• १३ मंसिर २०८१, बिहिबार

छ क्विन्टल यार्सा निकासी

blog

डोल्पा समाचारदाता

डोल्पा, साउन ३१ गते । डोल्पाबाट आर्थिक वर्ष २०७९/८० मा छ क्विन्टल यार्सागुम्बा निकासी भएको छ । से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुलिगाडका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार आर्थिक वर्ष २०७९/८० मा यार्सा सङ्कलकबाट यार्सापाटनमा प्रवेश गरेबापतको शुल्कबाट ८६ लाख ७७  हजार पाँच सय र २४० केजी यार्सागुम्बाको छोडपुर्जीबाट ७४ लाख ६३ हजार ४७० गरी एक करोड ६१ लाख ४० हजार ९७० रुपियाँ राजस्व उठेको छ । 

डिभिजन वन कार्यालयवाट ३४३ केजी यार्सागुम्बाको छोडपुर्जीबापत एक करोड ६४ लाख ८९५ रुपियाँ उठेको छ । 

कुटिक, पदमचाल, गुच्चीच्याउलगायतका अन्य जडीबुटीको छोडपुर्जीबाट छ लाख ३९ हजार ५५५ सहित गरी कुल एक करोड १२ लाख ८० हजार ४४७ रुपियाँ राजस्व आम्दानी भएको वन अधिकृत महेश कुमाईले जानकारी दिनुभयो । नेपाल सरकारले एक केजी यार्सागुम्बाको राजस्व ३१ हजार रुपियाँ तोकेको छ ।