• १३ मंसिर २०८१, बिहिबार

घर-घरमा पुगी अपाङ्ग परिचयपत्र वितरण

blog

बिमल प्रसाद पोख्रेल

प्युठान, साउन २९ गते । प्युठानको झिमरुक गाउँपालिकाले अपाङ्ग भएका नागरिकहरूलाई पहिचान गर्दै घरघरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण कार्यलाई निरन्तरता दिएको छ। 

सोमबार झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल प्रमुख प्रशासकीय अधिकृत हरि पोख्रेल , महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख यामलाल पोख्रेल सहितको टोली अपाङ्गता परिचयपत्र वितरणको लागि झिमरुक गाउँपालिका तीन ढाकेडी निवासी पूर्ण शारीरिक अपाङ्ग ५९ वर्षीय लक्ष्मी महतरा र सोही वडाको दारिमचौर निवासी ५ वर्षीय शारीरिक अपाङ्गता भएका रियान केसीको घरमा पुगी अपाङ्गता परिचयपत्र वितरण गरिएको हो।

दुई वर्ष अगाडि देखि शरीर नचल्ने लक्ष्मीको उपचारका लागि घरपरिवारले काठमाडौँ ,बुटवलका अस्पताहरुमा पटक-पटक पुराउँदा झन्डै पाँच लाख खर्च भएको बुहारी दोवन्ता महतरा बताउँछिन् । उपचारमा धेरै खर्च भयो, उनले भनिन् उपचारमा खर्च जोहो गर्न गाह्रो छ । पटक-पटक बुटवल बिजुवार लग्यौ निको भएन। दुई वर्ष अगाडि एक्कासि बिरामी पर्नुभयो, हातखुट्टा नचल्ने भएपछि उहाँको सुसारमा एकजना हेरचाहमा एक जना लाग्ने उनले बताइन् । आर्थिक अवस्था कमजोरी भएको उनको परिवारमा १८ जना सदस्य छन् बुहारी  परिवारको समेत हेरचाहमा खट्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

जन्मेदेखि ओछ्यानमै थला परेका झिमरुक गाउँपालिका ३ दारिमचौरका शारीरिक अपाङ्ग भएका ५ वर्षीय रियान केसी बोल्न नसक्ने,आँखा नदेख्ने हातखुट्टा चलाउन नसक्ने छन् । रियनलाई हेरचाह गर्न दैनिक एक जना अनिवार्य खटिनुपर्ने बाध्यता छ एक्लै छोडेर हिँड्न मिल्दैन  उपचार गराउँदा ४ लाख सकियो निको भएन आमा करिस्मा केसी बताउनु हुन्छ । निम्न वर्गीय परिवारमा जन्म लिएकोले भनेजस्तो अस्पतालमा पुराउन सकिएन  पूर्ण रूपमा सुस्त मनस्थिति भएकाले उपचार गर्न पनि मुस्किल भएको करिस्मा उहाँ बताउनु हुन्छ,। रियानले आमाको दूध समेत  चुस्न नसकेको अहिले ल्याक्टोजिन ,भैँसीको दुध र बिस्कुट मात्रै खान्छन उहाँलाई खुवाउन पनि समय लाग्छ राम्रोसँग निल्न पनि सक्दैनन् करिस्माले भन्नुभयो।

पालिका भित्रका क वर्गका महिला २६ जना पुरुष ४० जना गरी ६६ जना ख वर्गका महिला ७१ जना पुरुष १०७ जना गरी १७८ जना ग वर्गका महिला ४१ पुरुष ४९ जना गरी ९० जना र घ वर्गका महिला २४ जना पुरुष ३४ जना गरी ५८ जना गरी झिमरुक गाउँपालिकाबाट हालसम्म ३९२ जनाले अपाङ्गता परिचयपत्र पाएका छन् ।

यस अघि झिमरुक गाउँपालिकाले अन्य वडाहरूमा घरघरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिएको हो यो कार्य निरन्तर चल्ने भएकाले यदि कुनै व्यक्ति अपाङ्ग भएको खण्डमा कागजात सहित गाउँपालिकामा निवेदन दिएर सेवा लिनुहुन गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो ।