• ८ वैशाख २०८१, शनिबार

कर्णालीका १६ जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर

blog

काठमाडौं, साउन २५ गते । कर्णाली प्रदेशअन्तर्गतको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उच्च मूल्य कृषि वस्तु विकासका तत्कालीन आयोजना प्रमुख तथा सचिव राजेन्द्रप्रसाद भारीविरुद्व ९२ लाख ४३ हजार २९८ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले सुर्खेतको वीरेन्द्रनगर औद्यौगिक क्षेत्रभित्र शीत भण्डार निर्माण कार्यमा वास्तविकभन्दा बढी भुक्तानी भएको आरोपमा भारीसहित १६ जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । 

तत्कालीन सव–इन्जिनियर गणेश भण्डारीविरुद्व १६ लाख २४ हजा ८८१ रुपियाँ, तत्कालीन वरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डित र लेखा अधिकृत हरिबहादुर थापा, तत्कालीन निर्देशक भक्तिराम शर्मा, योजना शाखामा प्राविधिक सहायक गुरुप्रसाद अधिकारी र लेखा अधिकृत उत्तम कुमार बस्नेतविरुद्व तीन लाख २५ हजार ५६७ रुपियाँ भ्रष्टाचार आरोप लागेको छ । 

लेखा अधिकृत खिमलाल वलीविरुद्व तीन लाख ५३ हजार २०४, कृषि अधिकृत सुरेश कुमार थापा र सहलेखापाल उषा ठाडाविरुद्व सात लाख २६ हजार १८१, सबइन्जिनियर सुवर्ण राज भारती, इन्जिनियर महेश शर्माविरुद्वविरुद्व ३५ लाख ३६ हजार ६८ रुपियाँ बिगो दाबी गरिएको छ । 

यसैगरी, कर्णाली कोल्ड चेन लजिस्टिकका तत्कालीन अध्यक्ष प्रकाश अधिकारी, हालका अध्यक्ष कलाधर उपाध्याय, सदस्य लक्ष्मण कँडेल र प्रवल शाहीविरुद्व ९२ लाख ४३ हजार २९८ बिगो दाबी गर्दै मुद्दा दायर भएको छ । 

यस्तै, तत्कालीन इन्जिनियर महेश शर्माविरुद्व ३५ लाख ३६ हजार ६८ रुपियाँ भ्रष्टाचार रकमको मागदाबीसहित बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।