रास्काेटमा खाद्यान्न अभाव
कालीकोट जिल्लाको रास्काेटमा खाद्यान्न अभाव भएको छ ।
खानेपानी उपलब्ध गराउन उच्चको परमादेश
उच्च अदालत सुर्खेतले पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चाका बासिन्दालाई खानेपानी उपलब्ध गराउन परमादेश जारी गरेको छ। उच्च अदालत सुर्खेतका कायममुकायम मुख्यन्यायाधीश माधवप्रसाद पोखरेल र न्यायाधीश पुनमसिंह चन्दको संयुक्त इजलासले रेक्चावासीलाई खानेपानी उपलब्ध गराउन गत बुधबार परमादेश जारी गरेको हो।
औषधि खरिदमा पालिकाको ढिलाइ
कर्णाली प्रदेशका स्थानीय तहले स्वास्थ्य संस्थामा औषधि अभाव हुँदासमेत चालु आर्थिक वर्षको बजेटबाट औषधी खरिद प्रक्रिया थालेका छैनन्। गत वर्ष खरिद गरिएको औषधी हालसम्म वितरण गरिएको भए पनि पछिल्लो समय औषधी अभाव हुन थालेको छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार स्वास्थ्य संस्थामा अहिले औषधी अभाव भइरहेको छ। यद्यपि स्थानीय सरकारे यसतर्फ गम्भीर भएका छैनन्।
अठ्ठाइस वर्षपछि हुने भयो विवाह दर्ता
अट्ठाइस वर्षअघि दलित युवतीसँग विवाह गरेका ठाँटीकाँध गाउँपालिका–३, विशाला भुवाँखाँडाका चन्द्रबहादुर शेर्पाले नागरिकता प्राप्त गरेपछि विवाह दर्ताको बाटो खुलेको छ। जिल्ला प्रशासन कार्यालय दैलेखबाट ५४ वर्षीय शेर्पाले मङ्गलबार नागरिकताको प्रमाणपत्र लिनुभएको छ।
विशेषज्ञ चिकित्सकविहीन छ जिल्ला अस्पताल
स्वास्थ्य सेवा कार्यालय दैलेखमा ६१ जना स्थायी कर्मचारीको दरबन्दी छ । तर अहिले ४० जना मात्रै कार्यरत छन्, २१ जनाको दरबन्दी रिक्त छ । त्यसैगरी नौ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकोमा दरबन्दीअनुसार एक जना पनि विशेषज्ञ चिकित्सक छैनन् ।
कर्मचारी विधेयक : खस आर्य र सहिद बेपत्ता परिवारलाई आरक्षण
कर्णाली प्रदेशको निजामती सेवामा खस आर्य र सहिद तथा बेपत्ताका परिवारलाई क्लस्टर छुट्याएर आरक्षण दिने गरी विधेयकमा व्यवस्था गरिएको छ। कर्णाली सरकारले ‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ साउन ३२ गतेको प्रदेश सभा बैठकमा प्रस्तुत गरेको छ। बैठकमा सामान्य छलफल भई शुक्रबारदेखि संशोधन प्रस्तावका लागि समय निर्धारण गरिएको छ।
बराईबासीको घर-घरमा धाराकाे पानी
सर्केगार्ड गाउँपालिका– ६ को बराई गाउँका स्थानीयको घरघरमा खानेपानीका धारा जडान गर्ने वर्षौदेखिको सपना पुरा भएको छ । सो गाउँका लागि पागरपानी खानेपानी योजना निर्माण भएर सञ्चालनमा आउदा स्थानीयको सपना पुरा भएको हो । बराई गाउँका स्थानीय धनलाल टमटाले वर्षौदेखि घरघरमा धारा जडान गरेर खानेपानी प्रयोग गर्ने बराईवासीको सपना अहिले आएर पुरा भएको बताउनुभयो । यसअघि सो गाउँका स्थानीय बासिन्दाहरु गाउँ नजिकैको मुलको पानी प्रयोग गर्दै आउनु भएको थियो ।
याल्वाङमा पहिलो पटक फल्यो खुर्सानी
उत्तरी नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा खुर्सानी फलेको छ । तीन जना किसानले परीक्षणका रूपमा रोपेको खुर्सानी लटरम्मै फलेको छ ।
