक्त रत्नप्रसाद अधिकारीले आफू गरिब भएकाले कसैले पनि ऋण र उधारो नपत्याएको रिसमा आगजनी गरेको बयान दिएको प्रहरीले जनाएको छ।
सरकारी असहयोगले लगानी झिक्दै उद्यमी
पश्चिम सुर्खेतको चौकुनेस्थित सूर्यतारा सिमेन्ट उद्योग स्थापना कार्य अहिले ठप्प छ। लगानीमैत्री वातावरण नभएको भन्दै निर्माणको जिम्मा पाएको सूर्यतारा इन्भेस्टमेन्ट कम्पनी हात झिक्ने अवस्थामा छ। दुई वर्षभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित २०७७ सालमा लगानी बोर्डबाट उद्योग सञ्चालन स्वीकृति पाएको कम्पनीले पूर्वाधार निर्माणका प्रारम्भिक कामसमेत सम्पन्न गरिसकेको छ।
कालीकोटमा खाद्य अभाव
कालीकोटमा खाद्यन्न अभाव भएको छ। सरकारले गत वर्ष कालिकोटमा १३ हजार क्विन्टल चामलको कोटा उपलब्ध गराएको थियो। जिल्लाका मान्म, थिर्पु, पादमघाट, खल्लागाड खाद्य डिपो र खिन धौलागोह वितरण केन्द्र अहिले खाली भएका छन्। गाउँका खाद्य डिपो तथा वितरण केन्द्र खाली भएपछि चामल लिन सदरमुकाम मान्म पुगेका सेवाग्राही खाली हात फर्किनु परेको छ। एकै दिन दुई सय क्विन्टलभन्दा बढी वितरण भएपछि बाँकी रहेको चामल कैदीबन्दीलाई एवं जन्म र मृत्यु कार्यमा दिनुपर्ने भएकाले अहिले सर्वसाधारणका लागि बिक्री बन्द गरिएको बताइन्छ।
स्पष्ट योजना अभावमा बालविवाहका घटना बढ्दो
जिल्लाका स्थानीय तहले बालविवाह न्यूनीकरणका लागि अहिलेसम्म रणनीतिक योजना नबनाएको पाइएको छ । जिल्लामा बालविवाहविरुद्धको साझा अभियान बनाउने भनिए पनि स्थानीय सरकारसँग रणनीतिक योजना नहुँदा दिनप्रतिदिन बालविवाह बढ्दै गएको हो ।
सिमकोट विमानस्थलमा हवाई सेवा सुचारु
हवाई सेवा अवरुद्ध भएको चौथो दिनपछि सिमकोट विमानस्थलमा पुन हवाई सेवा सुचारु भएको छ । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका एयर ट्राफिक कन्ट्रोलर मनोज डङ्गोलले हवाई सेवा अवरुद्ध भएको चौथो दिनमा सुचारु भएको बताउनुभयो ।
सर्पदंशका बिरामी बढे
सल्यानको बनगाड कुपिन्डे नगरपालिका वडा नं. ७ का ५५ वर्षीय नरेन्द्र परियारलाई सर्पले डस्यो । असार १३ गते बिहान करिब आठ बजेतिर घाँस काट्दै गर्दा उहाँलाई सर्पले डसेको थियो । उहाँ कर्णाली प्रदेश अस्पतालमा उपचार गरेर घर फर्किसक्नुभएको छ ।
कर्णाली करिडोरको हुम्ला खण्डको पैमामा सडक अवरुद्ध
कर्णाली करिडोरको हुम्ला खण्डको सडक ताँजाकोट गाउँपालिका–५ को पैमा खोलामा सडक अवरुद्ध भएको छ ।
दुध बिक्री भएपछि ठेकी लोपोन्मुख
दैनिक प्रयोजनमा आउन छाडेपछि काठबाट निर्माण गरिने ठेकी लोप हुँदै गएको छ। किसानले गाईभैँसी पाल्न छाडेपछि गाउँबस्तीमा ठेकी प्रयोगमै आउन छाडेको हो। त्यसो त बजारमा प्लास्टिकका भाँडा सस्तोमा पाइन थालेपछि पनि काठका ठेकी प्रयोगमा कमी आएको हो। गाईभैँसी दुहुँदा प्रयोग हुने गाबुको सट्टा बाल्टिन, दही जमाउन प्रयोग हुने ठेकीको सट्टा प्लास्टिकका भाँडा बजारमा सस्तोमा पाइन्छ। यसले गर्दा परम्परागत गिठो, खिरोलगायत नरम काठबाट स्थानीयस्तरमै उत्पादन हुने काठका ठेकी लोप भएका हुन्।
टेन्डरमा ढिलाइ हुँदा रित्तिँदै खाद्य गोदाम
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयको गोदाममा अत्यावश्यक मौज्दातबाहेक चामल सकिएको छ। गोदाम रित्तिए पनि थप खाद्यान्न आपूर्ति हुन सकेको छैन। पछिल्लो केही समययता खाद्य आपूर्ति ठप्प भएको छ। प्रादेशिक कार्यालयले २० हजार क्विन्टल चामल माग गरे पनि टेन्डर प्रक्रियामा भएको ढिलाइले चामल ढुवानी हुन सकिरहेको छैन। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दका अनुसार माग गरिएको चामल समयमा पु-याउन सकिएको छैन। दुई पटकसम्म टेन्डर रद्द भएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुनु, भारतले चामल आयातमा प्रतिबन्ध लगाउनु र टेन्डर प्रक्रियामा ढिलाइले खाद्य आपूर्तिमा विलम्ब भएको हो।
