केदारनाथ बुदबुदी महोत्सव सुरु
जुम्ला जिल्लाको सिँजामा केदारनाथ बुदबुदी महोत्सव आइतबारदेखि सुरु भएको छ। कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले सिँजा गाउँपालिका–४ स्थित केदारनाथ बुदबुदी महोत्सवको उद्घाटन गर्नुभयो। मन्त्री विसीले सिँजाको केदारनाथलाई प्रदेश सरकारले धार्मिक पर्यटनका रूपमा प्रवर्धन गर्न प्राथमिकता दिने बताउनुभयो। उहाँले सिँजाको संस्कृति र इतिहासलाई बचाउन र संसार सामु ल्याउन यस क्षेत्रमा पूर्वाधार विकासको आवश्यकता रहेको चर्चा गर्नुभयो।
छायामा छायानाथ
हिन्दुमार्गीले पवित्र तीर्थस्थलका रूपमा मान्दै आएको छायानाथ तीर्थस्थललाई बौद्धमार्गीले समेत उत्तिकै श्रद्धापूर्वक दर्शन गर्दै आएका छन्। जनैपूर्णिमाका दिन मोक्ष प्राप्तिका लागि छायानाथको दर्शन गर्न जुम्ला, कालीकोट, दैलेख, जाजरकोट हुम्लालगायत जिल्लाबाट भक्तजन पुग्ने गरेका छन्।
डोल्पामा नेपाली सेनाका गुल्मपति दुई दिनदेखि बेपत्ता
नेपाली सेनाको दुनैस्थित एक गुल्मका गुल्मपति दुई दिनदेखि बेपत्ता भएका छन् । सदरमुकाम दुनै सुरक्षार्थ नन्दबक्स गुल्मका गुल्मपति मेजर विमल पण्डित बेपत्ता हुनुभएको हो ।
करार चिकित्सकको भरमा हुम्ला जिल्ला अस्पताल
स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) हुम्लामा पूर्वाधारसँगै दक्ष जनशक्तिको अभाव छ । अस्पतालमा ४४ जनाको स्वीकृत दरबन्दी छ । अहिले ३२ जना जनशक्ति मात्र स्थायी दरबन्दीमा कार्यरत हुनुहुन्छ । १२ जनाको दरबन्दी रिक्त छ ।
दश दिनपछि खुल्यो खुलालु हिल्सा कोरिडोर
कर्णाली कोरिडोरको खुलालु सडक खण्ड दश दिनपछि सुचारु भएको छ । खुलालु हिल्सा सडक खण्डको खुलालु कर्णाली पुलको वाया पट्टीको जोखिम सडक मर्मतका लागि बन्द गरिएको सडक सञ्चालनमा आएको छ ।
परम्परागत पहिरनमा युवा पुस्ताको आकर्षण
हिमाली जिल्ला हुम्लामा युवा पुस्ताका महिलामा परम्परागत पहिरनप्रति आकर्षण बढ्न थालेको छ । यसको संरक्षण र प्रवर्धनका लागि अघिल्लो पुस्ताका महिलाले यसलाई अनिवार्य लगाउनैपर्ने परिस्थिति सिर्जना गर्दा विस्तारै नयाँ पुस्ताका युवती पनि स्वतःस्फूर्त रूपमा यो पहिरनप्रति आकर्षित हुन थाल्नुभएको हो ।
जाजरकोटलाई अँध्यारोमुक्त बनाउन तीन अर्बको ठेक्का
जाजरकोटलाई दुई वर्ष भित्र पूर्ण विद्युतीकरण बनाउनको लागि तीन अर्बको ठेक्का सम्झौता गरिएको छ । वितरण प्रणाली विस्तार तथा स्तरोन्नति आयोजना अन्तरगत यो निर्माण कार्यको काम अघि बढेको जनाइएको छ ।
दिनभर बाँदर धपाउँदै किसान
बाली लगाएर बाँदर, बँदेल, दुम्सी, स्यालजस्ता वन्यजन्तुबाट जोगाउन पहाडी जिल्लामा निकै कठिन हुँदै गएको छ । खेतबारीमा लगाइएको बाली जोगाउन बिहानदेखि बेलुकासम्म किसानले चौकीदारी नगरी सुखै छैन । नलगाड, भेरी, छेडागाड नगरपालिका, बारेकोट, जुनीचाँदे, शिवालय र कुशे गाउँपालिकामा बाँदर सँगसँगै जङ्गली जनावर दुम्सी, स्यालले मकै खेती नष्ट पारेपछि किसान हैरान भएका छन् । खेतबारीका किसानले दैनिक चौकीदारी गरिरहेका छन् ।
चिनियाँ ट्रकमा नेपाली बसको यात्रा