गमगाढ खोलामा पुल नहुँदा सास्ती
छायाँनाथ रारा नगरपालिका–१० तल्लेखकी माया बुढा विद्यालयको कामको सिलसिलामा जिल्ला सदरमुकाम गमगढी आउँदा जाँदा गमगाढ खोला तर्नका लागि खोलामाथि राखिएका काठका दुई लाप्का भएर खोला तर्दा काँप्दै खोला तर्ने गर्नुहुन्छ ।
कृषि क्षेत्र मुख्य प्राथमिकतामा छ
जनचाहनाको चाङ र साधन स्रोतको सीमितताबिच रुकुमपश्चिम जिल्लाको मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीका खास केही विकास योजना छन्। सामाजिक संस्थामार्फत जिल्लामा लामो समय जनसेवामा सक्रिय केसी दोस्रो पटकको प्रयास २०७९ मा प्रमुखमा निर्वाचित हुनुभएको हो। जनप्रतिनिधिका रूपमा राजनीतिमार्फत जनसेवामा जोडिनुभएका प्रमुख केसीले बितेका एक वर्षको अवधिमा थुप्रै चुनौती र समस्या भोग्नुभएको छ। प्रस्तुत छ, प्रमुख केसीले सम्पादन गरेका कार्य र आगामी योजनामा केन्द्रित रही गोरखापत्रका मुसीकोट समाचारदाता राजु लामिछानेले गर्नुभएको कुराकानी–
पहिरोको जोखिममा कोटिलागाउँ
मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–६, कोटिलागाउँका १८७ घर पहिरोको उच्च जोखिममा परेका छन्। पहिरोका कारण बस्ती चिरा परेपछि ती घरहरू जोखिममा परेका हुन्। रारा नगरपालिका–६ का अध्यक्ष खेमबहादुर रावलका अनुसार पहिरोका कारण बस्ती भएको जमिन आसपासमा चिरा पर्दा बस्ती उच्च जोखिममा परेको छ। बस्तीमुनिका जमिन खाल्डो पर्दै गएको छ। बस्तीलाई स्थानान्तरण गर्ने ठाउँ नहुँदा पुरानै थाकथलोमा बस्न बाध्य भएको स्थानीय बताउँछन्।
अनुमतिपत्रबिनाका शिक्षक नियुक्ति
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले अध्यापन अनुमतिपत्रबिना नै नगर अनुदानमा शिक्षक नियुक्ति गरेको पाइएको छ। शिक्षकका लागि अध्यापन अनुमतिपत्र अनिवार्य भए पनि नगर अनुदानका १२ जना शिक्षकसँग अध्यापन अनुमतिपत्र छैन। नगर प्रमुख धर्मराज शाहीकी श्रीमती चर्चना बम शाहीको समेत अध्यापन अनुमतिपत्र नरहेको बताइन्छ। राजनीतिक पहुँचका आधारमा नियुक्त ती शिक्षक आधारभूत र माध्यमिक विद्यालयमा कार्यरत छन्। नगर शिक्षा शाखा प्रमुख खेमराज शाहीका अनुसार वैशाखमा सबै विद्यालयलाई पत्राचार गरी अध्यापन अनुमतिपत्र छ छैन भन्ने जानकारी माग गरिएको थियो। केही विद्यालयले विवरण पठाए पनि केही विद्यालयले सो तथ्याङ्क समेत पठाएका छैनन्।
जुम्लामा एनसेलको फोरजी
दूरसञ्चार सेवाप्रदायक एनसेल आजियाटाले जुम्लामा फोरजी सेवा सुरु गरेको छ । जिल्लाको चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा एक/एक गरी तीन वटा नयाँ टावर जडान गर्दै फोरजी सेवा सुरु भएको कम्पनीले घोषणा गरेको हो । यसअघि कम्पनीले भिस्याट प्रविधिबाट जुम्लामा आधारभूत मोबाइल सेवा उपलब्ध गराउँदै आएको थियो ।
नियमित उज्यालोको पर्खाइमा कालीकोट
