• १३ मंसिर २०८१, बिहिबार

तुलसीपुर आउँदैगरेको गाडी दुर्घटना, दुईको मृत्यु

blog

दुर्घटनामा परेको गाडी । तस्बिर : नेपाल प्रहरी

प्रतीक शर्मा इच्छुक

सल्यान, भदौ ४ गते। रुकुमबाट दाङको तुलसीपुरतर्फ आउँदैगरेको यात्रुवाहक हाइस गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएका रुकुम पश्चिमका ६० वर्षीय कमारो कामी र सल्यानको दार्मा गाउँपालिका –२ की ३६ वर्षीया ओमपत खत्रीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।  

उहाँका अनुसार तुलसीपुर अस्पतालमा १६ जना घाइतेको उपचार भइरहेको छ। सोमध्ये तीन जनाको अवस्था गम्भीर छ ।  लु २ ख ५७३१ नम्बरको यात्रुवाहक फोर्स गाडी कपुरकोट गाउँपालिका –३ आगरखोला नजिकै दिउँसो तीन बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा सल्यान दार्मा गाउँपालिका २ बस्ने वर्ष ६० को खिर्म खत्री टाउको, हात र खुट्टामा चोट लागेको छ । त्यस्तै, सोही गाउँपालिका बस्ने वर्ष ४१ कि रुपा केसी, रुकुम पश्चिम बस्ने ४० वर्षीया विमलादेवी पुनको टाउकोमा चोट लागेको छ । 


त्यस्तै, सल्यान दार्मा गाउँपालिका २ थानागाउँ बस्ने ५१ वर्षीय टीकाराम केसी, उहाँका छोरा १८ वर्षीय मानबहादुर केसी पनि घाइते हुनुभएको प्रहरीले जनाएको छ । घाइते हुनेमा सोही गाउँपालिकाका ६० वर्षीय रमेश केसी, त्रिवेणी गाउँपालिका ७ का ५० वर्षीया गौमती खड्का, सोही गाउँपालिकाका २६ वर्षीय पुष्कर रसाइली रहनुभएको छ । त्यस्तै, चौरजहारी नगरपालिका १२ का ४६ वर्षीय पलबहादुर खड्का, वडा १४ का १८ वर्षीया माया मगर, १६ वर्षीया निर्मला राना पनि घाइते हुनुभएको छ । 

सोहीअनुसार दार्मा गाउँपालिका ५, सल्यानका १६ वर्षीया रमिता चन्द, रुकुम पश्चिम सानोभेरी गाउँपालिका ११ का २० वर्षीय भूपाल विक, किमटाकुरा बस्ने ३२ वर्षीय इन्द्रबहादुर केसी पनि घाइते हुनुभएको छ । प्रहरीका अनुसार सोही गाउँपालिका वडा २ का ३६ वर्षीय खुमबहादुर खत्री, सल्यान दार्मा गाउँपालिका १ का अन्दाजी २३ वर्षीय चालक एकबहादुर चन्द सम्पर्कविहीन रहेका छन् । घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पुगाएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।