रसुवाको केरुङ नाकाबाट चीनको तिब्बती मार्ग हुँदै नेपाल र चीनको सिमाना हिल्सामा पहिलो पटक बस पु-याइएको छ । राष्ट्रिय सडक सञ्जालसँग उत्तरी हुम्ला नजोडिएको भए पनि हिल्सा–सिमकोट खण्डमा यातायात सेवा सञ्चालन गर्न बस चिनियाँ ट्रकमा ढुवानी गरेर ल्याइएका हुन् । ट्रकले बस बोकेको भाडा सात लाख रुपियाँ रहेको बताइएको छ ।
कर्मचारी कुटेको आरोपमा तालाबन्दी
रुकुमपश्चिमको मुसीकोट नगरपालिकामा तालाबन्दी गरिएको छ । कार्यालयभित्रै उपप्रमुखद्वारा कर्मचारी कुटिएको भन्दै नगरपालिकाको कामकाज ठप्प भएको हो ।
पहिराेले भेरी करिडोरको करबगाड खदाङ्ग सडक अवरुद्ध
भेरी करिडोर अन्तर्गत डोल्पाको करबगाड खदाङ्ग सडक खण्ड अवरुद्ध भएको छ ।
क्षमताभन्दा बढी शय्याबाट सेवा दिँदै जिल्ला अस्पताल मुगु
स्वास्थ्य सेवा कार्यालय मुगुमा शय्या क्षमताभन्दा बढी सेवा प्रवाह भइरहेको छ ।
कर्णाली प्रदेश पूर्ण साक्षर बनाइँदै
कर्णाली प्रदेशलाई साक्षर प्रदेशका रूपमा घोषणाका लागि आवश्यक तयारी थालिएको छ। कर्णाली प्रदेशका १० जिल्लामध्ये जाजरकोट, दैलेख, सुर्खेत, सल्यान र रुकुमपश्चिमलाई साक्षर जिल्ला घोषणा गरिसकेको छ। कालीकोट, मुगु, जुम्ला, हुम्ला र डोल्पा जिल्ला बाँकी रहेका छन्। सरकारले जारी गरेको मापदण्ड पूरा गरेका जिल्लालाई पूर्ण साक्षर घोषणा गरिएको हो।
मान्छे लगाएर हत्या गरेको नेता शाहीको स्वीकार
कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ लुसाका ५५ वर्षीय धनिराम जैसीको २०७७ साल भदौ २८ गते निधन भयो।
कालीकोटमा बालबिवाहबिरुद्ध अभियान
कालीकोटको शुभकालिका गाउँपालिका–४ राराकाटियासहित कालीकोटका १४ वटा वडा बालविवाह निषेधित वडा घोषणा भएका छन् ।
अस्थायी ‘टहरो’ मा अस्पताल, सेवा प्रवाहमा समस्या
जिल्ला अस्पतालको भवन निर्माणमा ढिलाइ हुँदा स्वास्थ्य सेवा कार्यालय कालीकोट अहिले अस्थायी टहरोबाट काम चलाइरहेको छ । पुरानो भवन भत्काइएको भए पनि नयाँ भवन निर्माण थालेको ६ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । जसले गर्दा अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ ।
एचआइभी सङ्क्रमित हुनेको सङ्ख्यामा वृद्धि
पछिल्लो समय कालीकोटमा एचआइभी सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गइरहेको छ । कर्णाली प्लस कालीकोटले आयोजना गरेको सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै एआरटि काउन्सिलर ईश्वर शाहीका अनुसार २०६५ सालदेखि एचआइभी सम्बन्धी काम गर्दै आइरहेको कर्णाली प्लस २०८० सम्मको तथ्याङ्क अनुसार कालीकोटमा ६५ जनाले एआरटि सेवा लिइरहेका छन् ।
विद्यालयमा बाढीले क्षति
तिला गाउँपालिका–६, रुखेडास्थित देवी महादेव माध्यमिक विद्यालयमा बाढीले क्षति पु-याएको छ । बुधबारको बाढीले क्षति गरेपछि दुई दिनदेखि विद्यालय बन्द भएको छ । नयाँ शैक्षिक सत्र वैशाखदेखि सो विद्यालय सञ्चालनमा आएको हो । खोलाको किनारमा रहेको सो विद्यालय बाढीपहिरोको जोखिममा छ । बुधबार आएको बाढीले विद्यालयमा क्षति पुग्यो । विद्यालयका प्रधानाध्यापक झुपे रावतका अनुसार बुधबार आएको बाढीले विद्यालयको चारकोठे भवनमा क्षति पुगेको छ । भवनमा विज्ञानको ल्याब, कम्प्युटर कक्षा र स्कुलको कार्यालय छ । बाढी पसेपछि भवन पनि भत्किएको छ ।