वीरेन्द्रनगरका सुकुम्वासीले अझै पाएनन् लालपुर्जा
सुर्खेतको वीरेन्द्रनगरका भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सुकुम्वासीहरुले अझै जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका छैनन् । जिल्लाका अन्य पालिकाहरूमा धमाधम लालपुर्जा वितरण कार्य भइरहँदा वीरेन्द्रनगरमा भने अझै वितरण सुरु हुन सकेको छैन ।
जनताको जीवनस्तरमा सुधार ल्याउने लक्ष्य छ
जाजरकोट जिल्लाको नलगाड नगरपालिका साबिकका पाँच वटा गाविस लहँ, डाँडागाउँ, खगेनकोट, रग्दा र भगवती मिलाएर बनाइएको हो। २०७९ सालको स्थानीय तह निर्वाचनमा यस नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) बाट डम्बरबहादुर रावत निर्वाचित हुनुभएको छ । नगर प्रमुखमा रावत निर्वाचित भइसकेपछि नलगाड नगरपालिकाको विकासलगायतका क्षेत्रमा भएका गतिविधि र आगामी योजनाबारे गोरखापत्रका सहदेव बस्नेतले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
कर्णाली बस्न कर्मचारीको अरुचि, छ वर्षमा फेरिए आठ प्रमुख सचिव
कर्णाली प्रदेश सरकार १२ दिनदेखि प्रमुख सचिवविहीन भएको छ। प्रमुख सचिव गोपीकृष्ण खनाल सरुवा भएपछि सो पदमा कसैलाई पठाइएको छैन। खनाल साउन १० गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा भएर जानुभएको हो। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव आनन्द सारूलाई निमित्त प्रमुख सचिव तोकिएको छ।
सडक स्तरोन्नति नहुँदा यात्रुलाई सास्ती
नाग्म–गमगढी सडक कालोपत्रे नहुँदा नागरिकले सधैँ सास्ती खेप्नु परेको छ। सडक स्तरोन्नति नहुँदा सवारी दुर्घटनासमेत बढ्दै गएको छ। सडकको अवस्थाबारे सङ्घीय र प्रदेश सभा सदस्यले समेत उठाएको आवाज सरकारले सुनेको छैन। मुगुका सांसद ऐनबहादुर शाही, प्रदेश सभा सदस्य जितबहादुर मल्लले नाग्मदेखि गमगढी लोकमार्ग स्तरोन्नति गर्न पटक पटक माग गर्दै आउनुभएको छ। सांसद शाहीका अनुसार नाग्म–गमगढी लोकमार्गलाई छिटोछरितो स्तरोन्नतिका लागि सडक कार्यालयले चासो देखाएको छैन।
आमाको हत्या गर्ने छोरा पक्राउ
सल्यानमा लाठीले हानेर आफ्नै छोराले आमाको हत्या गरेका छन् । जिल्लाको शारदा नगरपालिका १३ माथिल्लो सल्यान चौरका अन्दाजी २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीय आमा शारदा भण्डारीको हत्या गरेका हुन ।
कर्णालीका हिमाली जिल्लाको उडान प्रभावित
नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको उडानका लागि नयाँ नियम लागु गर्दा कर्णालीका हिमाली जिल्लामा उडान प्रभावित हुँदै आएका छन् । हिमाली जिल्लाका विभिन्न विमानस्थलको उडान तालिका अनुसार मात्र उडान भर्नुपर्ने नियम लागु भएसँगै दैनिक उडान प्रभावित हुँदै आएका हुन् । हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बिहान बाक्लो कुहिरो लाग्ने, पानी पर्ने र बादल लाग्ने भएका कारण एक सातायता दैनिक हवाई सेवा अवरुद्ध हुँदै आएको बताउनुभयो । उहाँले प्राधिकरणले हवाई उडानका लागि नयाँ नियम लागु गरेपछि उडान प्रभावित हुने गरेको बताउँदै उडान नहुने चिन्ता थपिएको बताउनुभयो ।
तेह्र वर्षदेखि जङ्गलमा बास
एक दम्पती १३ वर्षदेखि जङ्गलमा बास बस्दै आएको पाइएको छ । गाउँमा भएको घर बर्खामा भत्किएपछि ती दम्पती जङ्गलमा झुपडी बनाएर बस्दै आएका हुन् । सर्केगार्ड गाउँपालिका–३ को उनापानी गाउँको कलिवान फडेरा र च्यापु फडेरा जङ्गलमा बस्दै आउनुभएको हो । फडेरा दम्पतीले गाउँबाट एक घण्टा टाढाको जङ्गलमा झुपडी बनाएर बस्दै आएको बताउनुभयो । उमेरले उहाँहरू कलिवान ७४ वर्ष र च्यापु ६४ वर्षका हुनुहुन्छ ।