राष्ट्रिय प्रसारण लाइन पुगेको दुई वर्ष भए पनि कालीकोटवासीले नियमित बत्तीको उज्यालो भने पाउन सकेका छैनन् । दिनमा जे जसो भए पनि रातको समयमा ढुक्कले बत्तीको उज्यालो कहिले मिल्छ भनेर यहाँका नागरिक पर्खाइमा छन् । रास्कोट नगरपालिका–२ की निर्मला रोकालाई कक्षा १२ को एउटा विषय लागेको छ । त्यसको पूरक दिनका लागि तयारी कक्षा लिन मान्म आएको एक हप्ता भयो ।
घट्ट गएकी महिला बाढीमा परेर बेपत्ता
जुम्लाको पातारासी गाउँपालिकाकी एक महिला घट्ट गएका बेला बाढीले बगाउँदा बेपत्ता हुनुभएको छ ।
तुलसीपुर आउँदैगरेको गाडी दुर्घटना, दुईको मृत्यु
रुकुमबाट दाङको तुलसीपुरतर्फ आउँदैगरेको यात्रुवाहक हाइस गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
वाणिज्य सङ्घद्वारा प्रधानमन्त्री प्रचण्डलाई १८ बुँदे मागपत्र
कर्णालीको निजी क्षेत्रले चीनसँग जोडिएका नाकाहरू खोल्नका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेको छ । कोरोनाकालदेखि बन्द गएका उत्तरी नाकाहरू अझै खुलेका छैनन् ।
प्रधानमन्त्री सुर्खेतका कार्यक्रममा व्यस्त
नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा वीरेन्द्रनगर, सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यहाँ आइपुग्नुभएको हो ।
कर्णालीको विकासलाई प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकासलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
सिंजा केदारनाथ बुदबुदी महोत्सव हुने
ऐतिहासिक तर लुकेको सो धार्मिक क्षेत्रको थप प्रचारप्रसार गर्न तथा राज्यको ध्यानाकर्षण गर्न गाउँपालिकाले वृहत महोत्सव गर्न थालेको हो ।
पाएनन् कृषकले राहत
धानबाली डुबानमा परेका वीरेन्द्रनगरको तल्लो तटीय क्षेत्रका किसानले दुई वर्षमा पनि राहत पाउन सकेका छैनन्। २०७८ साल कात्तिक पहिलो साता परेको वर्षाले भित्र्याउने बेलाको धान डुबानमा परी क्षति पुगेको थियो। वीरेन्द्रनगर नगरपालिका–२ की सरिता चौधरीको करिब २० कट्ठा जमिनमा लगाएको धानबाली बाढीले नै नष्ट भएको थियो। उहाँका अनुसार सरकारी निकायबाट पटक पटक क्षतिको विवरण सङ्कलन गरिएको तर राहत अझै दिइएको छैन।
चौँरीखर्क पुगेर उपचार
स्वास्थ्यकर्मीको एक टोलीले उच्च पाटनमा रहेका चौँरीखर्कमा पुगेर बालबालिकालाई खोप तथा अन्य खर्कालु (गोठाला) को उपचार गरेका छन्। नियमित खोपबाट बालबालिका नछुटून् र अन्य बिरामीको उपचारमा सहजताका लागि खर्कमै पुगेर उपचार गरिएको हो। सिमकोट गाउँपालिका–१, दोजामभित्र पर्ने चुँवा खोलाका उच्च पाटनमा पालनका लागि दुई महिनाअगाडि गएका खर्कालुको उपचारका लागि स्वास्थ्यकर्मीको टोली पुगेर उपचार गरेको हो।
आज कर्णालीमा सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ ।
खाद्यन्न बोकेका ४० गाडी हुम्ला आउँदै
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले काठमाडौंबाट रसुवाको केरुङ नाका हुँदै तिब्बती मार्ग भएर हुम्लाका लागि खाद्यन्न बोकेका गाडी आइतबार काठमाडौंबाट छुटेका छन् । जिल्लामा खाद्यन्नको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यन्न पठाएको हो ।