बाल बचाउमा अधिक बजेट
कर्णाली प्रदेशमा बालकेन्द्रित बजेटमध्ये सबैभन्दा धेरै बाल बचाउको क्षेत्रमा विनियोजन गरिएको पाइएको छ । कर्णाली प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालयले बालबालिकाको क्षेत्रमा बजेट विनियोजन गर्दा नीतिगत क्षेत्रमा भन्दा बाल बचाउ क्षेत्रमा धेरै बजेट विनियोजन गरेको पाइएको हो । आर्थिक वर्ष २०७७/७८, २०७८/७९ र २०७९/८० मा सामाजिक विकास मन्त्रालयले बाल बचाउमा सबैभन्दा धेरै ८० प्रतिशतभन्दा बढी बजेट छुट्याउने गरेको छ ।
मुख्यमन्त्री शर्मा स्वीट्जरल्याण्ड जानुहुँदै
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा स्वीट्जल्याण्ड जाँदै हुनुहुन्छ । अन्तर्राष्ट्रिय मानव अधिकार आयोग अन्तरसरकार संस्था (जुरिज) को आयोजनामा हुने वित्तीय, सामाजिक, मानवता नीजि, सहकारी, समुदाय र हरितसम्बन्धी कार्यक्रममा भाग लिन उहाँ स्वीट्जल्याण्ड जान लाग्नुभएको हो ।
खोला तर्ने क्रममा जैसी बेपत्ता
शुक्रवार सर्केगार्ड गाउँपालिका– २ को रिप गार्ड खोला तर्ने क्रममा पानीले बगाउँदा नन्द ऋिणी जैसी बेपत्ता हुनु भएको छ । रातभरि परेको वर्षाको कारण खोलामा पानी बढेको र सो खोला तर्ने क्रममा जैसीलाई पानीले बगाएपछि बेपत्ता हुनु भएको हो ।
फेरि ठडिए भत्काइएका छाउगोठ
छाउगोठ भत्काउने चार वर्षअघिको सरकारी अभियानले दैलेखमा कुनै प्रभाव पार्न सकेको छैन। गाउँ गाउँमा छाउगोठ पुनः ठडिएका छन्; जहाँ महिलाले कष्टकर समय गुजारिरहेका छन्। कर्णालीमा छाउगोठ बस्दा ज्यान गएका, बलात्कारमा परेका थुप्रै घटना छन्। कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, हुम्ला, कालीकोटलगायत जिल्लामा महिनावारी हुँदा छाउगोठमा बस्ने गरेको पाइन्छ। २०६९ साल असारमा जिल्लाको राकम कर्णाली, तिलेपाटा, पिपलकोटलगायतका गाविसलाई छाउगोठमुक्त गाउँ विकास समिति घोषणा गरिएको थियो। त्यति बेला छोउगोठमुक्त घोषणा गरिएका साबिकका गाविसमा अहिले छाउगोठ यत्रतत्र छन्।
एक वर्षमै अस्पताल खारेज
कालीकोटको सरुवा रोग अस्पताल सञ्चालन भएको एक वर्षमै खारेज भएको छ। कोरोना कालमा कोभिड अस्पताल बनाइएको जिल्लाको एकीकृत भवनलाई कर्णाली प्रदेश सरकारले एक वर्षअघि सरुवा रोग अस्पताल नामकरण गरेको थियो। आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेटमा सरुवा रोग अस्पतालका बारे प्रदेश सरकार बेखबर भएपछि अस्थायी रूपमा सञ्चालनमा आएको अस्पताल स्वतः खारेज भएको हो। तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले निर्णय गरेको भन्दै दुई पटक सरुवा रोग अस्पतालको उद्घाटन समेत गर्नुभएको थियो। आव २०७९/८० मा अस्पतालको नाममा एक करोड बजेटसमेत विनियोजन भएको थियो।
जाजरकोट अस्पतालमा पूर्वाधार छ, जनशक्ति छैन
स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा बिरामीको चाप वर्षेनि बढ्ने गर्छ । २५ शय्याबाट सुरु भएको अस्पतालको क्षमता अहिले ५० शय्यासहित सेवा र भवनहरू पनि थपिएका छन् । तर आवश्यकता अनुसार जनशक्तिको सङ्ख्या भने बढ्न सकेको छैन ।